प्रचारप्रसार गर्न ४ दिन मात्र बाँकि रहँदा उम्मेदवाहरु अन्तिम कसरतमा
प्रकाशित मिति : २०७४, १४ मंसिर बिहीबार १२:०९
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगञ्ज, मंसिर १४ ।
Advertisement
प्रचारप्रसारका लागि उम्मेदवारहरुलाई अब ४ दिनको मात्र समय रहँदा बाँकेमा उम्मेदवारहरुलाई प्रचारप्रसारको चटारो छ । मतदाताहरुलाई आफ्नो पक्षमा तान्न उम्मेदवारहरुले अन्तिम कसरत थालेका छन् । मतदाता रिझाउन लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरु पनि जोडतोडले लागि परेका छन् ।
लोकतान्त्रिक गठबन्धनका प्रतिनिधिसभा क्षेत्र नम्बर १ का उम्मेदवार माधवराम खत्री र प्रदेश सभा १ ख का उम्मेदवार नारायण गौडेलले आज (विहीबार) कोहलपुर नगरपालिका वडा नम्बर ११ का बसपार्क र दशविघा क्षेत्रमा घरदैलो गरिरहेको प्रचारप्रसार सचिवालय संयोजक भूम भण्डारीले जानकारी दिनुभयो । प्रदेशसभा १ क का उम्मेदवार शरदचन्द्र बर्माले फत्तेपुरको खल्लाझगडिया र नन्कउपुरमा घरदैलो गरिरहेको बताउनुभयो ।
प्रतिनिधिसभा क्षेत्र नम्बर २ का उम्मेदवार ओमप्रकाश आजाद, प्रदेश सभा २ क का उम्मेदवार निरन्जनसिंह सिंजापति र प्रदेशसभा २ ख का उम्मेदवार सुरेन्द्र हमालको अगुवाईमा आज नेपालगञ्जमा बृहत् प्रचारात्मक र्याली निकालिएको छ । र्यालीपछि त्रिभुवनचोकमा पुगेर कोणसभा गरिने राप्रपाका नेता ऋषि देवकोटाले बताउनुभयो ।
प्रतिनिधिसभा क्षेत्र नम्बर ३ का उम्मेदवार बादशाह कुर्मी र प्रदेशसभा ३ क का उम्मेदवार चन्तराम थारुले बैजानाथ गाउँपालिका वडा नम्बर २ नौवस्तामा कोणसभा र अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्ने कार्यक्रम रहेको प्रचारप्रसार संयोजक प्रकाश शाहीले बताउनुभयो । प्रदेशसभा ३ ख का उम्मेदवार लक्ष्मीनारायण शाहले आज (विहीबार) खजुरा बजारमा घरदैलो गरिरहेको प्रचारप्रसार सचिवालय संयोजक रमेश सिंजालीले बताउनुभयो ।