बाँकेमा दुइ वटा गाउँपालिकामा कांग्रेसको कब्जा
प्रकाशित मिति : २०७४, १८ असार आईतवार ०९:४३
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगन्ज । राप्ती सोनारीमा नेपाली कांग्रेसले जित हासिल गरेको छ । नेपाली कांग्रेसका उम्मेदवार लाहुराम थारुले ८२३६ मतले विजयी भएका छन् । पराजित भएका एमालेका तुलसीराम चौधरीले ६९२४ मत प्राप्त गरे ।
Advertisement
पूर्व सभासद समेत रहेका माओवादी केन्द्रका पट्टु थारु निक्कै पछाडि रहे ।
यसैगरी उप प्रमुखमा नेपाली कांग्रेसकै घनीकुमारी खत्रीले ८२०३ मत ल्याएर विजयी भइन् । उनकी निकटतम् प्रतिद्धन्दी चमेली बागबनले ६९२४ मत प्राप्त गरिन् ।
राप्तीसोनारीमा वडा नं. १, ३, ४, ८, ९ नेपाली कांग्रेस २ एमाले ५,६ ,७ वडामा माओवादी केन्द्र विजयी भएको निर्वाचन अधिकृत माधव शर्माले जानकारी दिए ।वडा नंं १, ३, ८ र ९ मा नेपाली काँग्रेसको प्ययान नै विजयी भएको छ ।
डुडुवा गाउपालिकामा
बाँके काँग्रेसका लागि अत्यन्तै चुनौती असह बनेको डुडुवा गाउपालिकामा आफ्नो जीत निकाल्न सफल भएको छ । निर्बाचनको मुखमा बाँके काँग्रेसका पूर्व जिल्ला सचिवसमेत संघीय समाजबादी फोरम नेपाल प्रवेश गरेर प्रत्यासी बन्दा समेत काँग्रेसले सो गाउपालिकाबाट जित हासिल गरेको हो । बाँकेको डुडुवा गाउपालिकामा नेपाली काँग्रेसका नेरन्द्र चौधरी पप्पु विजयी भएका छन् । उनले४६९१ मत प्राप्त गरी विजयी भएका हुन । उनका निकटतम प्रतिद्धन्दी संघिय समाजबादी फोरमका विजय यादवले ४१९२ मत प्राप्त गरे । यसैगरी उपाध्यक्षमा पनि नेपाली काँग्रेसकै सायदा बानोले ४३१५ मत ल्याएर विजयी भएको निर्बाचन अधिकृत लोकबहादुर हमालले जानकारी दिए । उनको निकटतम प्रतिद्धन्दी संघीय समाजबादी फोरम नेपालका जमिदा खातुनले ४१३४ मत प्राप्त गरेकी छन ।वडा अध्यक्षमा १ र २ मा नेपाली काँग्रेसका पाटेश्वरी कुर्मी र गजेन्द्र कैराती विजयी भए ।