आम निर्वाचन २०७४मा रहेका समाचारहरु

राष्ट्रिय सभा निर्वाचनमा प्रदेश ५ मा ३ सय ५ जनाले मतदान गर्दैै

दाङ्ग, माघ २३ । भोलि हुने राष्ट्रिय सभा निर्वाचनका लागि ५ नम्बर प्रदेशबाट ३ सय ५ जनाले मतदान गर्दैछन् । घोराहीको कर्मचारी मिलन केन्द्रमा विहान १० बजेदेखि दिउँसो ३ बजेसम्म हुने निर्वाचनमा ५ जना चुन्न प्रदेश सभाका ८७ जना सांसद् र स्थानीय तहका २ सय १८ जना प्रमुख उपप्रमुखले मतदान गर्ने मुख्य निर्वाचन अधिकृत हेमन्त रावलले बताउनुभयो । त्यसका लागि तयारी पूरा भएको रावलले जानकारी दिनुभयो । यो चुनावमा प्रदेशसभा...

राष्ट्रियसभाका लागि उम्मेदवारी मनोनयन शुरु

काठमाडौं १० माघ । आगामी २४ माघमा हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि उम्मेदवारी मनोनयन शुरु भएको छ । निर्वाचन आयोगले यसअघि सार्वजनिक गरेको निर्वाचन कार्यतालिका अनुसार बुधवार बिहान १० बजेदेखि मनोनयन शुरु भएको हो । सातवटै प्रदेशको उच्च अदालत रहेका मोरङ, धनुषा, ललितपुर, कास्की, दाङ, सुर्खेत र डोटी जिल्लाको सदरमुकाममा रहेका निर्वाचन अधिकृतका कार्यालयमा बिहान १० देखि दिउँसो ४ बजेसम्म उम्मेदवारी दर्ता शुरु भएको आयोगका प्रवक्ता नबराज ढकालले जानकारी दिए...

प्रदेशसभा सदस्यको सपथ आज : कुन प्रदेशको सपथग्रहण कहाँ ?

नेपालगन्ज,  ७ माघ । गत मंसिर १० र २१ गते गरी दुई चरणमा सम्पन्न निर्वाचनबाट निर्वाचित ७ वटै प्रदेशका प्रदेशसभा सदस्यको सपथ ग्रहण आइतबार (आज) हुँदैछ ।  सरकारले तोकेको अस्थायी प्रदेश मुकाममा प्रदेशसभा सदस्यहरुको सपथ ग्रहण हुन लागेको हो । उनीहरुलाई सम्बन्धित प्रदेश प्रमुखले सपथ ग्रहण गराउने कार्यक्रम रहेको छ । प्रदेश नं १ का प्रदेशसभा सदस्यको सपथग्रहण प्रादेशिक अस्थायी राजधानी विराटनगरमा हुँदैछ । वीरेन्द्र सभागृहमा बिहान १० बजेदेखि सपथ ग्रहण...

नेपाली काँग्रेससँग तालमेल गर्नु नै पराजयको कारण: राप्रपा

काठमाडौँ, २० पुस : राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्य समितिको बैठकमा बोल्ने अधिकांश नेताले निर्वाचनमा नेपाली काँग्रेससँग तालमेल गर्नु नै पार्टी पराजय हुनुको मुख्य कारण भएकोमा जोड दिएका छन् । पार्टी प्रवक्ता भुवन पाठकका अनुसार बैठकमा बोल्नुभएका नेताले प्रतिनिधिसभा चुनावमा देशका १६५ स्थानमध्ये पाँच स्थानमा मात्र उम्मेदवारी दिएकाले पार्टीले न्यूनतम मतसीमा प्राप्त गर्न नसकेको विचार व्यक्त गर्नुभएको छ । बुधबारदेखि जारी बैठकमा अहिलेसम्म ५८ नेताले धारणा राखेको र केही नेताले बोल्न...

समानुपातिक सूची सच्याउन ६ पार्टीलाई पत्राचार

काठमाडौं, १८ पुस । निर्वाचन आयोगले प्रदेशसभातर्फ समानुपातिक उम्मेदवारको सूची सच्याउन ६ राजनीतिक दलहरुलाई पत्राचार गरेको छ । नेपाली कांग्रेस, राजपा, संघीय समाजवादी फोरम नेपाल, राप्रपा, राष्ट्रिय जनमोर्चा र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चलाई मंगलबार पत्राचार गरिएको हो । आयोगका अनुसार अन्य दलहरुको सूचीमा भने समस्या छैन । आयोग प्रवक्ता दिनेश घिमिरेका अनुसार २० गतेभित्र दलहरुले सच्याएर सूची बुझाइसक्नुपर्ने छ । ‘क्रमभंग भएको, समावेसी नभएको, महिला हुनुपर्नेमा पुरुष भएको लगायतका समस्या देखिएकाले संशोधित सूची...

बधाई थापिसकेर समानुपातिकबाट चिप्लिएपछि!

ईश्वरी घर्तीमगर/रोल्पा: चुनाव सकिएपछि धेरै साथीहरूले मलाई काठमाडौँ जान दबाब दिइरहेका थिए । ‘नेताहरूलाई भनसुन गर् चलखेल थुप्रै हुन्छ रे’ भन्दै । त्यसलाई थेग्न नसकी मैले सदरमुकाम छोडे पुस ४ गते । साथीहरूलाई काठमाडौँ हिँडे भनेर लिबाङ छोडेकी म काठमाडौँ होइन सिधै गाउँतिर हान्निएँ । फुर्सदिलो समयमा गाउँमा गएर भेटघाट गर्ने उद्धेश्यका साथ । गाउँमै रहेका बेला यही पुस ७ गते बेलुकी ९ बजेर ४० मिनेटमा मेरो मोबाइलको घन्टी बज्यो,...

समानुपातिकले मच्चिएको भाँडभैलो

 पुस १६,नवीन झा/काठमाडौं : राष्ट्रिय मान्यताप्राप्त पाँचवटै पार्टीभित्र समानुपातिकतर्फका प्रदेश सांसद छनोटसँगै भाँडभैलो मच्चिएको छ । विशेष आरक्षणका रूपमा राज्यका नीति-निर्माण तहमा उत्पीडित जाति, वर्ग, क्षेत्र र लिंगका व्यक्तिको प्रतिनिधित्वको व्यवस्था गर्न समानुपातिक निर्वाचन प्रणाली अवलम्बन गरिए पनि दलहरूले आफ्नै ‘घेरा’ भित्रबाट मात्रै सांसद छानेपछि किचलो बढेको हो । निर्वाचन आयोगले दिएको समयसीमाभित्र दलहरूले शुक्रबार प्रदेशसभातर्फका सांसदको नामावली आयोगमा बुझाएका थिए । आयोगले नै बन्दसूचीको क्रमांकलाई तलमाथि नगरी नाम छनोट...

समानुपातिक सूचि पठाउदा संस्थापनले एकलौटि गरेको भन्दै पौडेल समुह रुष्ठ

पुस १५,काठमाडौं। नेपाली काँग्रेसले प्रदेश सभाको लागि समानुपातिक तर्फबाट सांसद बनाउने नाम निर्वाचन आयोगलाई पठाएको छ। निर्वाचन आयोगमा दिउँसो नै पार्टीको तर्फबाट पत्र दर्ता भएको थियो। नाम भने राती मात्र पार्टीले बुझाउन सकेको हो।  L नेपाली काँग्रेसको कार्यसम्पादन समितिको विहानैदेखि रातीसम्म भएको वैठकले नामहरुको टुङगो लगाएको हो। प्रदेश १ देखि ७ सम्मबाट काँग्रेसले ७२ जनाको नाम निर्वाचन आयोगलाई पठाएको हो। जसअनुसार प्रदेश नम्वर १ बाट १३ जना, २ बाट ११ जना, ३ बाट १४ जना, ४...

काँग्रेसले प्रदेश सभा समानुपातिक तर्फको सूची बूझायो (नामसहित)

काठमाडौं, १४ पुस । नेपाली कांग्रेसले समानुपातिक प्रदेशसभा सांसदको बन्नेको नाम टुंगो लगाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले समानुपातिकतर्फ ७२ सिटका लागि सबै प्रदेशबाट सांसद बन्नेको सूची तयार गरेको हो । कांग्रेसले तयार पारेकासूची निर्वाचन आयोगलाई बुझाएको कांग्रेस स्रोतले जानकारी दिए । प्रदेश १ १३ प्रतापप्रकाश हाङमाङ विद्यानन्द चौधरी चन्द्रप्रसाद श्रेष्ठ लीला सुब्बा ज्योति सुब्बा शरदचन्द्र थापा लोकप्रसाद संग्रौला सीतादेवी पौडेल विन्दिया कार्की नवोदिताकुमारी चौधरी टेकचन्द्र विश्वास ओम सरावगी अनिताकुमारी साबू प्रदेश नम्बर २ ११ शिवचन्द्र चौधरी (धनुषा) ओमप्रकाश शर्मा (पर्सा) सरस्वती चौधरी (धनुषा) गीताकुमारी यादव...

प्रदेश सभा समानुपातिकमा एमालेले टुङ्गो लगायो

पुस १४,काठमाडौँ ।एमालेले प्रदेशसभामा समानुपातिकतर्फका आफ्ना सांसदको नाम तय गरेको छ । निर्वाचन आयोगमा यसअघि नै पठाइएको सबै समूहको सूचीक्रमअनुसारै नाम चयन गरिएको पार्टीले जनाएको छ । एमालेले सबै प्रदेशमा गरी समानुपातिकबाट ७५ सांसद पाएकोमा ४ मात्रै पुरुष परेका छन् । ३३ प्रतिशत महिला पुर्‍याउनुपर्ने बाध्यताका कारण ७५ मध्ये ७१ महिला पठाउनुपरेको हो । प्रदेश २ र ४ मा मात्र २/२ जना पुरुष परेका छन् ।  नयाँ सरकार गठनमा अवरोध खडा गरेको र समानुपातिक...