आम निर्वाचन २०७४मा रहेका समाचारहरु

बाँकी निर्वाचन सम्पन्न गर्न आयोगद्वारा ऐनको माग

नेपालगन्ज । निर्वाचन आयोगले आगामी माघ ७ गतेभित्र प्रदेश, प्रतिनिधिसभा र राष्ट्रियसभाको निर्वाचन सम्पन्न गर्न यही असार मसान्तभित्र आवश्यक ऐन, कानुन तर्जुमा गर्न सरकारसँग माग गरेको छ । संविधान कार्यान्वयनको महत्वपूर्ण खुड्किलाका रुपमा रहेको तीनैवटा निर्वाचन सो मितिभित्र सम्पन्न गर्न आयोगले कानुन खोजेको हो । यस अतिरिक्त निर्वाचनका लागि आवश्यक पर्ने आर्थिक र अन्य सहयोगको मागसहित उसले सरकारलाई चरणबद्ध कार्ययोजनासमेत बुझाएको छ । “मसहित आयोगका पदाधिकारीले शु्क्रबार प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट...

खोटाङ रुपाकोटमा एउटै चुनाव चिह्नमा लडेका चार पार्टीलाई हराउँदै एमाले विजयी

खोटाङ ।  रुपाकोट मझुवागढी नगरपालिका–८, दोर्पाचिउरी डाँडामा गठबन्धनका साथ एउटै चुनाव चिह्न लिएर चुनावी मैदानमा उत्रिएका नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) सङ्घीय समाजवादी पार्टी फोरम र नयाँ शक्ति पार्टी नेपाललाई नेकपा (एमाले) ले पराजित गरेको छ । तालमेल गरेर एउटै चुनाव चिह्न लिई चुनावी मैदानमा उत्रिएका चार पार्टीको संयुक्त समूहलाई एमालेका लीलाकुमार चौहानको एक्लो प्यानलले पराजित गरेको हो । मत परिणामअनुसार एमालेका उम्मेदवार चौहान रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरी डाँडाको वडाध्यक्षमा निर्वाचित...

नेपालगन्ज वडा नम्बर ७मा माओबादी केन्द्रको सबै प्यानल बिजयी

नेपालगन्ज:नेपालगन्ज उप महानगरपालिका  वडा नम्बर ७ मा माओबादी केन्द्र का जुम्मन खाँ अधक्षय पदमा बिजयी भएका  छन|ऊनि सगै उनको सबै प्यानल बिजयी भएको छ |बिजयी हुने सदस्यहरुमा रेखा बर्मा, कलीन राय,किशोर  बहादुर थापा र दलित महिला सदस्यमा आईती नेपाली रहेका छन|   ...

कैलालीको जोशीपुर गापामा काँग्रेस विजयी

धनगढी । कैलालीको जोशीपुर गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका रामकृष्ण चौधरी तीन हजार ४३२ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाल लोकतान्त्रिक फोरमका विरुप्रसाद चौधरीले दुई हजार ७४१ मत प्राप्त गर्नु भएको निर्वाचन अधिकृत जीवनाथ पोख्रेलले बताउनुभयो । यसैगरी, उपाध्यक्षमा कांग्रेसकै गीता कठरियाले तीन हजार ५६८ मत प्राप्त गरी विजयी हुनु भएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाल लोकतान्त्रिक फोरमका किरण चौधरीले तीन हजार ४८९ मत प्राप्त गर्नुभएको...

बाँकेमा स्थानिय निर्वाचनमा मिश्रित मत परिणाम आउने

कमला हमाल, नेपालगन्ज । कोहलपुर नगरपालिका कोहलपुर नगरपालिकामा नेपाली कांग्रेसको अग्रता कायमै रहेको छ । ३ वटा वडाको मतगणना सम्पन्न हुदा सम्म नेपाली कांग्रेसका भानुभक्त भट्राइले २ हजार १ सय मत प्राप्त गर्नुभएको छ भने उपमेयर सन्जु कुमारी थारुले २ हजार २ सय २३ मत प्राप्त गर्नुभएको छ । त्यस्तै नेकपा एमालेका मेयरका उम्मेदवार लुट बहादुर रावतले १ हजार ९ सय ९१ मत प्राप्त गर्नुभएको छ भने उपमेयर कृष्ण कुमारी थारुले...

गुलरिया नगरपालिकाको मेयरमा कांग्रेसका मुक्तिनाथ यादव विजयी

बर्दिया । बर्दियाको गुलरिया नगरपालिकामा नेपाली कांग्रेसले जितेको छ । मेयरमा कांग्रेसका मुक्तिनाथ यादव ६२०७ मत प्राप्त गरी विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी एमालेका हरिप्रसाद ज्ञवालीले ५७६३ मत प्राप्त गरेका छन् । उपमेयरमा पनि कांग्रेसकै सुशीला गिरी ६३६४ मतका साथ बिजयी भएकी छन् । निकटतम प्रतिद्वन्द्वी एमालेकी टिका सम्सली मगरले ५६८५ मत प्राप्त गरेकी छन् । मेयरमा पराजित ज्ञवाली एमालेका जिल्ला अध्यक्ष हुन् । ...

गुल्मीका दुबै नगरपालिमा एमाले विजयी, मुसिकोटमा सापकोटा

गुल्मी । गुल्मीको मुसिकोट नगरपालिकामा एमाले विजयी भएको छ । मेयरमा सोमनाथ सापकोटाले ६५३३ मत ल्याएर विजयी भएका हुन्। उनका निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका कृष्णहरी सापकोटाले ५४६८ मत प्राप्त गरेका छन्। उपमेयरमा एमालेकै कमला शर्मा ६४७४ मत सहित बिजयी भएकी छन्। प्रतिद्वन्द्वी कांग्रेसकी बिष्णकुमारी सापकोटाको ५५९४ मत प्राप्त भएको छ। गुल्मीका दुबै नगरपालिका रेसुङ्गा र मुसिकोटमा एमालेले जित हासिल गरेको हो। ...

कुन स्थानीय तहमा कसले जिते [सूचीसहित अपडेट]

नेपालगन्ज । दोस्रो चरणको निर्वाचन भएका स्थानीय तहको मतगणना जारी रहँदा एमालेले आफ्नो अग्रता कायमै राखेको छ । कांग्रेसले एमालेलाई कडा टक्कर दिइरहेको छ भने माओवादीले पनि अपेक्षाकृत राम्रो नतिजा ल्याएर तेस्रो स्थान सुरक्षित गरेको छ । अहिलेसम्म संघीय समाजवादी फोरम र राष्ट्रिय जनमोर्चाले एक एक स्थानीय तह जितेका छन् । मतगणना भइरहेका ठाउँमा पनि एमालेले कांग्रेसलाई पछि पारिरहेको छ । यसपटक कतिपय पार्टीका गढ भत्किएका छन् । कांग्रेसका गढका रुपमा रहेका...

बाजुराको त्रिवेणी नगरपालिकामा कांग्रेस विजयी

बाजुरा । बाजुराको त्रिबेणी नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । नेपाली कांग्रेसका रामसिंह रावलले ३३६५ मतका साथ मेयरमा विजयी भएका छन् । यस्तै उपमेयरमा पनि कांग्रेसकै राधिका सुनार विजयी भएकी छन् । उनले ३३९२ मत ल्याइन । मेयर रावलका प्रतिद्वन्द्वी एमालेका जंग बुढाले २१९४ मत प्राप्त गरेका छन् भने उपमेयरका प्रतिस्पर्धी एमालेकी पार्वती विष्टले २१६४ मत प्राप्त गरिन् । ...

नेपालगंज वडा नम्बर २३ मा फोरम नेपालको पुरै प्यानल बिजयी

नेपालगंज: नेपालगंज उप-महानगरपालिका वडा नम्बर २३ फोरम नेपालका तर्फ बाट वडा अघ्यक्षमा उम्मेदवार दिएका मो.हुसेन बिजयी भएका छन् ।फोरम नेपाल अध्यक्ष लगायत अन्य सबै सदस्यमा पुरै प्यानलनै विजयी भएका छन् । ...