आठौं राष्ट्रिय खेलकुदमा रहेका समाचारहरु

पुरुष हेन्डबलमा आर्मी र गण्डकी प्रदेशको विजयी सुरुवात

नेपालगन्ज  । आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत नेपालगन्ज रंगशालामा शुक्रवार विहान भएको पुरुष हेन्डबल खेलमा नेपाल आर्मी र गण्डकी प्रदेश विजयी भएका छन् । विहान भएको पहिलो खेलमा सुदूरपश्चिम प्रदेशलाई ४३–१५ गोलले पराजित गरि गण्डकी प्रदेश विजयी भएको छ । प्रतियोगितामा गण्डकी प्रदेशका सन्तोष श्रेष्ठले सर्वाधिक ६ गोल गरे। त्यसैगरि सुदूरपश्चिम प्रदेशका विकास विष्ट र सरोज सिंहले पाँच–पाँच गोल गरे । त्यसैगरि, शुक्रवार विहान भएको अर्को खेलमा नेपाल आर्मी विजयी भएको...

महिला फुटबलमा प्रदेश नं. २ को दोश्रो जित

लक्ष्मण बस्नेत /दाङ । आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत प्रदेश नं. २ महिला फुटवल टिमले दोश्रो जित निकालेको छ । दाङमा बुधवारदेखि शुरु भएको आठौ राष्ट्रिय महिला फुटवल प्रतियोगितामा अन्तर्गत तेश्रो खेलमा प्रदेश नं. ५ लाई १ विरुद्ध ३ गोल गर्दै प्रदेश नं. २ बिजयी भएको हो । घोराहीको भरतपुर खेलकुद मैदानमा भएको प्रतियोगितामा प्रदेश नं. २ को जितका लागि जर्सी नं. ११ कि रजनी ठोकरले , जर्सी नं. ५...

आठौं राष्ट्रिय खेलकुद: राष्ट्रपतिद्वारा नेपालगन्जमा भव्य रुपले उद्घाटन

नेपालगन्ज ।आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको नेपालगन्जमा भव्य रुपले उद्घाटन गरिएको छ । नेपालगन्जस्थित रंगशालामा राष्ट्रपति विद्यादेवी भण्डारीले कार्यक्रमको उद्घाटन भएको घोषणा गरेही हुन् । २७ गतेदेखि अनौपचिारिक रुपमा खेलकुद प्रतियोगिता सुरु भएपनि प्रतियोगिताको औपचारिक उद्घाटन बिहिबार मात्रै गरिएको हो । प्रतियोगिता उद्घाटन गर्न नेपालगन्ज आएकी राष्ट्रपति भण्डारीले मुलुकको विकास र समृद्धिका लागि खेल क्षेत्रको विकास अपरिहार्य रहेको बताइन् । त्यस्तै, कार्यक्रममा राष्ट्रपतिसँगै युवा तथा खेलकुद मन्त्री जगत बहादुर विश्वकर्मा सुनार, प्रदेश...

आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको सुभारम्भ यसरी हुँदै !

नेपालगन्ज ।आज साझ आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको सुभारम्भ गरिदै छ। जस अनुसार यसरी हुँदैछ – आज साझ ४ देखि ५ बजे सम्म सर्बसाधरनलाई रङ्गशाला प्रवेश गराइनेछ । साढे ५ बजे रङ्गशालाका सवै ढोकाहरु बन्द गरिनेछ । ५ः४५मा राष्ट्रपतिको नेपालगन्ज रङ्गशालामा प्रवेश हुनेछ । ६ बजे राष्ट्रपतिको सम्मानका लागि नेपाली सेनाको संगित धुन बजाइनेछ । सोही क्रममा राष्ट्रपतिको आशन ग्रहण हुनेछ । ६ः३० मा राष्ट्रपतिको आशन ग्रहण सहित विभिन्न मार्चपास गरिनेछ। ७ बजे प्रदेश पाँचका मुख्यमन्त्रीद्वारा स्वागत...

आठौं राष्ट्रिय प्रतियोगिताः फुल कन्ट्याक्ट करातेमा रुपक र मन्जु पहिलो

नेपालगन्ज  । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत राष्ट्रिय फुल कन्ट्याक्ट कराते प्रतियोगितामा प्रदेश ४ का रुपक नेपाली र आर्मीकी मञ्जु विकले स्वर्ण जितेका छन् । खुला तौलसमूहको पुरुषमा रुपक र महिलामा मञ्जु च्याम्पियन बनेका हुन् । नेपालगन्जस्थित महेन्द्र बहुमुखी क्याम्पसमा भएको फाइनलमा रुपकले प्रदेश १ का विनोद निरौलाबाट वाक ओभर पाए । अघिल्लो खेलमा विनोद घाइते भएकाले वाक ओभर दिएका हुन् । मन्जुले फाइनलमा प्रदेश १ की सुजाता राईलाई हराइन्...

आठौं राष्ट्रिय खेलकुदः महिला क्रिकेटमा प्रदेश १ र २ को विजयी सुरुवात

लक्ष्मण बस्नेत/ दाङ ।आठौं राष्ट्रिय खेलकुद अन्तर्गगत  दाङको लमहीमा संचालित महिला क्रिकेट प्रतियोगितामा प्रदेश नम्बर १ र प्रदेश नं २ ले विजयी सुरुवात गरेको छन् । प्रतियोगिताको उद्घाटन खेलमा टस हारेर व्याटिङ्ग गर्ने सुनौलो अवसर पाएको ५ नं प्रदेश १५ दशमलव २ ओभरमा अलआउट हुदै ७० रन बनाउन सफल भयो । जसमा सरस्वती पुनले १८, सरस्वती जिएम र लक्ष्मी चौधरीले समान १५÷१५ रन जोडे । बलिङ्ग तर्फ प्रदेश १ कि रश्मि...

आठौ राष्ट्रिय खेलकुदःबास्केटबलमा पुरुषमा आर्मी र महिलामा पुलिसलाई स्वर्ण

लक्ष्मण बस्नेत/ दाङ । महिला तथा पुरुष राष्ट्रिय बास्केटबल प्रतियोगिताको महिलामा  नेपाल पुलिस क्लब र पुरुषमा डिफेन्डिङ च्याम्पियन नेपाल आर्मीले स्वर्ण पदक हात पारेका छन् । आठौ राष्ट्रिय खेलकुद  अन्तर्गत आज  सम्पन्न पुरुष फाइनल भिड्न्तमा प्रदेश नं ३ लाई ५८ का विरुद्ध ७६ स्कोरले पाखा लगाउदै डिफेन्डिङ च्याम्पियन आर्मीले स्वर्ण पदक हात पारेको हो । फाइनलमा पराजीत प्रदेश नं ३ रजत पदकमा चित्त बुझाउन बाध्य भयो । त्यस्तै महिला तर्फको फाईनल भिड्न्तमा साविक...

महिला तथा पुरुष बास्केटबलको बुधबार फाइनल भिड्न्त हुँदै

लक्ष्मण बस्नेत/ दाङ । आठौ राष्ट्रिय खेलकुद अन्तर्गत महिला तथा पुरुष राष्ट्रिय बास्केटबलको बुधबार फाइनल भिड्न्त हुने भएको छ । आठौ राष्ट्रिय खेलकुद हाम्रो प्रदेशमा पसिना र पौरख आफ्नै देशमा भन्ने मुल नाराका साथ दाङको घोराहीमा जारी प्रतियोगिताको महिला तर्फ नेपाल पुलिस क्लब र प्रदेश नं ३  बिच भिडन्त हुने भएको छ।त्यस्तै पुरुष तर्फ नेपाल आर्मी र प्रदेश नं ३ विच स्वर्ण पदका लागि फाइनल भिड्न्त हुनेछ । महिला तर्फको मंगलबार...

आठौं राष्ट्रिय खेलकुद: जुडो खेलको दोश्रो दिन आर्मीलाई पाँच स्वर्ण

नेपालगन्ज ।आठौं राष्ट्रिय खेलकुद अन्तर्गत  १६ औं राष्ट्रिय जुडोको दोश्रो दिन आर्मीले ४ स्वर्ण जितेको छ । दोश्रो दिन ७ स्वर्णका लागि प्रतिस्पर्धा भएकोमा प्रहरीले २ तथा एपीएफले १ स्वर्ण जिते ।पुरुष ७३ केजीमुनि प्रहरीका सन्जित डंगोल पहिलो भए । सन्जितले फाइनलमा आर्मीका जंगबहादुर सारुलाई पराजित गरे । ९० केजीमुनि आर्मीका सूर्यमान लामाले स्वर्ण जिते । फाइनलमा उनले प्रहरीका श्रीराम मकाजुलाई हराए । १०० केजीमुनि फाइनलमा प्रहरीका रविन श्रेष्ठले...

आठौ राष्ट्रिय खेलकुदः महिला तथा पुरुष बास्केटबलको सेमिफाइनल मंगलबारदेखि

लक्ष्मण बस्नेत/ दाङ ।नेपाल पुलिस, नेपाल आर्मी, प्रदेश नं ७ र प्रदेश नं ३ दाङमा जारी महिला राष्ट्रिय बास्केटबलको सेमिफाईनलमा प्रवेश गरेका छन् । आठौ राष्ट्रिय खेलकुद हाम्रो प्रदेशमा पसिना र पौरख आफ्नै देशमा भन्ने मुल नाराका साथ संचालित प्रतियोगिताको क्वाटर फाइनलमा शसक्त र शानदार प्रर्दशन गर्दै नेपाल पुलिस, नेपाल आर्मी, प्रदेश नं ७ र प्रदेश नं ३ ले क्वाटर फाइनल यात्रा तय गरेका हुन् । उल्लेख्य दर्शकका विच भएको रोमाञ्चक...