डुडुवा गाउँपालिका बाँकेमा रहेका समाचारहरु

डुडुवाकि अन्नु वर्माको हत्या घटनालाई कमजोर बनाउन खोजिएको माइतीको दावी

नेपालगञ्ज,१३ असोज । बाँकेको डुडुवा गाउँपालिका वडा नम्बर २, बाबागाउँकी २६ वर्षीया अन्नु वर्माको हत्यालाई मोडेर कमजोर बनाउन खोजिएको दावी गरिएको छ । भदौ १४ गते राति हत्या भएको माइती पक्षको दावी छ । अन्नुको हत्या अभियोगमा सासु धनदेई कुर्मी, देवर वीरेन्द्रकुमार वर्मा र स्थानीय हरिहर प्रसाद तेली हिरासतमै रहेका बेला अन्नुकी भाउजु विन्दुकमारी वर्माले पोष्टमार्टम रिपोर्ट मार्फत अभियुक्तलाई उन्मुक्ति दिने प्रपञ्च गरिएको दावी गर्नु भयो । बाँके जिल्ला...

डुडुवाका बिद्यालयहरुमा सूचना पारदर्शी गराउन गाउँपालिकाले अहम् भूमिकाले सहयोग गर्छ: अध्यक्ष चौधरी

नेपालगन्ज,३० भदौ।गाउँपालिकामा रहेका बिद्यालयहरुमा सूचना पारदर्शी गराउन माग गर्दै डुडुवा गाऊपालिकामा ज्ञापन पत्र बुझाइएको छ । प्रत्येक नागरिकलाई आफ्नो वा सार्वजनिक सरोकारको कुनै पनि विषयको सूचना माग गर्न पाउने हक प्रदान गरिएको छ । यो नागरिकको मौलिक हक हो । यस हकको प्रचलनकालागि सूचनाको हकसम्बन्धी ऐन, २०६४ जारी भएको छ । सूचनाको हक सम्बन्धि ऐन २०६४ अनुुसार सबै सार्वजनिक निकायले आफना कार्यालयको सूचना स्वतःस्र्फुत रुपमा ३र३ महिनामा प्रकाशन गर्नुपर्ने कानुनी...

डुडुवामा तीज विशेष कार्यक्रम

(डुडुवा) बाँके २५ भदौ । चाडपर्वको अवसरमा कार्यक्रम मार्फत् ग्रामिण क्षेत्रका महिलाहरुलाई सचेत बनाइएको छ । महिलाहरुको महान पर्व हरितालिका तीज पर्वको अवसरमा बाँकेको डुडुवा गाउँपालिकाले महिला लक्षित कार्यक्रम संचालन गरी सचेतना फैलाउने कार्यक्रमको आयोजना गरेको हो । पछिल्लो अवस्थामा बालिका तथा किशोरीहरुमाथि भएको दुव्र्यवहारका घटनालाई न्युनीकरण तथा महिला अधिकारका लागि यस्तो कार्यक्रम गरिएको गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताउनुभयो । उहाँका अनुसार गाउँपालिकाको वडा नं. १ होलिया, २ बेतहनी र...

बाँकेमा युरिया मलको हाहाकार
"मल नपाउदाँ बाँकेका कृषकहरु चिन्तित "

सुनिल रेग्मी,नेपालगन्ज, १ भदौ।बाँकेमा रासायनिक मलको अभाव भएको छ । धानखेती सुरु भई मल हाल्ने बेलमा जिल्लामा मलको अभाव देखिएको हो । जिल्लामा मल आपूर्तिको जिम्मा पाएको कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेनिङमा हाल एक बोरा युरिया समेत मौज्दात छैन । डिएपी र पोटास केहि मात्रामा रहे पनि युरिया मलको भने हाहकार भएको छ । कृषि र साल्ट ट्रेनिङमा आउने कृषकहरु निरास भएर घर फर्किएका छन्। १० दिन...

डुडुवामा सामाजिक सुरक्षा भत्ता वितरण

डुडुवा (बाँके), २३ साउन । बाँकेको डुडुवा गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता वितरण शुरु गरेको छ । आर्थिक वर्ष २०७४/०७५ को तेस्रो चौमासिक अन्तर्गत् चैतदेखि असारसम्मको भत्ता वितरण गर्न थालिएको हो । असारमै वितरण गर्नुपर्ने सामाजिक सुरक्षा भत्ता नयाँ आर्थिक वर्षको बजेट निर्माण गर्ने क्रममा ढिला भएर अहिले वितरण गर्न थालिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाको ६ वटै वडामा मंगलबारदेखि भत्ता वितरण शुरु गरिएको छ । गाउँपालिकाको ६ वटै वडामा बालबालिकासहित...

जनप्रतिनिधिलाई कानुन, सुशासन र सूचनाको हकबारे अभिमुखीकरण

डुडुवा (बाँके), २९ असार । डुडुवा गाउँपालिकाका जनप्रतिनिधिहरुलाई आधारभूत कानुन, सुशासन र सूचनाको हकका बारेमा आज अभिमुखीकरण गरिएको छ । गाउँपालिकाको सहयोगमा नेपाल डेमोक्रयाटिक लयर्स एशोसिएशन नेपालगन्जले आयोजना गरेको अभिमुखीकरणमा स्थानीय तहमा आवश्यक पर्ने आधारभूत कानुन तथा सुशासन र सूचनाको हक बारेमा जानकारी गराइएको हो । अभिमुखीकरणको उद्घाटन समारोहमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद रेग्मीले पहिलोपटक अधिकारसहितको स्थानीय तह स्थापनाले कानुनी जटिलता बढी भएकाले आधारभूत कानुनका विषयमा सबैलाई थाहा...

डुडुवाको विषयगत समितिद्वारा बजेट विनियोजन कार्यान्वयनका लागि सिफारिस

डुडुवा (बाँके), २० असार । डुडुवा गाउँपालिकाले नयाँ आर्थिक वर्ष ०७५/०७६ को बजेटका लागि विषयगत समितिबाट विकास बजेटतर्फको रकम विनियोजन गरी सिफारिस गरेको छ । विभिन्न ६ वटा विषयगत समितिहरुको छुट्टाछुट्टै आज बुधबार बसेको बैठकले रु. ९ करोड २८ लाख ३२ हजारको प्रस्तावित बजेट विनियोजन गरेको हो । त्यस अन्तर्गत् पुर्वाधार विकासतर्फ रु. ४ करोड २० लाख ३२ हजार, आर्थिक विकासतर्फ रु. १ करोड ५० लाख, सामाजिक विकासतर्फ रु. २...

बाँकेमा सर्पदंशको बिगबिगी, यो बर्ष मात्रै ९ जनाले ज्यान गुमाए

नेपालगन्ज, २० असार । सर्पले टोकर यो बर्ष मात्रै बाँकेमा ९ जनाको मृत्यु भएको छ । गत बर्ष २ जनाको मात्रै मृत्यु भएकोमा यो बर्ष बढेर ९ पुगेको भेरी अञ्चल अस्पताल नेपालगन्जले जनाएको छ । बर्षा शुरु भएयता दैनिक ८–१० जना सर्पले टोकेका विरामी आउने गरेको अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा. कृष्णप्रसाद आचार्यले बताउनुभयो । ढिला गरी उपचारमा आउने गरेका कारण मृत्यु हुनेको संख्या बढेको अस्पतालले जनाएको छ । भेरी...

डुडुवाका बाढीपीडितका लागि अश्रय स्थल, अग्नीपिडितलाई नगद राहत वितरण

डुडुवा (बाँके), १३ असार । डुडुवा गाउँपालिकाको वडा नं. १ मा बाढीपीडितका लागि दुई वटा आश्रय स्थलको निर्माण शुरु गरिएको छ । बर्षेनी बाढीबाट पीडित उक्त क्षेत्रका नागरिकहरुका लागि उचित आश्रयका लागि दुई वटा भवन निर्माण गर्न लागिएको गाउँपालिकाका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताउनुभयो । उहाँका अनुसार होलियाको छिटाईपुर्वा र चौफेरी पाँजामा रु. ५ लाखका दरले दुई वटा भवन निर्माण थालिएको हो । राप्ती नदीको बाढी तथा ढुबानले सो क्षेत्रका...

आर्थिक वर्ष ०७५/०७६ को नीति तथा कार्यक्रम सार्वजनिक

डुडुवा (बाँके), १० असार । डुडुवा गाउँपालिकाको तेस्रो गाउँसभाले नयाँ आर्थिक वर्ष ०७५/०७६ को नीति तथा कार्यक्रम आइतबार सार्वजनिक गरेको छ । गाउँपालिकाका अध्यक्ष नरेन्द्रकुमार चौधरीले ११ वटा शिर्षक अन्र्तगत शिक्षा, स्वास्थ्य, कृषि, पशु, वन बाताबरण, समुदायको विकास, भौतिक पुर्वाधार, सडक, नाला, खानेपानीका योजना, रोजगारी, सरसफाई ढल निकास, विपत व्यवस्थापन, सुशासन कार्यक्रम लगायतको कार्यक्रम प्रस्तुत गरेका हुन । नीति तथा कार्यक्रममा गाउँपालिकामा गत आर्थिक वर्षमा संचालित विभिन्न अभियानको प्रभावकारिता र दिगोपनाका लागि...