आठौं राष्ट्रिय खेलकुदमा रहेका समाचारहरु
लक्ष्मण बस्नेत / दाङ ।आठौं राष्ट्रिय खेलकूद अन्र्तगत एथ्लेटिक्स अन्र्तगतको फुल र हाफ म्याराथन सोमबार हुने भएको छ । त्यसकालागि रुट पनि तय गरिएको छ । ४२ किलोमिटर १९५ मिटरको फूल म्याराथन बेलझुण्डी रंगशाला परिसरबाट शुरु हुने छ । विहानै शुरुहुने हुने फुल म्यारथनको रुट हेमन्तपुर, विजौरी, ग्वार खोला, पर्सेनी, तुलसीपुर, दोघरे, डाडाँचिस, बाघर पिपलको रुख नजिबाट घुमेर श्रीगाउँ सातनम्बर वडा कार्यालय अगाडी, कुमलगढी,गहतेखोला पुल, तुलसीपुर हुँदै मोतिपुर, विजौरी, हेमन्तपुरहुँदै बेलझुण्डी...
नेपालगन्ज ।आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा हालसम्म प्राप्त पदक तालिका टिमको नाम स्वर्ण रजत कास्य जम्मा पदक आर्मी ७५ ४६ ३९ १६० पुलिस ३२ २९ ३१ ९२ एपीएफ ३१ ३१ ३६ ९८ प्रदेश ३ १३ २० ४० ७३ सुदूरपश्चिम ७ ५ ...
कोहलपुर । आठौं राष्ट्रिय प्रतियोगिता अन्तर्गत जारी पुरुष क्रिकेट प्रतियोगिताको पुल चरणका सबै खेलहरु सम्पन्न भएका छन् । सुदूरपश्चिम प्रदेश र ३ विभागिय टोली प्रतियोगितामा सहभागी भएका थिए । बाँकेको कोहलपुर र भैरहवामा संचालन गरिएको प्रतियोगितामा एपीएफ र त्रिभुवन आर्मी क्लब पोल विजेता भएका छन् । कोहलपुर अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न लिग चरणको खेलमा त्रिभुवन आर्मी क्लव पोल विजेता भएको हो भने प्रदेश १ उपविजेता भएको छ । त्यसैगरी पोल...
नेपालगन्ज ।आठौँ राष्ट्रिय प्रतियोगिता अन्तर्गत राष्ट्रिय ह्यान्डबलको पुरुष र महिला दुवैमा सेमिफाइनल समिकरण पूरा भएको छ । पुरुषमा एपीएफको भेट अर्को विभागिय टोली आर्मीसंग हुनेछ भने प्रदेश ३ ले प्रदेश १ को सामना गर्नेछ । महिलाको सेमिफाइनल प्रदेश १ र आर्मी तथा एपीएफ र प्रदेश ३ बीच हुनेछ । पुरुषको समूह चरणको खेलमा एपीएफले प्रदेश २ लाई ३३–९, प्रदेश ३ ले प्रदेश १ लाई २३–२०, गण्डकीले प्रदेश ५ लाई ४२–१२...
नेपालगन्ज । आठौं राष्ट्रिय खेलकुद प्रतियोगीता अन्र्तगत आइटिएफ तेक्वान्दोमा सवैभन्दा धेरै स्वर्ण आर्मीले जितेको छ । नेपालगन्जको महेन्द्र वहुमुखी क्याम्पसमा जारी प्रतियोगिता अन्र्तगत आइतबारसम्म भएका खेलमा आर्मीले ७ स्वर्णका साथ अग्रता कायम गरेको हो । त्यस्तै, एपिएफले ४ र प्रदेश ३ ले ३ स्वर्ण प्राप्त गरेको छ । यसैविच, आइतबार भएको खेलमा ५१ देखी ५५ किलो तौल समुहमा प्रदेश ३ का अनिल तामाङ विजयी भएका छन् । त्यस्तै, महिलातर्फ ४०...
नेपालगन्ज ।आठौं राष्ट्रिय खेलकुद अन्तर्गत नवौं राष्ट्रिय आर्चरी प्रतियोगिताको ७० मिटर व्यक्तिगत रिकर्भको पुरुषमा कास्कीका आर्चरी क्लबका अशिम शेरचन र महिलामा आर्मीकी ज्ञानु अवालेले स्वर्ण जितेका छन् ।नेपालगन्जस्थित क्षेत्रीय प्रहरी तालिम केन्द्रमा भएको पुरुष फाइनलमा अशिमले आफ्नै क्लबका मुकेश तामाङलाई ७–३ ले पराजित गरे । आर्मीका रोशन नगरकोटी तेश्रो भए । महिलाको उपाधि भिडन्तमा ज्ञानुले आर्मीकै मित्रा राईलाई ७–१ ले हराउदै च्याम्पियन बनिन् । कास्कीकी केशरी आले मगर तेश्रो भइन्। पुरुष...
नेपालगञ्ज । आर्मीको बर्चश्व आइतबार सम्म पनि कायमै रहेको छ।आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको पदक तालिकामा त्रिभुवन आर्मी क्लब शिर्ष स्थानमा कायमै रहेको छ । १३९ स्वर्ण, १३८ रजत र २२५ कास्य पदकको छिनोफानो हुँदा त्रिभुवन आर्मीको बर्चश्व कायमै छ । आर्मी ५५ स्वर्ण, ३९ रजत र ३५ कास्य पदकसहित अंक तालिकामा पहिलो स्थानमा छ । सशस्त्र प्रहरीको एपिएफ क्लब २५ स्वर्ण, २२ रजत र ३१ कास्य पदक प्राप्त गरी दोश्रोमा...
कोहलपुर । आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत कोहलपुरमा जारी पुरुष क्रिकेट प्रतियोगिताको चौथौं दिन आइतबार त्रिभुवन आर्मी क्लवका सहाव आलमले नयाँ रेकर्ड कायम गरेका छन् । प्रदेश ३ का विरुद्ध मैदानमा उत्रिएको त्रिभुवन आर्मी क्लवका बलर आलमले ४ ओभरमा २ रन खर्चिदै ६ विकेट लिए । यो प्रतियोगिता अन्तर्गत हालसम्मकै उत्कृष्ट वलिङ हो । आइतबार सम्पन्न पहिलो खेलमा टस हारेर मैदानमा उत्रिएको प्रदेश ३ निर्धारित ओभर अगावै अलआउट भयो ।...
नेपालगन्ज । आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत आइतवार विहान भएको महिला हेन्डबल खेलमा प्रदेश १ र प्रदेश ३ विजयी भएका छन् । नेपालगन्जस्थित जिल्ला प्रशासन कार्यालय परिसरमा भएको दोस्रो खेलमा प्रदेश १ ले प्रदेश ७ लाई ४–२४ गोल अन्तरले पराजित ग¥यो । त्यस्तै आइतवार विहान भएको पहिलो खेलमा प्रदेश ३ ले रोमाञ्चक जित निकाल्यो । निकै प्रतिस्र्पधात्मक खेलमा प्रदेश ३ ले प्रदेश पाँचलाई ६–७ को झिनो गोल अन्तरले पन्छायो । ...
नेपालगन्ज ।आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत नेपालगन्जमा आइतवार भएको पौडी प्रतियोगितामा त्रिभुवन आर्मी क्लव तीन स्वर्ण जितेको छ । चार स्पर्धाको प्रतिस्पर्धामा एनआरएनले एक स्वर्ण हात पारेका छ । महिला ८ सय मिटर फ्रिस्टाइल स्पर्धामा त्रिभुवन आर्मीका उपास्ती महर्जनलाई पराजित गरि त्रिभुवन आर्मीकै गौरिका सिंहले स्वर्ण पदक हात पारे । उक्त विधामा नेपाल पुलिस क्वलका सामिरा शोभा थापाले कास्यमा चित्त बुझाइन् । त्यसैगरि, पुरुष ८ सय मिटर फ्रिस्टाइल पौडी प्रतियोगितामा एनआरएनका...