आम निर्वाचन २०७४मा रहेका समाचारहरु
नेपालगञ्ज मंसीर १७ : नेपाली कांग्रेसका तर्फबाट समानुपातिक उम्मेदवार मञ्जु खाँडमाथि लक्षित गरेर बम विस्फोट गराइएको छ । धनगढीबाट सिराहा तर्फ जाँदै गरेको बा७ च १९५८ न को गाडीमा सवार खाँडलाई लक्षित गरेर कपीलवस्तुको चन्द्रोटा निजीकै विस्फोट गराइएको हो । विस्फोट विप्लव समूहले गराएको हुन सक्ने आशंका गरिएको छ । हिजो राती ९.३० को समयमा ठुलो आवाजसहितको विस्फोटले गुडीरहेको गाडीको अगाडीको सिसा फुटेर उम्मेदवार खाँडलाई चोट लागेको छ । ...
धनगढी, १७ मंसिर । सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले निर्वाचनपछि देश समृद्धिको बाटोमा जाने बताउनुभएको छ । छब्बिऔँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसका अवसरमा यहाँ आज आयोजित कार्यक्रममा नेपाली काँग्रेसका नेतासमेत रहेका बस्नेतले निर्वाचनले लोकतन्त्रलाई संस्थागत गर्ने भएकाले विवेक पु¥याएर मतदान गर्न सबैलाई आग्रह गर्नुभयो । नेपालमा भएका लोकतान्त्रिक आन्दोलनमा आपाङ्ग भएका व्यक्तिको पनि ठूलो योगदान रहेको उल्लेख गर्दै उहाँले सरकार अपाङ्गको हितका लागि कटिबद्ध रहेको दृढता व्यक्त गर्नुभयो । कार्यक्रममा अपाङ्गता भएका व्यक्तिको...
सुर्खेत, १७ मंसिर : छ महिना अघि स्थानीय निकायको निर्वाचनमा सुर्खेतकी दृष्टिविहीन भीमा आचार्यलाई भोट हालेकोजस्तो अनुभूति नै भएन । सहयोगीको रुपमा भतिजीलाई सँगै लिएर भोट हाल्न जानुभएकी उहाँले भन्नुभयो, “भतिजीले कसलाई भोट हालिन थाहै भएन” आफ्नो मतको गोपनीयता हँुदैन की भन्ने चिन्ता छ वीरेन्द्रनगरकी मेनका आचार्यलाई पनि । “हामी जस्तालाई विद्युतीय विधिबाट मतदान गर्ने व्यवस्था भइदिएमा हाम्रा मतको गोपनीयता हुने थियो” उहाँले भन्नुभयो, “तर, राज्यले हाम्रा बारेमा कुनै पहल नै...
रौतहट, मंसिर १७। संघीय समाजवादी फोरम नेपालका कार्यकर्ता चढेको जिप रौतहटको बौधिमाइ नगरपालिका ८ भकुवा खोलामा खस्दा चालकको मृत्यु भएको छ । दुर्घटनामा अन्य ६ जना घाइते भएका छन् । बीआर ०१ पिभी ३९३३ भारतीय नम्बर प्लेटको जिप गएराति खोलामा खस्दा चालक भारतको बिहार मोतिहारीका ४० वर्षीय गोपालराय यादवको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक राम कुमार दानीले बताए । रौतहट क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यका संघीय समाजवादी...
नेपालगन्ज, मङ्सिर : करिब साढे दुई दशकदेखि पार्टी राजनीतिमा सक्रिय निरञ्जन सिंह सिजापति पहिलो पटक सदनमा उक्लेर आमजनताको सेवा गर्ने सोंचमा छन् । नेपाल विद्यार्थी संघ हुँदै नेपाली कांग्रेसमा लामो समय योगदान पु¥याएका सिजापति बाँके क्षेत्र नं. २ ‘क’ को प्रदेश सभा सदस्यको उम्मेदवार बनेका छन् । ढाई दशक पार्टीको संगठन निर्माणमा सिजापतिले पु¥याएको योगदानको कदर गर्दै नेपाली कांग्रेसले सिजापतिलाई नीति निर्माण तहमा पु¥याउन अहिले अवसर प्रदान गरेको छ...
रुकुम पश्चिमका दुई मतदान केन्द्रमा आज पुनः मतदान हुँदैछ। मतपेटिकामा एसिड हालेर मतपत्र जलाएपछि निर्वाचन आयोगले गत १० गते एको केन्द्रको मतदान स्थगित गरेको थियो। मतदान स्थगित भएका बाँफीकोट गाउँपालिका र आठबिसकोट नगरपालिकाका एकएक मतदान केन्द्रमा पुनः मतदान भइरहेको हो। बाँफीकोट गाउँपालिका– ५, को रत्न आधारभूत विद्यालय काँडाको (क) मतदान केन्द्रमा प्रतिनिधिसभा सदस्यको निर्वाचन हुनेछ भने आठबिसकोट नगरपालिका–११ को नेपाल राष्ट्रिय मावि गतसैनाको (ख) मतदान केन्द्रमा समानुपातिकतर्फको मात्रै मतदान हुनेछ। दुवै मतदान केन्द्रमा...
जनकपुर, मंसिर १५ – नेपाली कांग्रेसका नेता तथा धनुषा क्षेत्र नम्बर –३ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार विमलेन्द्र निधिले आफ्नो निर्वाचन क्षेत्रमा प्रतिस्पर्धी कोहि नभएको बताउनुभएको छ । उहाँकै निवासमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा निधिले यस्तो बताउनुभएको हो । राजपा उम्मेदवार तथा निधिका प्रतिस्पर्धि राजेन्द्र महतोलाई इंकित गर्दै निधिले बाहिरको मान्छेलाई धनुषाका नागरिकले स्विकार नगर्ने बताउनुभयो । विगतमा यस क्षेत्रको लागि आफूले गरेको कामको मूल्यांकनले जनता आफ्नो पक्षमा रहेकाले आफू अत्याधिक मतले...
नेपालगञ्ज, मंसिर १५ । प्रचारप्रसारका लागि उम्मेदवारहरुलाई अब ३ दिनको मात्र समय रहँदा बाँकेमा पनि प्रचारप्रसारको हतारो छ । मतदाताहरुलाई आफ्नो पक्षमा तान्न उम्मेदवारहरुले अन्तिम कसरत थालेका छन् । मतदाता रिझाउन लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरु पनि जोडतोडले लागि परेका छन् । लोकतान्त्रिक गठबन्धनका प्रतिनिधिसभा क्षेत्र नम्बर १ का उम्मेदवार माधवराम खत्री र प्रदेश सभा १ ख का उम्मेदवार नारायण गौडेलले आज (शुक्रबार) कोहलपुर नगरपालिका वडा नम्बर ८ पिपरी क्षेत्रमा घरदैलो गरिरहेको प्रचारप्रसार...
नेपालगन्ज १४ मंसिर । बाँकेको समग्र विकास र समृद्धिका लागी लोकतान्त्रिक गठबन्धनलाई जिताउन अपिल गरिएको छ । नेपालगन्जमा बिहीबार लोकतान्त्रिक गठबन्धनले गरेको बृहत रोड–शो पश्चात त्रिभुवन चोकमा आयोजित कोण सभालाई सम्बोधन गर्ने बक्ताले यस्तो अपिल गरेका हुन् । समालाई सम्बोधन गर्दैै नेपालगन्ज उद्योग वाणिज्य संघका पुर्व महासचिव विष्णु लामिछानेले लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई जिताउन यहाँका उद्योगी, व्यवसायीको महत्वपूर्ण भूमिका हुने बताए । ‘नेपालगन्जका अधिकांस उद्योगी, व्यवसायीहरु लोकतन्त्रमा विश्वास गर्नुहुन्छ, त्यसकारण उहाँहरुले यो...
नेपालगञ्ज, मंसिर १४ । प्रचारप्रसारका लागि उम्मेदवारहरुलाई अब ४ दिनको मात्र समय रहँदा बाँकेमा प्रचारप्रसारको चटारो छ । मतदाताहरुलाई आफ्नो पक्षमा तान्न उम्मेदवारहरुले अन्तिम कसरत थालेका छन् । मतदाता रिझाउन लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरु पनि जोडतोडले लागि परेका छन् । लोकतान्त्रिक गठबन्धनका प्रतिनिधिसभा क्षेत्र नम्बर १ का उम्मेदवार माधवराम खत्री र प्रदेश सभा १ ख का उम्मेदवार नारायण गौडेलले आज (विहीबार) कोहलपुर नगरपालिका वडा नम्बर ११ का बसपार्क र दशविघा क्षेत्रमा घरदैलो...