आन्तरिक राजश्व कार्यालय नेपालगञ्ज लक्ष्य नजिक
प्रकाशित मिति : २०७५, २४ जेष्ठ बिहीबार १९:३४
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
Advertisement
नेपालगञ्ज, २४ जेठ । आन्तरिक राजश्व कार्यालय नेपालगञ्ज लक्ष्य नजिक पुगेको छ । आर्थिक बर्ष २०७४÷७५ का लागि ३ अर्ब ३२ करोड १० लाख ७७ हजार लक्ष्य प्राप्त गरेको आन्तरिक राजश्व कार्यालय नेपालगञ्जले बैशाख मसान्तसम्म लक्ष्यको ८४ प्रतिशत राजश्व संकलन गरिसकेको छ । बैशाख मसान्तसम्म २ अर्ब ७८ करोड ९१ लाख ७१ हजार रुपैयाँ राजश्व संकलन भइसकेको आन्तरिक राजश्व कार्यालय नेपालगञ्जका कार्यालय प्रमुख प्रमुख कर अधिकृत जनकराज शर्माले बताउनुभयो । आन्तरिक राजश्व कार्यालयले अब लक्ष्य प्राप्तिका लागि जेठ र असारमा कुल ५३ करोड १९ लाख ६ हजार रुपैयाँ असुल गर्न बाँकि रहेको छ । चालू आर्थिक बर्षको अन्त्य सम्ममा लक्ष्य भन्दा बढी राजश्व असुली हुने कार्यालय प्रमुख शर्माले बताउनुभयो ।