डुडुवा गाऊँपालिकामा घुम्ती शिविर संचालन
प्रकाशित मिति : २०७५, २७ जेष्ठ आईतवार १६:५८
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगन्ज,२७ जेठ । बाँकेको डुडुवा गाउँपालिकाले गाउँ घरमा सेवा पुर्याउने उद्देश्यले घुम्ती सेवा शुरु गरेको छ। गाउँपालिकाको प्रथम गाउँसभाबाट पारित गाउँमा पुगेर घुम्ती सेवा संचालन गर्ने नीति अनुसार वडा नम्बर ५ बाट आज आईतबार सेवा शुरु गरिएको हो । घुम्ती सेवामा व्यक्तिगत घटना दर्ता, मालपोत कर असुली, नागरिकता लगायत विभिन्न सिफारिस, जन्म, विवाह, मृत्यु, बसाईसराई लगायतका सम्पूर्ण सेवाहरु प्रदान गरिदैछ । ५ नम्बर वडा अन्तर्गत् जबदहवा गाउँमा आजदेखि दुई दिने घुम्ती शिविर संचालन गरिएको वडा सचिव सुर्यप्रसाद लम्सालले बताउनुभयो । उहाँका अनुसार आज र भोली त्यहाँका विभिन्न टोलका नागरिकहरुलाई सेवा प्रदान गरिनेछ । स्थानीय कविता थारु आफ्नो बच्चाको जन्मदर्ताका लागि वडा कार्यालयतर्फ जाँदै गर्दा आफ्नै गाउँमा सेवा दिन घुम्ती टोली आएको देख्दा दङ्ग पर्नुभयो । यस्तै सेवा लिन आएका अन्य नागरिकहरुले पनि आफ्नै घरदेलौमा आएर सेवा उपलब्ध गराउँदा बल्ल स्थानीय सरकार आएको अनुभति सुनाएका थिए । उनीहरुले यो प्रक्रियालाई नियमित रुपमा संचालन गर्नुपर्नेमा जोड दिएका थिए । स्थानीयको घरदेलौमै पुगेर सेवा उपलब्ध गराउने गाउँपालिकाको नीति अनुरुप यो सेवा शुरु गरिएको वडाध्यक्ष प्रशुराम बुढाथोकीले बताउनुभयो । उहाँले अहिलेसम्मको यो पहिलो पटक भएकाले अब हामी जनप्रतिनिधीहरु यो सेवालाई नियमित रुपमा संचालन गर्ने भन्दै यस सेवामा बृद्धि तथा प्रभावकारितामा जोड दिनुभयो । वडा कार्यालयले एक सातासम्म ३ स्थानबाट घुम्ती शिविर संचालन गरि सेवा प्रवाह गर्ने जनाएको छ । शिविरमा आज स्थानीय उपता थारुलाई घरबार प्रमाणित सिफारिस वडाध्यक्ष बुढाथोकीले प्रदान गर्नुभयो । वडासचिव लम्सालसहित ४ जना कर्मचारी र वडाध्यक्ष बुढाथोकी र वडासदस्य झुठठु थारुको समुहले सेवा प्रवाह गरिरहेको छ । गाउँपालिकाको सेवाको प्रभावकारिता तथा गुणस्तरियता बढाउनका लागि प्रथम गाउँसभाबाट नागरिकका घरमा पुगेर सेवा उपलब्ध गराउने निति अन्र्तगत यस्तो अभियान ल्याएको गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताउनुभयो । उहाँका अनुसार यो सेवाले नागरिकलाई सहजता तथा कार्यको नियमितता र प्रभावकारिता बढनेछ । गाउँपालिकाले वार्षिक निति अनुसार बर्षमा दुई पटक घुम्ती सेवा संचालन गर्ने नितिमा उल्लेख गरेको थियो । सोही बमोजिम सेवाको शुरुवात गरिएको हो । गाउपालिकाका अन्य वडाहरुमा पनि अब यो अभियान शुरु हुने गाउँपालिकाले जनाएको छ ।
Advertisement