बुद्ध एयरले ७२ सिट क्षमताका तीन एटिआर ल्याउने
प्रकाशित मिति : २०७५, ११ कार्तिक आईतवार ०९:५२
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगन्ज, ११ कात्तिक । बुद्ध एयरले तीनवटा जहाज थप्ने तयारी गरेको छ । बुद्धले ७२ सिट क्षमताका तीन एटिआर ल्याउने तयारी गरेको हो । निजी क्षेत्रको ठुलो वायुसेवा कम्पनी बुद्ध एयर क्षमता विस्तारमा आक्रामक रुपले लागेको छ ।
तीनवटा नयाँ विमान थपेर बुद्ध एयरले आफ्नो व्यवसायलाई तीव्रता दिन लागेको हो । बुद्ध एयरले ७२ सिट क्षमताका जहाज भित्र्याउने गरी तयारी अघि बढाएको छ । निजी क्षेत्रका अन्य विमान कम्पनीले विमान थपेर आक्रामक व्यवसाय गर्न थालेपछि बुद्ध एयरले पनि तीनवटा जहाज थप गर्न लागेको हो । कम्पनीले यो चरणमा ल्याउन लागेको तीनमध्ये पहिलो जहाज अबको ६ महिना भित्रमा ल्याइसक्ने तयारी छ । त्यसलगत्तै अन्य जहाज पनि ल्याउने कम्पनीले जनाएको छ ।
Advertisement
कम्पनीले करिब एक अर्ब रुपैयाँमा तीन वटा जहाज भित्र्याउने तयारी गरेको हो । बुद्धले जहाज ल्याउनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नियमनकारी निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणबाट दुई महिना अघि नै स्वीकृति पाइसकेको छ ।
ती जहाजहरु काठमाडौं बाहिरका उडान गरिनेछ । हाल कम्पनीसँग भएको ९ वटा एटिआरले काठमाडौं ’बेस’ राखेर उडान गर्दै आएका छन् । यस्तै दुईवटा जहाज भने विराटनगर बेस राखेर उडाउँदै आएको कम्पनीले जनाएको छ ।