आठौं राष्ट्रिय खेलकुदमा रहेका समाचारहरु

ब्याडमिन्टनमा एपिएफका धामी र रशिलालाई स्वर्ण

दाङ ।  आठौं राष्ट्रिय खेलकुद  प्रतियोगिता अन्तर्गत दाङको घोराहीमा भएको फाईनल ब्याडमिन्टन भिडन्तमा एपिएफका दिपेश धामी र रसिला महर्जनले स्वर्ण जितेका छन् । फाईनलमा दिपेशले रत्नजित तामाङलाई २१–१६ र २१–१४ को सोझो सेटमा पराजित गरे भने आर्मीकी १४ वर्षीया रशिला महर्जनले नङ्शल तामाङलाई १९–२१, २१–१४ र २४–२२ ले पराजित गरेकी हुन । यो संगै उनीहरुले नयाँ इतिहास रच्न सफल भएका छन् । यो संगै आर्मीका दिदीभाई रत्नजित तामाङ र नङ्शल तामाङको...

आइटिएफ तेक्वान्दोमा प्रदेश ५ ले खाता खोल्यो

नेपालगन्ज ।आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत आइटिएफ तेक्वान्दोमा त्रिभुवन आर्मी क्लवले सर्वाधिक स्वर्ण जितेको छ । नेपालगन्जको महेन्द्र वहुमुखी क्याम्पसमा जारी प्रतियोगिता अन्तर्गत शनिवारसम्म भएका सींगल प्याटर्नका खेलमा आर्मीले ६ स्वर्णका साथ अग्रता स्थानमा छ । त्यस्तै, एपिएफले ४ र प्रदेश ३ ले २ स्वर्ण प्राप्त गरेको छ । शनिवार भएको ४६ देखि ५० किलो तौलमा प्रदेश ५ ले खाता खोलेको छ । नवलपरासीका सुमन मस्र्याङ्गीले आर्मीका पूर्ण घर्तिलाई हराउँदै प्रदेश...

आठौं राष्ट्रिय खेलकुद: पौडी खेल नेपालगञ्जको एक होटलमा हुँदै

नेपालगञ्ज।  पौडी खेल नेपालगञ्जको एक होटलमा हुुुन लागेको छ।आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गतका पौडी पोखरीको काम नसकिँदा पौडीका सम्पुर्ण स्पर्धाहरु होटलको स्वीमिङ पुलमा हुने भएका छन् । नेपालगञ्जको  रंगशाला परिसरमा निर्माणाधिन आठौं खेलकुदका लागि निर्माण गर्न लागिएको पौडी पोखरी निर्धारित समयमा निर्माण कार्य नहुँदा पौडीका स्पर्धाहरु नेपालगञ्जको एउटा होटलमा सारिएको हो । भनेको समयमा पोखरीको काम नसकिँदा पौडीको स्पर्धा नेपालगञ्जको  सिंग्नेट होटलमा रहेको स्वीमिङ पुलमा प्रतिस्पर्धा गर्न लागेकोे आयोजक राष्ट्रिय...

एथ्लेटिक्समा सेनाका निर बहादुरलाई स्वर्ण

दाङ ।आठौं राष्ट्रिय खेलकुदमा सेनाको दबदबा कायम रहेको छ।आठौं राष्ट्रिय खेलकुद अन्तर्गत एथ्लेटिक्सको पुरुष १ सय १० मिटर हडल्समा सेनाले स्वर्ण जितेको छ । आईतबार बिहान भएको खेलमा सेनाका निर बहादुर चौधरीले स्वर्ण जितेका हुन् । उनले निर्धारित दुरी १५ दशमलव ५६ सेकेन्डमा पुरा गरे ।यस्तै पुलिसका चन्द्र देव जोशी दोस्रो भए । सेनाका अशोक कुँवर क्षेत्री तेस्रो भए । जोशीले १५ दशमलव ६७ सेकेन्डको समय लगाए। कुँवरले १६ दशमलव...

महिला हाइजम्पमा एपीएफकी शिला चौधरीलाई स्वर्ण

दाङ ।आठौं राष्ट्रिय खेलकूद अन्तर्गत दाङको वेलझुण्डीमा एथ्लेटिक्स अन्तर्गत शनिबार हाइजम्प, डिसकस थ्रो, २ सय मिटर दौड अन्तर्गतका महिला र पुरुषका इभेन्ट सकिएका छन्। शनिबार भएको हाइजम्प महिला तर्फको इभेन्टसमा एपीएफकी शिला चौधरीले १ मिटर ५० सेन्टिमिटर छलाङ मार्दै स्वर्ण पदक जित्न सफल भइन् । यसैगरी आर्मीकी खगिना सिञ्जालीले १ मिटर ४८ सेन्टि मिटरका साथ रजत पदक जित्दा प्रदेश पाँच की अनिता चौधरी र प्रदेश एक की विन्दु चौधरीले १...

आठौं राष्ट्रिय खेलकुद: महिला फुटबलमा पुलिस सेमिफाईनलमा प्रवेश

दाङ । आठौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला फुटबलमा पुलिसले जित निकालेको छ ।शनिबार बिहान भएको खेलमा पुलिसले प्रदेश नम्बर ७ लाई ७–० गोल अन्तरले हरायो ।पुलिसको जितमा निरु थापा र निशा सुनुवारले ह्याट्रिक गरे । थप एक गोल रन्जिता गुरुङको नाममा रह्यो ।पुलिसले ३ खेलबाट ९ अंक बटुल्दै एक खेल अगावै सेमिफाईनल प्रवेश गरेेेको छ । दोस्रो स्थानको प्रदेश तीनले ६ अंक जोडेको छ । ...

ह्यान्डबलमा शुक्रबार यी-यी टोली भए बिजयी

नेपालगन्ज ।आठौंअन्तर्गत राष्ट्रिय ह्यान्डबलको पुरुषमा गण्डकीले सुदूरपश्चिम प्रदेशलाई ४३–१५, आर्मीले कर्णाली प्रदेशलाई ४७–१०, प्रदेश १ ले प्रदेश २ लाई २८–१४ र एपीएफले प्रदेश ३ लाई ३९–२३ ले पराजित गरेको छ। त्य्स्तै महिलामा गण्डकीले प्रदेश ५ लाई २२–४ र प्रदेश ३ लाई १५–४, आर्मीले कर्णालीलाई ५४–२, सुदूरले प्रदेश २ लाई ७–२ तथा एपीएफले प्रदेश १ लाई २८–१० ले हराए । पुरुष-महिला दुवैमा सातै प्रदेश, आर्मी र एपीएफ गरी ९ टिम सहभागी छन्...

भारत्तोलन खेलको पहिलो दिनमा आर्मीलाई तीन स्वर्ण

नेपालगन्ज ।आठौं राष्ट्रिय खेलकुद अन्तर्गत २४ औ राष्ट्रिय भारत्तोलन प्रतियोगिताको पहिलो दिन विभागीय टिम आर्मीले तीन स्वर्ण जितेको छ । शुक्रबार नेपालगञ्जमा भएको प्रतियोगितामा आर्मीले ४५ केजी महिला, ५५ केजी पुरुष र ६१ केजी पुरुष तौल समुहमा स्वर्ण जितेको हो । ४५ केजी महिला तौल समुहमा आर्मीकी रिता गुरुङले ९५ केजी भार ग्रहण गरिन् । स्न्याचमा ४५ केजी भार वहन गरेकी उनले क्लिन एण्ड जर्कमा ५० केजी तौल उठाउँदै स्वर्ण...

आठौं राष्ट्रिय खेलकुद: एथ्लेटिक्समा आर्मीलाई एकै दिन ५ स्वर्ण

दाङ । दाङको बेलझुण्डीमा जारी आठौं राष्ट्रिय खेलकूद अन्तर्गत शुक्रबार एथ्लेटिक्समा नयाँ राष्ट्रिय कीर्तिमान बनेको छ । ज्याभ्लिन थ्रोमा नेपाल पुलिसकी चन्द्रकाल लामगादेले कीर्तिमान कायम गरेकी छिन् । यसअघि विहीबार उनले सटपुटमा आफ्नै कीर्तिमान सुधार गरेकी थिइन् । शुक्रबार उनले ४४ दशमलब ०५ मिटरको नयाँ कीर्तिमान बनाउन सफल भइन् । यसअघि उनको ४३दशमलब ९४ मिटरको कीर्तिमान थियो । यसैगरी त्रिभुवन आर्मीकी लक्ष्मी थारुले ४१ दशमलब २६ मिटरका साथ रजत पदक जित्दा आर्मीकै...

आठौं राष्ट्रिय खेलकुद: अहिले सम्म सेनानै अग्रपंक्तिमा

नेपालगन्ज  । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अहिले सम्म नेपाली सेनानै अग्रपंक्तिमा रहेको छ। सेना आफ्नो बर्चस्व यथाबतनै राखेको छ। अहिलेसम्म सम्पन्न १४ खेलमा ९७ स्वर्ण, ९६ रजत र १७२ कास्य पदकको छिानोफानो हुँदा त्रिभुवन आर्मीले बर्चश्व कायम गरेको छ । आर्मी अहिलेसम्म ३१ स्वर्ण, २७ रजत र २० कास्य पदकसहित अंक तालिकामा पहिलो स्थानमा छ । १८ स्वर्ण, १५ कास्य र १६ रजत जित्दै नेपाल पुलिस दोस्रो र सशस्त्र प्रहरी...