आम निर्वाचन २०७४मा रहेका समाचारहरु
नेपालगन्ज १४ मंसिर । बाँकेको क्षेत्र नम्बर १ मा वाम गठबन्धनलाई ठुलो झड्का लागेको छ । माओबादी केन्द्रका प्रभावशाली नेताहरु नेपाली काँग्रेसमा प्रवेश गरेपछि उक्त गठबन्धनलाई झड्का लागेको हो । माओबादी केन्द्रका जिल्ला सदस्यहरु नगेन्द्र शर्मा, प्रेमबहादुर थारु(अमृत) माओबादीका पुर्व जनमुक्ति सेना हरिराम थारु लगायत सयौं व्यक्ति नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । नेपाली काँग्रेसमा प्रवेश गरेका अधिकांस व्यक्ति माओबादीले आफ्नो आधार क्षेत्र मान्ने राप्तीसोनारी गाउँपालिका–५ बिनौना निवासी हुन् । त्यसक्षेत्रमा...
काठमाडौं, मंसिर १४ – पहिलो चरणमा आइतबार मतदान भएका सबै मतपेटिका जिल्ला सदरमुकामा ल्याइएको छ । डोल्पाको शे–फोक्सुन्डो र थार्का ताङसोङ्कामा मतदान स्थलका मतपेटिका बुधबार हेलिकोप्टरबाट सदरमुकाम ल्याइएपछि पहिलो चरणमा चुनाव भएका ठाउँका मतपेटिका सम्बन्धित जिल्ला सदरमुकाममा संकलन भएको निर्वाचन आयोगले जनाएको छ । ३२ जिल्लाका २ हजार ९ सय १७ मतदान स्थलका मतपेटिका सम्बन्धित जिल्लाका सदरमुकाममा संकलन गरिएको हो । सुगम र सडकको पहुँच पुगेका स्थानका मतपेटिका आइतबार राती र...
नेपालगञ्ज, मंसिर १४ । प्रचारप्रसारका लागि उम्मेदवारहरुलाई अब ४ दिनको मात्र समय रहँदा बाँकेमा उम्मेदवारहरुलाई प्रचारप्रसारको चटारो छ । मतदाताहरुलाई आफ्नो पक्षमा तान्न उम्मेदवारहरुले अन्तिम कसरत थालेका छन् । मतदाता रिझाउन लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरु पनि जोडतोडले लागि परेका छन् । लोकतान्त्रिक गठबन्धनका प्रतिनिधिसभा क्षेत्र नम्बर १ का उम्मेदवार माधवराम खत्री र प्रदेश सभा १ ख का उम्मेदवार नारायण गौडेलले आज (विहीबार) कोहलपुर नगरपालिका वडा नम्बर ११ का बसपार्क र दशविघा क्षेत्रमा...
नेपालगञ्ज, १४ मंसिर । मंसिर २१ गते हुने दोस्रो चरणको निर्वाचनका लागि प्रचारप्रसार गर्न ४ दिन मात्र बाँकि रहँदा लोकतान्त्रिक गठबन्धनले आज(विहीबार) नेपालगञ्जमा बृहत् प्रचारात्मक र्यालीको आयोजना गरेको छ । कांग्रेस र राप्रपा सम्मिलित लोकतान्त्रिक गठबन्धनले केहीबेरमै राप्रपाको पार्टी कार्यालय अघिबाट बृहत् प्रचारात्मक र्याली निकाल्ने तयारी गरेको राप्रपाका नेता ऋषि देवकोटाले बताउनुभयो । र्याली त्रिभुवन चोक, धम्बोझी चोक, विपी चोक हुँदै पुनः त्रिभुवन चोकमा पुगेर कोणसभामा परिणत हुने उहाँले जानकारी दिनुभयो । र्यालीमा...
नेपालगन्ज १३ मंसिर । नेपालगन्ज उपमहानगरपालिकाका मेयर र उपमेयरले एउटै मञ्चबाट लोकतान्त्रिक गठबन्धनलाई जिताउन अपिल गरेका छन् । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ८ मा बुधबार लोकतान्त्रिक गठबन्धनको सम्पर्क कार्यालय उद्घाटन समारोहलाई सम्बोधन गर्दै उपमहानगरपालिकाका मेयर डा. धवलसम्शेर राणा र उपमेयर उमा थापामगरले नेपालगन्जको समग्र विकासका लागी गठबन्धनमा रहेका नेपाली काँग्रेस र राप्रपाका उम्मेदवारलाई जिताउन अपिल गरेका हुन् । राप्रपाका महामन्त्री समेत रहेका डा. राणाले लोकतान्त्रिक गठबन्धन कसैप्रति लक्षित गरेर नबनाइएको स्पष्ट...
नेपालगन्ज, १३ मंसिर । ओलम्पियन सुरेन्द्र हमाल, जसले खेलकुद, राजनीति र समाजसेवाका माध्यममार्फत आफुलाई स्थापित गराए । खेलकुद, राजनीति र समाजसेवामा समर्पित रहेका हमाल यतिखेर प्रदेश सभा निर्वाचनको दौडमा छन् । बाँके प्रदेश सभा—२ ख मा लोकतान्त्रिक गठबन्धनबाट उनी काँग्रेसका उम्मेदवार हुन् । परिवारका ६ दाजुभाई मध्ये राईलो छोरा हुन्, सुरेन्द्र । नेपालगन्जको घरबारीटोलमा २०१९ सालमा जन्मिएका उनी नेपाली काँग्रेसका सभापति स्वर्गिय रणेन्द्र हमाल(भाईराजा) का राईलो भाई हुन् । उनी १३...
नेपालगञ्ज, १३ मंसिर । मंसिर २१ गते हुने दोस्रो चरणको निर्वाचन आउन ८ दिन बाँकि रहँदा बाँकेमा उम्मेदवारहरुलाई प्रचारप्रसारको चटारो छ । मतदाताहरुलाई आफ्नो पक्षमा तान्न उम्मेदवारहरुले अन्तिम कसरत थालेका छन् । मतदाता रिझाउन लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरुले पनि घरदैलोलाई प्राथमिकता दिएर प्रचारप्रसारलाई निकै आक्रामक बनाएका छन् । लोकतान्त्रिक गठबन्धनका प्रतिनिधिसभा क्षेत्र नम्बर १ का उम्मेदवार माधवराम खत्री र प्रदेश सभा १ ख का उम्मेदवार नारायण गौडेलले आज दिनभर (बुधबार) कोहलपुर नगरपालिका...
स्याङजा, मंसिर १३ –प्रधानमन्त्री तथा नेपाली कांगेस्रका सभापति शेरबहादुर देउवाले सर्वसत्तावाद ल्याउनका लागि नेपालका कम्युनिष्टहरु लागि परेको आरोप लगाउनु भएको छ । स्याङ्जा सदरमुकाम पुतलीबजारमा आयोजित नेपाली कांग्रेसको चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले कम्युनिष्टहरुले जितेमा नेपालमा चुनावै हुन छाड्ने बताउनुभएको छ । प्रधानमन्त्री देउवाले अहिलेको चुनाव प्रजातन्त्र विरोधी र लोकतन्त्र पक्षधरबीचको लडार्इँ भएको बताउनुभयो । स्याङजामा नै रहेको नेपालको ठूलो कालिगण्डकी ‘ए’ जलविद्युत परियोजनाको शिलान्यास आफू पहिलो पटक प्रधानमन्त्री भएको...
मंसिर–१३ नेपालगन्ज । नेपाली काँग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनका तर्फबाट बाँके क्षेत्र नम्वर ३ ख का प्रदेशसभा उम्मेदवार लक्ष्मीनारायण शाहले आफु निर्वाचित भए त्यसबाट पाउने सरकारी तलव भत्ता नलिने घोषणा गर्नुभएको छ । संवाददाताहरुसँग कुराकानी गर्दै शाहले उक्त तलव भत्ता आप्mनो निर्वाचन क्षेत्रको विकास निर्माणमा खर्चिने घोषणा गर्नुभएको हो । उहाँले भन्नुभयो–‘म पैंसा कमाउनका लागि उम्मेदवार बनेको होइन्, आप्mनो क्षेत्रको विकास र सम्बृद्धिका लागि उम्मेदवार बनेको हुँ ।’ उक्त निर्वाचन क्षेत्रबाट २०६४ सालमा...
चितवन, १३ मंसिर । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तमसुक गरेर सरकार चलाउनुपर्ने बाध्यताबाट नेपाली जनतालाई मुक्त गर्न वाम गठबन्धन गरिएको बताउनुभएको छ । भरतपुर महानगरपालिका– २४ को नयाँ बस्तीमा आज आयोजित चुनावीसभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले देश अराजकताको भुमरीबाट उठाउन र नौ नौ महिनामा सरकार फेरिरहनुपर्ने बाध्यताको अन्त्यका लागि पनि कम्युनिष्ट केन्द्र निर्माणको संकल्पका साथ गठबन्धनको गरिएको जिकिर गर्नुभयो । उहाँले भन्नुभयो, “वाम गठबन्धनबाट एमाले र माओवादीका नेता,...