आम निर्वाचन २०७४मा रहेका समाचारहरु

निर्वाचनमा पत्रकारहरुले आंचारहिता पूर्ण रुपमा लागु गर्नुपर्छ:सूचना अधिकारी खनाल

नेपालगंज: पत्रकार आचारसहिता कायन्वय गर्न सके मात्र पत्रकारहरुले स्वच्छ रुपमा पत्रकारिता गर्न सक्ने एक कार्यक्रमका सहभागिले बताएका छन् । आज स्थानीय निर्वाचनमा पत्रकार आचारसंहिता र कार्यान्वयनका विषयमा नेपालगन्जमा आयोजित अन्तरक्रिया कार्यक्रममा पत्रकारहरु तथा सञ्चारमाध्यमले पूर्ण रुपमा पत्रकार आचारसंहिता कार्यन्वय नगरेको बताएका छन् । आचासहिंता उलङ्घन गर्ने पत्रकार तथा मिडिया एक वा दुइ जनालाइ मात्र कारबाही गर्न सके पनि कार्यन्वयनमा धेरै टेवा पुग्ने बताउनुभयो । प्रेस काउन्सिल नेपाल र नेपाल...

बाँकेमा फोरमका तीन उम्मेदवार चुनावमा नलड्ने

भिष्म लोध,नेपालगञ्ज:नेपालगञ्ज उपमहानगरपालिका वडा नं. २२ पुरैनीमा संघीय समाजबादी फोरमबाट वडा सदस्यका तीन जना उम्मेदवारले चुनावमा नलड्ने बताएका छन् । उनीहरुले आफुहरुको वडा अध्यक्ष पदका उम्मेदवार शब्बीर किघरिया र सदस्य उम्मेदवार केशवराम राढको पदमा नयाँ शक्ति पार्टी नेपालबाट जलिम खाँ र सदस्यमा शिवशंकर तिवारीलाई उम्मेदवार उठाइएकाले आफुहरु चुनाव नलड्ने बताएका हुन। बुधबार एक प्रेस बिज्ञप्ति जारी गर्दै वडा नं. २२ मा फोरमबाट सदस्य पदका उम्मेदवार रहेका मालती पासी, दलित महिला...

एमालेका सय कार्यकर्ता कांग्रेसमा

नेपालगञ्ज: बाँकेमा अन्य दलका नेता कार्यकर्ता नेपाली कांग्रेसमा प्रबेश गर्ने क्रम तीब्र भएको छ । दिनहुँ जसो अन्य दलका सय बढी नेता कार्यकर्ता कांग्रेसमा प्रबेश गरिरहेका छन् । यसले कांग्रेसी शुभचिन्तकहरुलाई हौसाएको छ । यसै क्रममा आज पनि नेकपा एमालेका सय जना नेता कार्यकर्ता नेपाली कांग्रेसमा प्रबेश गरेका छन् । बैजनाथ गाउँपालिका वडा नम्बर ८ फत्तेपुरमा एमालेको भ्रातृ संगठन युवा संघ नेपाल टिटिहिरियाका अध्यक्ष विमलसिंह ठकुरीको नेतृत्वमा सय जना...

रोल्पाको थवाङमा चुनावी अभियान तीव्र

रोल्पा: हरेक पटकको निर्वाचनमा विशेष चर्चाको शिखरमा रहँदै आएको रोल्पाको थवाङले यसपटक पनि धेरैको ध्यान खिच्न सफल भएको छ । यस पूर्व भएका निर्वाचनमा कहिले शून्य मतदान त कहिले पूर्ण मतदान गर्दै चर्चा बटुल्ने थवाङले यसपटक भने नेपाली काँग्रेससँग तालमेल गरी दिएको स्वतन्त्र उम्मेदवारीले विशेष चर्चा पाएको हो। विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको प्रभाव क्षेत्र मानिने थवाङले यस पटकको निर्वाचनमा के गर्छ भन्ने धेरैको जिज्ञासालाई अन्तिममा आएर काँग्रेससँग तालमेल गरी जवाफ...

दाङमा नौसय ५४ महिला उम्मेदवार चुनावी मैदानमा

दाङ । यही असार १४ गते हुन गइरहेको स्थानीय निकायको निर्वाचनमा दाङबाट नौसय ५४ महिला उम्मेदवार विभिन्न पदका लागि चुनावी मैदानमा रहेका रहेका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय दाङले उपलब्ध गराएको तथ्याङ्कअनुसार जसमा घोराही उपमहानगरपालिकामा एक सय ७१, तुलसीपुर उपमहानगरपालिकाबाट एक सय ७३, लमही नगरपालिकामा एक सय दुई जना महिला उम्मेदवार चुनावी मैदानमा उत्रिएका हुन् । त्यसैगरी बबई गाउँपालिकामा ५५, राजपुर गाउँपालिकामा ७२, राप्ती गाउँपालिकामा एकसय १४, दङ्गीशरण गाउँपालिकामा ५५,...

चुनावको मिति नजिकिँदै जाँदा ४ वटा गाउँपालिका सम्पर्कविहीन

बाजुरा ।  स्थानीय तहको निर्वाचनमा जिल्लाका चार गाउँपालिका सञ्चारको पहुँचबाट टाढा रहेका छन् । हिमाली गाउँपालिका, पाण्डवगुफा गाउँपालिका, स्वामीकार्तिक गाउँपालिका र गौमुल गाउँपालिका सञ्चारको पहँुचबाट टाढा रहेका छन् । सदरमुकाम मार्तडीबाट सबैभन्दा नजिक रहेको गौमुल गाउँपालिकामा समेत सम्पर्क हुन नसकेको मुख्य निर्वाचन अधिकृत हेमबहादुर सेनले बताए । चारवटै गाउँपालिकामा टेलिफोन र इन्टरनेट सेवा नभएका कारण निर्वाचनको गतिविधिबारे जानकारी पाउन नसकेको उनको भनाइ छ । “फोन सम्पर्क हुन सकिरहेको छैन, निर्वाचन गतिविधिबारे बेखबर...

परिक्षणका लागि भए पनि नेपाली कांगे्रस कोहलपुरलाइ विजयी गराउनुपर्ने भट्टराई

कमला हमाल, कोहलपुर । नेपाली कांग्रस कोहलपुर नगरपालिकाका मेयर पदका उम्मेदवार भानुभक्त भट्राइ तथा कोहलपुर नगर क्षेत्रमा नेपाली कांग्रसको पक्षमा जनमत बढदै गएको छ । नेकपा एमाले ,माओवादी केन्द्र लगायत अन्य दलले अगाडि सारेका मेयर पदका उम्मेदवारका एजेन्ण्डा भन्दा नेपाली कांग्रेसले नै कोहलपुरको बिकास गर्ने आशा भरोसा भएको भन्दै अरु दलबाट सम्भव नभएको भन्दै नेपाली कांग्रेसको चुवानी अभियानमा होमीन जनताको जनलहर नै बढ्दै छ । नेपाली काँग्रेस कोहलपुरले घरदैलो अभियानलाई...

‘समृद्ध नेपालगञ्ज’को अठोट सहितको कांग्रेस नेपालगञ्जको प्रतिबद्धता पत्र सार्वजनिक

नेपालगञ्ज:नेपाली कांग्रेस निर्वाचन प्रचार प्रसार समिति नेपालगञ्जले ‘समृद्ध नेपालगञ्ज’को अठोटसहितको प्रतिबद्धता पत्र आज (बुधबार) सार्वजनिक गरेको छ । नेपाली कांग्रेसका तर्फबाट नेपालगञ्ज उपमहानगरपालिकाका मेयरका उम्मेदवार डा. सुरेश कुमार कनौडिया र उपमेयरका उम्मेदवार उमा थापा मगरको अठोटका रुपमा सार्वजनिक गरिएको प्रतिबद्धता पत्रमा ‘५ बर्षमा ५ प्रतिबद्धता’ समेटिएको छ । नेपालगञ्जलाई समुन्नत सहरका रुपमा विकास गर्ने लक्ष्यसहितको प्रतिबद्धता पत्रमा भौतिक विकास, आर्थिक समृद्धि, जीवनस्तर प्रबद्र्धन, सांस्कृतिक बहुआयामिकता र सामाजिक न्याय तथा...

सिकायत नआउने ढङ्गबाट काम गर्नुस्– प्रमुख आयुक्त डा यादव

काठमाडौँ। प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले दोस्रोचरणअन्तर्गत स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दर्तामा देखिएको सहभागिता उच्च प्रशंसनीय रहेको बताउनुभएको छ । स्थानीय तह निर्वाचनमा सुक्ष्म अनुगमनकर्ता अभिमुखीकरणको निर्वाचन आयोग परिसरमा आज शुभारम्भ गर्दै उहाँले भन्नुभयो– “उम्मेदवारी मनोनयन दर्ता निकै शान्तिपूर्ण र उत्साहजनक रुपमा सम्पन्न भएको छ ।” प्रदेश नम्बर १, ५ र ७ का ३५ जिल्लाका ३३४ स्थानीय तहमा यहीँ असार १४ गते हुने दोस्रोचरणको स्थानीय तह निर्वाचनका लागि करिब ६३...

काँग्रेसले बागी उम्मेदवारमाथि कारबाही गर्ने

काठमाडौँ । नेपाली काँग्रेसले पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध उठ्ने बागी उम्मेदवारलाई कारबाही गर्ने भएको छ । काँग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले आज विज्ञप्ति जारी गर्दै यही असार १४ गते हुने स्थानीय तहको निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध उठ्नेलाई कारबाही गर्ने जनाउनुभएको छ । । विज्ञप्तिमा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध पार्टीका कुनै सदस्यले बागी उम्मेदवारी दर्ता गरी निर्वाचन आयोगद्वारा तोकिएको समयसीमाभित्र आफ्नो उम्मेदवारी फिर्ता नलिए त्यस्ता उम्मेदवार र निजका प्रस्तावक एवम् समर्थकलाई...