नेपालगन्ज सुनसान-रुपैडिहामा नेपाली ग्रहाकको घुइँचो
प्रकाशित मिति : २०७५, २४ माघ बिहीबार ०८:५३
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगन्ज ।नेपाल–भारत खुल्ला सिमानाका कारण नेपालगन्जमा दैनिक उपभोग्य बस्तुको मुल्य घटबढ हुने गरेको छ । उपभोक्तालाई आवश्यक पर्ने दैनिक उपभोग्य बस्तु प्रायः यहाँका ब्यापारीले भारतबाटै आयात गर्छन् । भन्सार महसुल तिरेर आयात हुने र अबैध रुपमा भित्रिने सामानको विक्री मुल्य फरक पर्छ । यसले नेपालगन्जको बजारलाई समेत प्रभाव पार्ने गरेको ब्यापारी बताउँछन् । पसल पिच्छे दैनिक उपभोग्य बस्तुको मुल्यमा अन्तर देखिन्छ ।
Advertisement
नेपालगन्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष एवम् किराना ब्यवसायी संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरी नेपाल–भारत खुल्ला सिमानाले गर्दा उपभोग्य बस्तुको मुल्य सधैं तलमाथी हुने गरेको तर्क गर्छन् । ‘नेपाल–भारत खुल्ला सिमानाले नेपालगन्जको बजारलाई प्रत्यक्ष प्रभाव पारेको छ,’ मन्सुरीले भने ‘जसले १५ प्रतिशत भन्सार र १३ प्रतिशत भ्याट तिरेर ब्यापार गरिरहेको छ, उसले थोरै नाफा खाएर बिक्री गर्दा थोरै महंगो पर्न जान्छ, कसैले दुई नम्बरी सामान सस्तो मुल्यमा बेच्न सक्छ ।’
खुल्ला सिमानाकै कारण उपभोग्य बस्तुको मुल्यमा घटबढ हुने गरेको उनी बताउँछन् । खुल्ला सिमाना र भारतीय बजार रुपैडिहामा सस्तो मुल्यमा सामान पाईन्छ भन्ने गलत बुझाईका कारण नेपालगन्जको ब्यापार ब्यवसाय चौपट भएको संघका वरिष्ठ उपाध्यक्ष मन्सुरी बताउँछन् । भन्सार चेकजाँचमा कडाई गर्न सरकारलाई पटक–पटक ध्यानाकर्षण गराउँदा पनि सुनुवाई नभएको उनको गुनासो छ ।
चामल र चिनी बाहेक अधिकांस उपभोग्य सामान नेपालगन्जमै सस्तो मुल्यमा पाउने किराना ब्यवसायी संघका अध्यक्ष मन्सुरीले बताए । ‘नियम अनुसार एक हजारभन्दा बढी मुल्यको सामानमा नेपाल सरकारले भन्सार महसुल लिनुपर्छ, तर त्योभन्दा बढी मुल्यको सामान पनि खुलेआम आयात भईरहेको छ, यसले नेपालगन्जको सिंगो ब्यवसायलाई धरासायी पार्ने काम गरिरहेको छ,’ उनले भने ‘यदी भन्सारमा कडाई भएमा नेपाली उपभोक्ताले आफ्नै ठाउँमा सस्तो र गुणस्तरिय उपभोग्य बस्तु पाउँछन् ।’
केही सामान बाहेक नेपालगन्ज र भारतीय बजार रुपैडिहाको मुल्यमा खासै अन्तर रहेको पाईदैन । तरपनि सस्तो मुल्यको सामान खोज्दै रुपैडिहा पुग्ने उपभोक्ताको दैनिक रुपमा ठुलो भिड लाग्ने गरेको छ । आफ्नो देशमा उपभोग्य बस्तुको मुल्य बढेर थेग्नै नसक्ने भएपछि सस्तो मुल्यको सामान खोज्न रुपैडिहा आउनु परेको नेपाली उपभोक्ता बताउँछन् । रुपैडिहा बजारमा सामान किन्न पश्चिम क्षेत्रका विभिन्न जिल्लाबाट उपभोक्ता सिमा प्रवेश हुने गरेको पाइएको छ । नेपाली उपभोक्ताहरु दैनिक उपभोग्य बस्तु, कपडा तथा हार्डवयर सामान खरिद गर्न रूपैडिहा पुग्छन् ।
‘हाम्रो देशमा हरेक सामानको मुल्य बढेको बढ्यै छ, मुल्य नियन्त्रण गर्न सरकारलाई कुनै चासो छैन,’ जुम्ला तिला गाउँपालिका निवासी धर्मराज चौलागाईले भने ‘सरकारले मुल्य नियन्त्रण नगर्दा सम्म उपभोक्ताले भारतीय बजार धाईरहन्छन् ।’ उद्योग ब्यापार संघ रुपैडिहाका अनुसार रुपैडिहामा दैनिक रुपमा ५ करोड रूपैयाँ बराबरको कारोबार हुन्छ । रुपैडिहा बजार नेपाली उपभोक्ताकै भरोसामा चलेको संघका महामन्त्री रजा इमाम रिजवीले बताए ।
‘रुपैडिहा नेपाली उपभोक्ताले नै चलाएको बजार हो, उपभोक्ताहरु चलाख छन्, जहाँ सस्तो पाउँछन्, उपभोक्ताहरु त्यहाँ गएर खरिद गर्छन्,’ उनले भने । रुपैडिहा बजारमा पनि ब्यापारीबीच आन्तरिक रुपमा अस्वस्थ प्रतिस्पर्धा देखिन्छ । उपभोक्ताको लागि पसलमा मुल्य सूची राखिदैन । सरकारी निकायको पनि त्यति निगरानी हुदैन। सामानको गुणस्तर र मुल्यमा ब्यापारीको मनपरी छ । संघका महामन्त्री रिजवी भन्छन्, ‘महंगीको मारमा परेका नेपाली उपभोक्तालाई रुपैडिहा बजारले स्वभाविक रुपले राहत दिएको छ, तर यहाँ पनि सिस्टमको ब्यापार छैन, सरकारको निगरानी छैन, ब्यापारीले सामान खरिद गरेर ल्याउँछन्, त्यसमा १० प्रतिशत नाफा जोडेर सामान विक्री गर्छन् ।’ नागरीक दैनिकबाट।