बिजनेसमा रहेका समाचारहरु
काठमाडौँ: नेपाल राष्ट्र बैंकले रु ५० दरको २३ करोड थान नयाँ नोट छाप्ने भएको छ । बैंकले उक्त नयाँ नोट छाप्नका लागि फ्रान्सको ओवर्थर कम्पनीलाई जिम्मा दिएको छ । विश्वव्यापी बोलपत्रका आधारमा फ्रान्सेली कम्पनी छानिएको हो । बैंकमा सूचीकृत कम्पनीबाट बोलपत्र आह्वान गरी सूचना प्रकाशित गरिएकोमा न्यूनतम प्रस्ताव गर्ने उक्त कम्पनी छानिएको बैंकका कार्यकारी निर्देशक लक्ष्मीप्रपन्न निरौलाले जानकारी दिनुभयो । फ्रान्सेली कम्पनीले ४७ करोड ७२ लाख ५०० यूरोमा उक्त परिमाणको...
मुस्ताङ: हिमालपारिको जिल्ला मुस्ताङमा सञ्चालित विकास आयोजनाको काम प्रतिकूल मौसम र निरन्तरको हिमपातका कारण प्रभावित भएको छ । स्थानीय तह, प्रदेश र सङ्घीय सरकार मातहतका कार्यालयले बजेट विनियोजन गरेका सडक, पुल, भवन, सिँचाइ, खानेपानीलगायतका पूर्वाधार आयोजना ठप्प भएका छन् । यसपालि फागुनको तेस्रो सातासम्म पनि हिमपात भएकाले विकासको काम ठप्प बनेको जिल्ला समन्वय समितिका प्रमुख छिरिङ ल्हमो गुरुङले बताए। दाङ, धादिङ, बाँके, बर्दियाबाट आएका मजदुर चिसोले काम गर्न नसकेपछि फर्किएका छन्...
नेपालगन्ज। प्रतिकुल मौसमका कारण “प्रादेशिक महोत्सव–२०७५” नेपालगन्ज तीन दिन पछि सरेको छ । प्रादेशिक महोत्सव फाल्गुण १९ गते आईतबारदेखि फाल्गुण २९ गतेसम्म आयोजना गरिने नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्यले जानकारी दिनुभयो । नेपालगन्ज उद्योग वाणिज्य संघको आयोजना हुने प्रादेशिक महोत्सव २०७५ फाल्गुण १६ गते बिहिवारदेखि फाल्गुण २६ गतेसम्म गर्ने तयारी हुँदा बर्षाले केही दिन पर सरेको छ। महोत्सवको तयारी अन्तिम चरणमा पुगेका बेला बुधवार बिहानदेखि नेपालगन्जमा लगातार पानी...
नेपालगञ्ज । बाँकेको कोहलपुरमा सञ्चालित ‘होटल सेन्ट्रल प्लाजा’ लाई पाँच तारे होटलको मान्यता पाएको छ । कोहलपुर नगरपालीका वडा नंम्वर ४ महेन्द्रनगर रोडमा होटल सेन्टर प्लाजा एक बर्ष अघि सञ्चालनमा आएको उक्त होटलले पर्यटन विभागबाट मंगलबार पाँचतारे स्तरको प्रमाणपत्र पाएको हो । विभागले होटलको पूर्वाधारको अनुगमनपछि पाँचतारेको लाइसेन्स दिएको होटलका प्रबन्ध निर्देशक देवानन्द्र अर्यालले जानकारी दिनुभयो । बाँके जिल्लामा रहेका दुइओटा पाँचतारे होटलमध्ये सोल्टी वेस्टेण्ड प्रिमियर र होटल सेन्ट्रल प्लाजा...
नेपालगञ्ज। नेपालगञ्ज– २ स्वस्तिक होटल नजीकै बव्लु आर्ट एण्ड डीजीटल प्रिन्टर्स सञ्चालनमा ल्याइएको छ । नेपालगञ्जका चर्चीत आर्टीष्ट बब्लु खानले करिब १० लाखको लागतमा सो सेवा शुरु गर्नु भएको हो । प्रिन्र्टससहित होर्डिङ बोर्ड, फलेक्स बोर्ड, लाईट बोर्ड, स्टीकर प्रिन्टलगायतका सेवा दिइने प्रोपाइटर खानले जनाउनु भयो । आर्ट एण्ड प्रिन्र्टसको आज नेपालगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्द लाल वैश्यले रिवन काटेर उदघाटन गर्नु भयो । अध्यक्ष वैश्यले समयानुकल नयाँ प्रविधीसँग...
कञ्चनपुर ।नेपाल प्रहरीले बिहीबार कञ्चनपुरको पुनर्वास क्षेत्रबाट १८ किलो सुनसहित एक जनालाई पक्राउ गर्यो। जिल्ला प्रहरी कार्यालय कैलाली र कञ्चनपुरको टोलीसँगै अपराध महाशाखा र केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को संयुक्त टोलीले भारतीय सीमावर्ती क्षेत्र पुनर्वासबाट सो परिमाणमा सुन बरामद गरेको थियो। पुनर्वास नगरपालिकाको दशरथबस्तीका शंकर बिकको घरबाट माटोमा गाडेको अवस्थामा १८ किलो सुन भेटिएको थियो। सुनसँगै प्रहरीले एकजनालाई पक्रेको थियो। हिजो राति नै प्रहरीले कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ अमरपुरका सुरज तिरुवाको गोठमा लुकाइराखेको अवस्थामा...
नेपालगन्ज । बाँके जिल्ला अदालत बाँकेले ६५ वर्षअघि २०१० साल जेठ १८ गते बेलहरी बनियागाउँका शिवप्रसाद गोडियालाई ६ बर्षको कैद सजाय र ५ सय २४ रूपैयाँ ८० पैसा जरिवाना सुनाएको थियो । २०१२ असार २७ गते रामलाल गोडियालाई ६ बर्ष कैद र २ सय ३० रूपैयाँ ४० पैसा जरिवाना सहितको फैसला पनि उक्त अदालतबाट गरेको रेकर्डमा छ । बाँके नेपालगन्ज–१४ बाँकेबगियाका श्यामलाल गोडियालाई पनि सोही अदालतले २०२० असार २० मा ३४...
नेपालगञ्ज।नेपालगञ्जमा सञ्चालित होटल ‘सोल्टी वेस्टेण्ड प्रिमियर’ ले पाँचतारेको मान्यता पाएको छ ।एक वर्षअघि सञ्चालनमा आएको उक्त होटलले पर्यटन विभागबाट पाँचतारेको प्रमाणपत्र पाएको हो । नेपालकै पहिलो हरित (ग्रिन) होटल दाबी गरिएको सो होटलले प्रयोगमा ल्याएको सम्पूर्ण प्रविधि पूर्ण वातावरणमैत्री छ ।सोल्टी वेस्टेण्ड प्रिमियर कार्बनडाइअक्साइड न्यून मात्रामा उत्सर्जन गर्ने र कम ऊर्जा खपत गर्ने नेपालकै पहिलो होटल मानिएको छ । होटलका प्रबन्ध निर्देशक इन्द्र खड्काका अनुसार बिएमएक (बिल्डिङ म्यानेजमेन्ट सिस्टम), जिरो कार्बनफुटप्रिन्ट,...
नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका १८ स्थित राम नारायण–हिरादेवी फाउण्डेशनले श्री माध्यामिक विद्यालय लग्दहवामा ४ लाखको अक्षय कोष स्थापना गरेको छ । सो वडाका सस्वत श्रेष्ठ र सिमरन श्रेष्ठले आफ्नो हजुर आमा र हजुर बुबाको नाममा उक्त कोष स्थापना गरेको हो । उक्त अक्षय कोषबाट त्यस विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीका लागि छात्रवृत्ति दिईने फाउन्डेन स्थापनाकर्ता सिमरन श्रेष्ठले बताइन् । फाउन्डेसनले सो विद्यालय परिसरमा सरस्वतीको मन्दिर समेत बनाउने जनाएको छ ।...
नेपालगन्ज ।सरकारले फागुन १ गतेदेखि एक करोड रुपैयाँसम्मका बिकासे योजनामा (जेसिबी) डोजर चलाएर काम गर्नमा रोक लगाएको छ। जेसिबी प्रयोग गर्दा देशमा युबाबर्गलाइ रोजगारीको अवस्था सिर्जना गर्न अवरोध गरेको निष्कर्ष निकाल्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले तयार पारेको निर्देशिकामा १ करोडसम्मका आयोजनामा जेसिबी प्रयोग गर्न नहुने प्रावधान समेटिएको छ ।मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले ‘प्रधानमन्त्री रोजगार कार्यक्रम निर्देशिका’ अन्तर्गत डोजरको बढ्दो अनधिकृत प्रयोगमाथि बन्देज लगाएको छ। प्राविधिक रुपमा असम्भव स्थानमा डोजर...