आम निर्वाचन २०७४मा रहेका समाचारहरु

आजदेखि निर्वाचन आचार संहितामा अनुगमन सुरु

नेपालगंज । दोस्रो चरण निर्वाचनका लागि उम्मेदवारहरुले आजदेखि चुनाव प्रचारको आधिकारिक समय पाएका छन् । हिजो उम्मेदवारहरुले चुनाव चिह्न पाएका छन् । संसद भित्रका २७ दलका उम्मेदवारले दलगत र बाँकी दल वा स्वतन्त्र उम्मेदवारले निर्वाचन आयोगले तोकेको स्वतन्त्र चिह्न पाएका हुन् । उम्मेदवारले आजदेखि अब प्रचारप्रसारका लागि जम्मा पाँच दिन पाएका छन् । निर्वाचन मितिभन्दा ४८ घण्टापूर्व मौन अवधि सुरु हुन्छ । त्यस बेला दल वा उम्मेदवार प्रचारप्रसारमा संलग्न हुन पाउँदैनन्...

राजनीतिमा उमेर भन्दा क्षमता र आत्मविश्वास महत्वपूर्ण हुन्छ

सक्रिय राजनीतिमा क्रियाशील हुने कुरा त परको थियो तर कोहलपुर नगरपालिकाको उप मेयरको उमेद्वार बन्छु भनेर करिब एक महिना अघिसम्म कल्पना नै गरेको थिइन् । नेपाली काँग्रेसका तर्फबाट कोहलपुर नगरपालिकाको उप मेयरकी उमेद्वार सञ्जु कुमारी थारुले कुराकानीका क्रममा सबैभन्दा पहिले व्यक्त गरेको भनाई थियो । विद्यालय तहदेखि उच्च स्नाकोत्तर तह सम्मको अध्ययनका क्रममा सधै अब्बल विद्यार्थीको सूचिमा सूचिकृत हुन सफल थारु उप मेयर पदका अन्य ७ जना उमेद्वारहरु भन्दा...

“सिमरी गाँउलार्इ कोहलपुरनगर जोड्ने पक्कि पुलको निर्माण गरीने”

कमला हमाल, कोहलपुर । कोहलपुर नगरपालिकाको नेपाली काँग्रेसबाट मेयर पदका उम्मेद्वार भानुभक्त भट्टराईले कोहलपुर नगपालिकाको विकट वडाका रुपमा चिनिने सिमरी गााउलाइ कोहलपुरनगर जोड्ने पक्कि पुलको निर्माण गरीने बताउनुभएको छ । २०२० सालमा बनाइएको झोङ्गे पुल पनि खोलाले बगाए पछि निर्माणधिन झोलुङगे पुलबाट त्यस क्षेत्रका क्षेत्रका स्थानियहरु आवतजावत गरीरहेका छन् । उम्मेद्धारी दर्ता पछि जनता घरदैलो अभियानमा अज सशक्त भएर अभियानमा मंगलबार कोहलपुर नगरपालिकाको वडा नम्बर १३ सिमीरी गाँउ पुग्नुभएका भट्राइले...

क्षेत्र नम्बर ४ कांग्रेसको ताला खुल्यो

खजुरा:टिकटको विषयलाई लिएर बाँकेको क्षेत्र नम्बर ४ को कांग्रेस पार्टी कार्यालयमा लागेको ताला आज खुलेको छ । खजुरा गाउँपालिका वडा नम्बर ३ को वडा अध्यक्षको टिकटको विषयलाई लिएर लगाइएको ताला आज खुलेको हो। जिल्ला तथा क्षेत्रका नेताहरुको सहभागितामा आयोजित छलफलपछि ताला खोलिएको हो । पूर्व जिल्ला सभापतिहरु युवराज शर्मा, सनतकुमार रेग्मी, गजेन्द्र हमाल, पूर्व सांसद् कृष्णसिंह परियार, जिल्ला सचिव कपिल शर्मा, नेपाली कांग्रेस बाँकेका संगठन विभाग प्रमुख महेन्द्र मल्ल ठकुरी,...

को हुन बाँके कांग्रेसका पूर्ण प्रसाद आचार्य ?

बागेश्वोरिपोष्ट :वि.सं. २०४४ सालमा सल्यानको कालागाउँमा सामान्य परिवारमा जन्मे लिदै कोहलपुर नगरपालिका वडा नम्बर ८ मा बसाइसरेका पूर्ण प्रसाद आचार्य नेपाली कांग्रेसको पारिवारिक पृष्ठभुमीले गर्दा विद्यार्थी जीवनदेखी नै नेपाल विद्यार्र्थी संघको राजनितिमा लागे । भनिन्छ नि हुने विरुवाको चिल्लो पात भने झैं उनी बाल्यकालदेखि नै सरल, जुझारु स्वभावका कारण विद्यार्थी राजनीतिमा सक्रिय रुपमा देखा परे । उनको राजनैतिक आचरण, संगठन प्रतिको लगनशीलता र इमान्दारिताले गर्दा कम उमेरमा नै नेपाल...

स्थानिय समस्या समाधान गर्छु :बैजनाथ गाउँपालिका प्रमुख पदका उम्मेदवार खत्री

नेपालगञ्ज: नेपाली काँग्रेसबाट बैजनाथ गाउपालिकाको प्रमुख पदका उम्मेदवार देव बहादुर के सी र उपप्रमुख भावना चौधरीले स्थानिय समस्यालाइ प्राथमिकता दिने प्रतिबद्धता जनाएका छन् । यहि असार १४ गते हुने स्थानीय तहको दोस्रो चरणको निर्वाचनका लागि आफ्नो एजेण्डासहित चुनावी प्रचार प्रसारमा लागेको उम्मेदवारले स्वीकारेका छन् । मतदातामाझ पुगेका उम्मेदवारले जनताको अपेक्षा अनुरुपका कार्यहरु प्रतिवद्धता व्यक्त गरेका हुन् । पहिलो चरणको घरदैलो अभियान अन्तरगत वडा नम्बर १ देखि आज ७ सम्म...

घरदैलो अभियानमा कांग्रेसका वडा अध्यक्ष

नेपालगञ्ज: नेपालगञ्ज नगरका विभीन्न वडामा नेपाली कांग्रेसका उम्मेदवारहरुले घरदैलो अभियानलाई तिव्रता दिएका छन् । वडा अध्यक्ष, सदस्यका उम्मेदवारले वडा नं १ को शिव पार्बती टोलमा विहान घरदैलो गरेका छन् । घरदैलो अभियानका क्रममा मतदाताहरुले पुर्ण रुपमा सहयोग गर्ने प्रतिवद्धता जनाएको उम्मेदवारले बताएका छन् । बेलुका वाटरपार्क, पारिजात टोलमा घरदैलो गरिने वडा अध्यक्ष उम्मेदवार सीता काफ्लेले बताउनुभयो । त्यस्तै काँग्रेसका उम्मेदवारले वडा नं २ का घरबारी टोल, एन्जल्स स्कुल नजिकका...

स्थानीय तह निर्वाचनका लागि बाँके जिल्लाबाट सात जना पत्रकार उमेदवार

कमला हमाल, नेपालगन्ज । स्थानीय तह निर्वाचनका लागि बाँके जिल्लाबाट सात जना पत्रकार उमेदवारलाइ आज एक कार्यक्रमको आयोजना गरी नेपाल पत्रकार महासंघ बाँकेले शुभकामना आदान प्रसाद गरेको छ । आठ वटा तह रहेको बाँकेमा पत्रकारिता क्षेत्रमा आवद्ध रहेका सात जना उमेदवार औपचारिक रूपमा विजयीको शुभकामना दिएको छ । उमेदवारी दिनेमा नेपाली कांग्रेसबाट नेपालगञ्ज उपमहानगरको उपमेयर पदमा  उमा थापा मगर, खजुरा गाउँपालिकाको उपाध्यक्षमा दीपा आले ,एमालेबाट डुडुवा गाउँपालिकाको अध्यक्षमा सकिल खान, नेपालगञ्ज...

वडाबासीहरुको हक हित र बिकासको लागी स्वतन्त्र उम्मेद्वारी दिए: रितेश कुमार शर्मा

अषार १४ आउदै गरेको स्थानिय तहको निर्बाचन यति खेर नेपालगंज उपमहानगरपालिकामा पनि धेरै तात्तिरहेको छ । हरेक उम्मेद्वारहरु आफ्नो प्रचार प्रसारमा लागिरहेका छन् ।यहि सन्दर्भमा नेपालगंज उपमहानगरपालिका वडा नम्बर ६ बाट पनि बिभिन्न पार्टीले उम्मेद्वारी दिइसकेका छन् भने एक जनाले मात्रै त्यस वडामा अधक्ष्य पदका लागी स्वतन्त्र उम्मेद्वारी दिनुभएको छ ।यस निर्बाचन वडा नेपालगंज -६ निबासी रितेश कुमार शर्माले त्यस वडा बाट स्वतन्त्र उम्मेद्वारी दिई सक्नु भएको छ।यसै सन्दर्भमा...

कोहलपुर नगरपालिकामा मनोनयनको सूचि प्रकाशन

कमला हमाल, कोहलपुर । कोहलपुर नगरपालिकामा मेयर पदमा ९ जनाको उम्मेदवारी परेको छ भने उपमेयरमा ८ जनाको उम्मेदवारी परेको छ । त्यस्तै ३ वटा वडामा स्वतन्त्र उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । मेयरमा नेपाली कांग्रेसका भानुभक्त भट्टराई, एमालेबाट लुटबहादुर रावत, माओवादी केन्द्रबाट नरेन्द्र न्यौपाने, राप्रपाबाट भगौती थारुले मनोनयन दर्ता गराएका छन् । त्यस्तै नेपाल लोकतान्त्रिक फोरमका फुलाराम थारु, राष्ट्रिय जनमोर्चाकी बालकुमारी आचार्य, मजदुर किसान पार्टीका सुरेशलाल थारु, देशभक्त जनगणतान्त्रिक मोर्चाका...