बिजनेसमा रहेका समाचारहरु
नेपालगन्ज ।प्रदेश नम्बर ५ प्रदेशसभा सचिवालयले खरिद गरेका गाडीमा आर्थिक अनियमितता भएको स्पष्ट भएको छ । सार्वजनिक लेखा समितिले गाडी खरिद प्रकरणमा आर्थिक अनियमिता भएको निष्कर्ष निकालेको छ । समितिको बैठकले प्रदेशसभा सचिवालय र प्रदेश नम्बर ५ सरकारका लागि खरिद गरिएका गाडीहरुको मुल्य बजार मुल्यभन्दा बढी भएको हुँदा रकम भुक्तानी नदिन निर्देशन दिएको समितिका सभापति डिल्लीबहादुर चौधरीले जानकारी दिए । समितिले भुक्तानी दिइसकेको भएपनि बिक्रेतासँग फिर्ता गर्न आग्रह गरेको छ ।...
नेपालगन्ज ।दुई पाङ्ग्रे सवारीमा बजारमा निकै राम्रो छाप पारेको भेस्पा र एप्रिला ब्रान्डको स्कुटरको केही दिनमै मूल्य वृद्धि हुने भएको छ। नेपालगन्जमा रहेको भिएस मोटर प्रालीका प्रबन्ध निर्देशक शरद पाण्डेका अनुसार भारतमा पनि मूल्य बृद्दी सगै नेपाली कम्पनीले दुबै ब्रान्डका स्कुटरको केही दिनमा मूल्य वृद्धि बढाउन गईरहेको हुँदा सम्पुर्ण ग्रहाकहरुलाई मौकाको फाईदा उठाउन आग्रह गरेका छन् ।अहिलेको बर्तामान समयमा एप्रीलाको मूल्य दुई लाख चालीस हजार देखि दुई लाख अठासी हजार...
नेपालगन्ज ।नेपाल–भारत खुल्ला सिमानाका कारण नेपालगन्जमा दैनिक उपभोग्य बस्तुको मुल्य घटबढ हुने गरेको छ । उपभोक्तालाई आवश्यक पर्ने दैनिक उपभोग्य बस्तु प्रायः यहाँका ब्यापारीले भारतबाटै आयात गर्छन् । भन्सार महसुल तिरेर आयात हुने र अबैध रुपमा भित्रिने सामानको विक्री मुल्य फरक पर्छ । यसले नेपालगन्जको बजारलाई समेत प्रभाव पार्ने गरेको ब्यापारी बताउँछन् । पसल पिच्छे दैनिक उपभोग्य बस्तुको मुल्यमा अन्तर देखिन्छ । नेपालगन्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष एवम् किराना...
नेपालगञ्ज । संयुक्त टोलीले छापा मारेर अबैध सामान बरामद गरेको भनिएको भोलिपल्ट सञ्चालकले भने आफूले सबै सामान भन्सार गरेर ल्याएको बताएका छन् । सञ्चालकको आक्रोश–काममा जिल्ला बाहिर रहेको व्यक्तिलाई फरार भन्ने ? नेपालगञ्जमा आज पत्रकार सम्मेलन गरेर स्वस्तिक ट्रेडर्सका सञ्चालक सरिफ सिद्दिकीले अबैध भनी बरामद गरिएका सबै सामानको बिल विजक र भन्सार गरिएको कागजपत्र देखाउँदै आफू षड्यन्त्रको शिकार भएको बताउनुभएको छ । व्यक्तिगत रिसिबीका कारण आफूलाई फसाउन खोजिएपनि आफ्ना सबै सामान बैधानिक...
नेपालगन्ज : नेपालगन्जमा अबैधरुपमा भित्राईएको ठूलो परिमाणमा सामाग्री विशेष सुरागीको आधारमा वडा प्रहरी कार्यालय र राजश्व अनुसन्धान कार्यालयको सयुक्त टोलीले नेपालगन्ज २ बुद्धटोल (न्यूरोड)बाट बरामद गरेको हो । अबैधरुपमा ल्याइएको नेपालगन्ज वडा नम्बर २ स्थित एक गोदाम घरमा भण्डार गरि राखिएको अवस्थामा बरामद वडा प्रहरी कार्यालय नेपालगन्जका प्रमुख नारायण डाँगीले बताए । उनका अनुसार अनुमानित दुई सय बोरा चामल र चेक सट ४ सय बीस, पेलेन सट ८० थान, सेन्डो १...
नेपालगन्ज : सरकारले शनिबार राति १२ बजेबाट लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलमा २/२ रुपैयाँ मूल्य वृद्धि गरेको छ । अब पेट्रोलको मूल्य प्रतिलिटर ११० रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेलमा ९७ रुपैयाँ पुगेको छ । नेपाल आयल निगमले भारतीय आयल कर्पोरेशनले पठाएको नयाँ मूल्य सूची अनुसार भाउ बढाएको हो । निगमलाई अहिले १ अर्ब ६ करोड सञ्चित नोक्सानी छ । यो पटक मूल्य समायोजनपछि निगमलाई १५ दिनमा १ अर्ब १६...
नेपालगन्ज।भेस्पा ग्राहक उपहार अन्तर्गत बर्दिया बढैयाताल गाउँपालिका वडा नं ३ भोलागौडीका अनिता क्षेत्रीले अप्रिला आरएक्स मोटरसाईकल जितेकी छिन् । डिलाइफस्टाइल प्रा.लि भेस्पा र अप्रिलाको आधिकारीक विक्रेता रहेको नेपालगन्ज भि.एस. मोटर्स प्रा.लि. नेपालगन्जले उपहार विजेता क्षेत्रीलाई एक कार्यक्रमका विच मोटरसाईकल र चाबी हस्तान्त्रण गरिएको हो । दशै तिहार युरोफेस्टी कम्पनीले देशभर बम्पर उपहार कुपन लागु गरेको थियो । सोही अनुसार क्षेत्रीलाई २ हजार ३ सय ५० जना मध्ये उपहार कुपन परेको थियो। क्षेत्रीलाई...
वीरगञ्ज।सशस्त्र प्रहरी बल भन्सार सुरक्षा गुल्मले लागुऔषध गाँजासहित आज बिहान एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ठोरी गाउँपालिका–१ पकहामैनपुर बस्ने ३० वर्षीय कोजा मियाँ हजाम रहेका छन् । जाँच गर्दा निजले झोलाभित्र लुकाई पाँच किलो तयारी गाँजा भारततर्फ लैजान लागेकाले पक्राउ गरिएको निमित्त गुल्मपति सशस्त्र प्रहरी निरीक्षक पदम खड्काले राससलाई बताउनुभयो । गाँजासहित पक्राउ परेका हजामलाई कारवाहीका लागि इनर्वास्थित प्रहरी चौकीमा पठाइएको छ ।रु तीन हजार प्रतिकिलोका दरले तस्करले...
नेपालगन्ज। नेपालगन्जको वडा नं ४ मा एकल महिलाहरुका लाग आय आर्जन तालीम शुरू भएको छ। नेपालगन्ज वडा नं ४ को सहयोग र सामुदायीक शसक्तिकरण लागी साँझा प्रयास बाँकेको आयोजनामा १० दिने पार्टी ब्याग बनाउने तालीम शुरू भएको हो। वडामा रहेका एकल महिलाहरुलाई बाँच्नका लागी केहि सिप सिकेर जिन्दगी जिउन सहज हुने कारण पार्टी ब्याग बनाउने तालीम दिएको वडा अध्यक्ष मो.सफिक बेहनाले बताउनु भयो। तालीममा २० जना एकल महिलाहरु तालीममा सहभागी भएको वडा...
काठमाण्डौ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ३३ किलो सुन तस्करीको अभियोगमा निलम्बन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, भन्सार कार्यालयका रेडियो अपरेटर श्याम कृष्ण च्वामु श्रेष्ठविरूद्ध १४ करोडको भ्रष्टाचार मुद्दा विशेष अदालतमा दायर गरेको छ। मंगलबार उनीविरूद्ध १४ करोड ६१ लाख २४ हजार ४ सय ७८ भ्रष्टाचार गरी राष्ट्रलाई हानी नोक्सानी पुर्याएको भन्दै मुद्दा दायर गरेको प्रेस विज्ञप्ति जारी गर्दै अख्तियारले जनाएको छ। तस्करीको ३३ किलो सुन प्रकरणमा मुछिएपछि उनीमाथि अख्तियारले छानबिन गरेको थियो। अख्तियारका...