बिजनेसमा रहेका समाचारहरु
काठमाडौं, २६ साउन । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) सदस्य राष्ट्रका वरिष्ठ पदाधिकारीको विशेष बैठक शनिबार यहाँ बस्दैछ । आगामी भदौ १४ र १५ गते नेपालमा हुने बिम्स्टेकको चौथो शिखर सम्मेलनको तयारीका लागि एक दिवसीय सो बैठक बिहान ९ बजेदेखि शुरु हुँदैछ । बैठकमा बिम्स्टेकका महासचिवसहित सदस्य राष्ट्रका विदेश मन्त्रालयका सचिवहरूले सहभागिता जनाउँदै छन् । विशेष बैठकले शिखर सम्मेलन र त्यसअघि बस्ने मन्त्रिस्तरीय बैठकका लागि आवश्यक तयारी...
काठमाडौँ, २३ साउन -सङ्घीयता कार्यान्वयन, समावेशी विकास तथा वित्तीय क्षेत्र सुधार र सुदृढीकरणका निम्ति विश्व बैंकले नेपाल सरकारलाई १० अर्ब ऋण सहायता उपलब्ध गराउने भएको छ । नेपालको विकासमा बैंकको साझेदारी एवं सहायतामा केन्द्रित रहेर मंगलबारदेखि बैंकको प्रधान कार्यालय वासिङ्टन डिसीमा जारी बैंकको बोर्ड बैठकले वित्तीय क्षेत्रमा मध्यमकालीन सुधार कार्यक्रम कार्यान्वयन गर्न उक्त रकम ऋणस्वरुप नेपाल सरकारलाई प्रदान गर्न स्वीकृति दिएको हो । बैठकमा नेपालका आवश्यकता तथा पाँच वर्षे साझेदारी ढाँचा...
डुडुवा (बाँके), २३ साउन । बाँकेको डुडुवा गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता वितरण शुरु गरेको छ । आर्थिक वर्ष २०७४/०७५ को तेस्रो चौमासिक अन्तर्गत् चैतदेखि असारसम्मको भत्ता वितरण गर्न थालिएको हो । असारमै वितरण गर्नुपर्ने सामाजिक सुरक्षा भत्ता नयाँ आर्थिक वर्षको बजेट निर्माण गर्ने क्रममा ढिला भएर अहिले वितरण गर्न थालिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाको ६ वटै वडामा मंगलबारदेखि भत्ता वितरण शुरु गरिएको छ । गाउँपालिकाको ६ वटै वडामा बालबालिकासहित...
नेपालगन्ज, २२ साउन । आयातमा उच्च बृद्धि तथा निर्यातमा कमीमा कारण नेपालको आर्थिक व्यापारघाटा बढेको छ । उत्पादनमूलक वस्तु प्रवद्र्धन गरी निर्यातमुखी अर्थतन्त्र अबलम्बन गर्न नसक्नु नेपालका लागि व्यापारघाटाको मूल कारण बनेको छ । तीव्र गतिमा बृद्धि भइरहेको आयात झैं निर्यातको व्यापार घाटा वर्षेनी कहाली लाग्दो अवस्थामा रहेको छ । आर्थिक बर्ष २०७४/०७५ मा व्यापार घाटा उछालिएर ११ खर्ब ६२ अर्ब १० करोड रुपैयाँ पुगेको छ । जुन आर्थिक बर्ष २०७३/०७४...
बैतडी, २० साउन। छोरी जन्माएवापत बैतडीका दोगडाकेदार गाउँपालिकाका दुई सय बढी आमाले प्रोत्साहन भत्ता पाएका छन् । गाउँपालिकाभित्र गत आर्थिक वर्षको अवधिमा छोरी जन्माएका २१२ आमालाई प्रोत्साहनस्वरुप एक÷एक हजारका दरले भत्ता दिएको गाउँपालिकाका स्वास्थ्य संयोजक नरेन्द्र नाथले जानकारी दिनुभयो । गत वर्षदेखि नै दोगडाकेदार गाउँपालिकाले छोरी जन्माउने आमालाई एक हजार प्रोत्साहन भत्ता दिन शुरु गरेको थियो। सरकारले संस्थागत सुत्केरी भएबापत एक हजार र चार पटक गर्भजाँच गराएमा थप रु चार...
नेपालगन्ज, १६ साउन।भारतबाट नेपाल भित्रिने माछा हिजो आज क्वारेन्टाइन कार्यालयको चेकपोष्ट अपायक स्थानमा हुँदा जमुनाहादेखि भन्सार कार्यालयबिचमा भन्सार राजस्व नतिरी माछा कारोबार हुने गरेको छ । भारतबाट आयात हुने माछाको भन्सार राजस्वको हकमा माछा व्यवसायीले छोटी भन्सार कार्यालयमा क्वारेन्टाईन् चेक गराई भन्सार राजस्व बुझाउने प्रावधान भएकाले उक्त क्षेत्रमा माछा बिक्री गर्ने व्यवसायीले भन्सार राजस्व नबुझाउने गरेको स्रोतले बताएको छ । भारतबाट नेपाल भित्रिने माछाको हकमा नगर क्षेत्रमा आउने माछाको लागि क्वारेन्टाइन...
नेपालगञ्ज, १४ श्रावण – बाँकेको बैजनाथ गाउँपालिकास्थित नौवस्तामा औद्योगिक क्षेत्र निर्माण प्रक्रिया अघि बढाइएको छ । औद्योगिक क्षेत्रका लागि जग्गा अधिग्रहण र विस्तृत मूल्यांकन प्रतिवेदन (डिपिआर) को काम सकिएको छ । अहिले यहाँ वातावरण प्रभाव मूल्यांकन र उद्योग स्थापनाबारे सर्वेक्षण भइरहेको छ । नेपालगञ्ज औद्योगिक क्षेत्र व्यवस्था कार्यालयका प्रमुख कृष्णबहादुर पुनका अनुसार उद्योग स्थापनाका लागि उद्योगीसँग आशयपत्र माग गरिएको छ । आशयपत्र मागको प्रक्रिया पूरा भएपछि औद्योगिक क्षेत्र निर्माणको काम...
नेपालगन्ज, ११ साउन ।सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालयले स्थापना गरेको सशस्त्र प्रहरी चेक पोष्ट अहिले अर्थहिन रुपमा परिणत हुन लागेको अधिकांशले बताउने गरेका छन् । भन्सार कार्यालयमा राजस्व नबुझाई फुत्किने समूह तथा अवैध सामानको चेकजाँच लगायतको लागि सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालयले स्थापना गरेको चौलिक्का चेक पोष्ट अर्थहिनको रुपमा परिणत हुनुको साथै त्यहाँ खटिएका सशस्त्र प्रहरी सानो चौकी भवनमा भलाकुसारी गर्ने थलोमा परिणत हुन लागेको जानकारहरुले बताएका छन् । उक्त...
सुर्खेत । कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेश लोकसेवा आयोग विधेयक, २०७५ को मस्यौदा तर्जुमा गर्न मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई सैद्धान्तिक स्वीकृति दिने निर्णय गरेको छ । त्यस्तै प्रशासकीय कार्यविधि नियमित गर्ने सम्बन्धमा बनेको विधेयक, २०७५ को मस्यौदा प्रदेशसभामा पेश गर्न आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई स्वीकृति प्रदान गर्ने निर्णय भएको सरकारका प्रवक्ता विमला केसीले जानकारी दिए । त्यसैगरी वैदेशिक ऋण अनुदान सहायता एवं अन्तर्राष्ट्रिय लगानी प्राप्त गर्ने सम्बन्धमा विकास साझेदार,...
नेपालगन्ज, ११ साउन । कुनै बेला तरलता समस्याले बैंक तथा बित्तिय संस्थाहरुलाई हैरान पारेपनि पछिल्ला दिनहरुमा अधिक तरलता थुप्रिन थालेको छ । नेपाल राष्ट्र बैंकका अनुसार बैंकिङ प्रणालीमा ७७ अर्ब रुपैयाँ अधिक तरलता देखिएको छ । प्रणालीमा तरलता बढिरहँदा सरकारी कोष एक खर्ब ३९ अर्ब रुपैयाँले बचतमा देखिएको राष्ट्र बैंकले जनाएको छ । प्रणालीमा अधिक तरलता आएपछि बैंकहरुबीच हुने आपसी सापटी दर २ प्रतिशत हाराहारीमा झरेको राष्ट्र बैंकका कार्यकारी निर्देशक नरबहादुर...