भोलिदेखि हुने भनिएको ‘प्रादेशिक महोत्सव २०७५’ तीन दिन पछि सर्यो
प्रकाशित मिति : २०७५, १५ फाल्गुन बुधबार १९:१५
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगन्ज। प्रतिकुल मौसमका कारण “प्रादेशिक महोत्सव–२०७५” नेपालगन्ज तीन दिन पछि सरेको छ । प्रादेशिक महोत्सव फाल्गुण १९ गते आईतबारदेखि फाल्गुण २९ गतेसम्म आयोजना गरिने नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्यले जानकारी दिनुभयो ।
Advertisement
नेपालगन्ज उद्योग वाणिज्य संघको आयोजना हुने प्रादेशिक महोत्सव २०७५ फाल्गुण १६ गते बिहिवारदेखि फाल्गुण २६ गतेसम्म गर्ने तयारी हुँदा बर्षाले केही दिन पर सरेको छ। महोत्सवको तयारी अन्तिम चरणमा पुगेका बेला बुधवार बिहानदेखि नेपालगन्जमा लगातार पानी परेपछि महोत्सव तीन दिन पछि सार्नुपरेको अध्यक्ष बैश्यले बताउनुभयो ।
महोत्सव सरेपनि सम्पूर्ण कार्यक्रम भने यथावत रहेका छन् । बुधवार संघमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष बैश्यले सारिएको तीन दिनमा थप तयारी गरी महोत्सवलाई भब्य बनाउने जानकारी दिनुभयो ।नेपालगन्ज उद्योग वाणिज्य संघका निर्वतमान अध्यक्ष एवं महासंघका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठले महोत्सव सफल पार्नका लागि सबैसंग सहयोगको अपील गरे । विसं २०५७ साल देखि नेपालगन्ज उद्योग वाणिज्य संघले महोत्सव आयोजना गर्दै आएको छ ।
नेपाल सरकारबाट भोगाधिकार प्राप्त १० विगाह जमिनमा वहुउद्देशिय सभा–गृह तथा व्यवसायिक हित सहयोर्गाथ महोत्सव आयोजना गर्न लागिएको हो । यस बाहेक प्रदेशभित्र थप नयाँ उद्योग व्यवसायलाई विकसित गर्दै स्वाधीन र बलियो प्रदेश निर्माण गर्ने अभियानमा टेवा पु¥याउँदै राष्ट्र र प्रदेशको अर्थतन्त्रलाई आत्मनिर्भर बनाउने महोत्सवको मुख्य उद्देश्य रहेको छ ।