बिजनेसमा रहेका समाचारहरु
बुटवल, २५ चैत्र। बुटवल उपमहानगरपालिका वडा नं ८ स्थित भाटभटेनी सुपर मार्केटमा लागेको आगो नियन्त्रणमा आएको छ । आज बिहान ४ बजेदेखि शुरु भएको आगलागी झण्डै चार घण्टापछि नियन्त्रणमा आएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक केशवकुमार भट्टराइले जानकारी दिनुभयो । सुपरमार्केटको पाँचौँ तलाको इलेक्ट्रोनिक्स कक्षबाट शुरु भएको आगो क्रमशः सबैतिर फैलिएको थियो । आगलागी नियन्त्रणमा बुटवल उपमहानगरपालिका, सिद्धार्थनगर, रामग्राम, कपिलवस्तु र तानसेन नगरपालिकाका दमकल र स्थानीय व्यावसायिक पानी बोक्ने...
बुटवल,२५ चैत्र।बुटवलको भाट भटेनी सुपर मार्केटमा आगलागि भएको छ ।बुटवल ८ सुख्खानगर स्थित सुपरमार्केटमा आज बिहान ४ बजेदेखि आगोलागी भएको हो । मार्केटको माथिल्लो तलाबाट आगो लागेको हो । अहिले आगो नियन्त्रणका लागि बुटवल उपमहानगरपालिकाको दमकलले प्रयास गरीरहेपनि उचाईमा रहेकाले नियन्त्रण हुन सकिरहेको छैन । आगो नियन्त्रणका लागि अन्य स्थानका दमकल पनि बोलाइएको छ । सुपर मार्केटमा आगोलागि भएपछी अहिले ठुलो संख्यामा सर्बसाधारण र सुरक्षाकर्मी पुगेका छन । ...
नेपालगन्ज, २३ चैत । भारत भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले देखिने गरी नेपाली जनताको जीवनस्तर सुधार गर्ने आफ्नो लक्ष्य रहेकाले सोहीअनुसार आफ्नो नेतृत्वको सरकार अगाडि बढ्ने अभिव्यक्ति दिएका छन् । भ्रमणको पहिलो दिन इन्डिया नेपाल विजनेश फोरमले नयाँदिल्लीमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपालमा राजनीतिक संक्रमणकालको अन्त्य भएकाले अबको प्रमुख कार्यभार आर्थिक समृद्धि मात्रै रहेको बताए । नेपालको प्रमुख कार्यसूची सुखी नेपाली, समृद्ध नेपाल मात्रै रहेको उल्लेख गर्दै...
नेपालगञ्ज,२३ चैत्र। टेण्डर नखोलेरै ठेक्का दिइएको भन्ने आशयका सार्वजनिक समाचारप्रति नेपालगञ्ज उपमहानगरपालिकाले गम्भिर ध्यानाकर्षण भएको जनाउँदै ठेक्का प्रक्रिया विधिवत रुपमा भएको आधार प्रस्तुत गरेको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नं.१ मा ग्राभेल गर्ने कामका लागि नेपालगन्ज उपमहानगरपालिका कार्यालयले टेण्डर नै नखोलेर मिलेमतो गरेको भन्ने केहि सञ्चार माध्यममा प्रकाशीत तथा प्रशारित समाचारमा सत्यता नभएको भन्दै वास्तविकता सार्वजनिक गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिका मूल्यांकन समितिका संयोजक एवं इन्जिनियर गोविन्द महत्राले आज वास्तविकता...
डोल्पा, २३ चैत्र। दुर्गम हिमाली जिल्लामा यातायातको एकमात्रको विकल्पको रुपमा रहेको हवाइ सेवाको टिकट पाउन हप्ता दिनसम्म कुर्नुपर्ने बाध्यता रहेको सर्वसाधारणले गुनासो गरेका छन् । अहिले जुफाल विमानस्थलमा हवाई नियमित उडान गरिरहेका सीता र गोमा एअरले झन्डै दुई सातादेखि पश्चिम उडान बन्द गरेर पूर्व उडान शुरु गरेपछि जुफाल विमानस्थलमा हवाई टिकट पाउन कठिनाइ भएको छ । जुफाल विमानस्थलमा सर्वसाधारणलाई हवाई टिकेटको समस्या बड्दो छ, पहँुच र भनसुनको आधारमा हवाई टिकट बाँड्ने...
नेपालगञ्ज, २२ चैत्र । सार्वजनिक खरिद ऐनको उलंघन गर्दै नेपालगन्ज उपमहानगरपालिकाले ठेकेदारसंगको मिलोमतोमा सडक निर्माणको ठेक्का दिएको खुलेको छ । वडा नं.१ मा ग्राभेल गर्ने कामका लागि नेपालगन्ज उपमहानगरपालिकाले सौरभ कन्स्ट्रक्सनलाई ६ लाख ४७ हजार ९ सय ८४ र दुर्गा निर्माण सेवालाई ६ लाख ५० हजार ४ सय रुपैया बराबरको निर्माण ठेक्का दिएको हो । उपमहानगरपालिकाका इन्जिनियर सुरजकुमार गुप्ता र गोविन्द महतरा लगायतको समितिले यी दुई निर्माण कम्पनीलाई मिलोमतोमा ठेक्का दिएको...
काठमाडौं, २२ चैत । नेपाली काङ्ग्रेसका नेता तथा पूर्वअर्थमन्त्री डा. रामशरण महतले नेपालको अर्थतन्त्र सरकारी श्वेतपत्रमा उल्लेख भएजस्तो खस्किएको नभई केही पक्षमा निकै सुधार भएको दाबी गरेका छन् । अर्थमन्त्री डा. युवराज खतिवडाले जारी गरेको श्वेतपत्रप्रति टिप्पणी गर्दै डा. महतले पहिलेका सरकारको बदनाम गर्न भ्रामक श्वेतपत्र ल्याइएको जिकिर गरे । गत साता जारी श्वेतपत्र पूर्वाग्रहपूर्ण र नकारात्मक भएको वरिष्ठ अर्थविद्समेत रहेका महतको दाबी छ । पछिल्ला तीनवटा सरकारका पालामा गरिएका काम...
काठमाडौं, २१ चैत । गत महिना त्रिवुभन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनाग्रस्त विमानका मृतकका हकदार र घाइतेहरूलाई कानूनी दाबी पेश गर्न युएस-बंगला एयरलाइन्स कम्पनीले अपिल गरेको छ । बुधबार गोरखापत्र दैनिकमा सूचना प्रकाशित गरी यस्तो अपिल गरिएको हो । ‘यस पीडादायी समयमा युएस-बंगला एयरलाइन्स मृतक यात्रुहरूको कानूनी हकदारहरू तथा घाइते यात्रुहरू यथाशीघ्र पत्ता लगाउन प्रतिबद्ध छ,’ सूचनामा भनिएको छ, ‘तसर्थ, हामी उक्त दुर्घटनाका मृतक यात्रुहरूको कानूनी हकदारहरू, घाइते यात्रुहरू वा निजको कानूनी संरक्षकहरूलाई यो...
नेपालगन्ज,२० चैत्र।नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बृद्धि गरेको छ। निगमको बैठकले पेट्रोल, डिजेल र मटितेलको मूल्य प्रतिलिटरमा २/२ रुपैयाँ बृद्धि गएको हो । मूल्य बृद्धि आज बाट लागू हुनेछ । बृद्धि भएको मूल्य अनुसार अब प्रतिलिटर पेट्रोलको १०५ पुगेको छ । यस्तै डिजेल र मटितेलको मूल्य लिटरकेा ८५ रुपैयाँ पुगेको छ । ...
नेपालगञ्ज, १९ चैत्र । प्रदेश ५ सरकारले आगामी आइतबार चैत्र २५ गते चालु आर्थिक बर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएको छ । प्रदेश प्रमुख उमाकान्त झाले सो दिन आयोजित प्रदेशसभा बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार मन्त्री वैजनाथ चौधरीले जानकारी दिनुभयो । केन्द्रले प्रदेश सरकारका लागि यो वर्ष १ अर्ब २ करोड ५ लाख रकम पठाएको छ । सो बजेटको सीमाभित्र रहेर नीति...