नेपालगञ्जलाई औद्योगिक र पर्यटन कोरिडोरको रुपमा विकास गर्नुपर्छःअध्यक्ष राणा
प्रकाशित मिति : २०७४, १३ चैत्र मंगलवार १२:३९
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
अर्पणा योगी/नेपालगन्ज, १३ चैत्र । नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष भवानी राणाले मुलुकको एकल एजेण्डा आर्थिक विकास नै भएकाले सबैको प्रयास अब मुलुकको समृद्धि नै हुनुपर्ने बताउनुभएको छ ।
Advertisement
महासंघले आज नेपालगञ्जमा गरेको पत्रकार सम्मेलनमा अध्यक्ष राणाले जनताले देखेको विकास र सृमद्धिको सपनालाई साकार पार्ने जिम्मेवारी सबैको काँधमा आएको बताउनुभयो । महासंघले मुलुकलाई आर्थिक समृद्धिको एक सुत्रीय अभियानमा लैजाने आफ्नो अथक प्रयासलाई अघि बढाईसकेको भन्दै उहाँले प्रदेश च्याप्टरहरु मार्फत् पनि त्यसलाई अभियानकै रुपमा थालनी गरेको जानकारी दिनुभयो । प्रदेश सरकारसहित संघीय सरकार समेत अब लगानीको वातावरण बनाउन केन्द्रित हुने विश्वास राणाको छ ।
महासंघ स्वयम्ले पनि लगानी आकर्षण गर्न निरन्तर पहल गर्ने अध्यक्ष राणाले स्पष्ट पार्नुभयो । मुलुकमा स्थायी सरकार बनिसकेकाले अब सरकार, राजनीतिक दल वा निजी क्षेत्र कसैलाई पनि बहानाबाजी गर्ने छुट नभएको अध्यक्ष राणाको स्पष्टोक्ति थियो । नेपालगञ्जलाई औद्योगिक र पर्यटन कोरिडोरका रुपमा विकास गरी समृद्धि तर्फ लैजानुपर्नेमा उहाँको जोड थियो ।
प्रदेश राजधानी नभएपनि यहाँ भएका संरचना र पूर्वाधारहरु अन्यत्र लैजान नदिन सबै एकजुट हुनुपर्ने राणाले बताउनुभयो । राजधानी नभएपनि विकास नरोकिने तर्क गर्दै उहाँले समृद्ध नेपालगञ्जका लागि सबै नगरबासी एक ठाउँमा आउनुपर्नेमा जोड दिनुभयो ।