राष्ट्रियसभाको निर्वाचन परिणाम राष्ट्रपतिलाई बुझाइयो
प्रकाशित मिति : २०७४, २८ माघ आईतवार १३:४७
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
काठमाडौं, २८ माघ । निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनको परिणाम राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएको छ । निर्वाचन आयोगका पदाधिकारीहरुले आइतबार बिहान ११ बजे राष्ट्रपति भवन शितल निवासमा पुगेर राष्ट्रपति भण्डारीलाई राष्ट्रियसभा निर्वाचनको परिणाम बुझाएका हुन् ।
Advertisement
संवैधानिक व्यवस्थाअनुसार राष्ट्रियसभा निर्वाचनको परिणाम राष्ट्रपतिलाई बुझाइएको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए । बुधबार ५६ सदस्यका लागि भएको राष्ट्रियसभा निर्वाचनको परिणाम बिहीबार सार्वजनिक गरिएको थियो । सो विवरण आयोगले ७ दिनभित्र राष्ट्रपति समक्ष पेश गर्ने संवैधानिक व्यवस्था छ ।
[ad id=”56367″]
राष्ट्रियसभा निर्वाचनमा एमाले २६ सिटमा विजयी भएर पहिलो दल बन्न सफल भएको थियो । त्यसैगरी नेपाली कांग्रेस १३, नेकपा माओवादी केन्द्र १२, राष्ट्रिय जनता पार्टी, नेपाल २ र संघीय समाजवादी फोरम, नेपाल २ स्थानमा विजयी भएका छन् । ५९ सदस्यीय राष्ट्रियसभालाई पूर्णता दिन राष्ट्रपतिले सरकारको सिफारिसमा ३ सदस्य मनोनित गर्ने संवैधानिक व्यवस्था छ । निर्वाचन आयोगले ढिलोमा फागुन ५ गतेभित्र प्रतिनिधिसभाको सम्पूर्ण निर्वाचन परिणाम पनि राष्ट्रपतिसमक्ष पेश गर्ने तयारी गरेको छ । निर्वाचनको सम्पूर्ण परिणाम बुझाएपछि नयाँ सरकार गठनका लागि बाटो खुला हुनेछ ।
यी हुन् निर्वाचित सदस्य