परिक्षणका लागि भए पनि नेपाली कांगे्रस कोहलपुरलाइ विजयी गराउनुपर्ने भट्टराई
प्रकाशित मिति : २०७४, ७ असार बुधबार २०:३७
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
कमला हमाल, कोहलपुर । नेपाली कांग्रस कोहलपुर नगरपालिकाका मेयर पदका उम्मेदवार भानुभक्त भट्राइ तथा कोहलपुर नगर क्षेत्रमा नेपाली कांग्रसको पक्षमा जनमत बढदै गएको छ । नेकपा एमाले ,माओवादी केन्द्र लगायत अन्य दलले अगाडि सारेका मेयर पदका उम्मेदवारका एजेन्ण्डा भन्दा नेपाली कांग्रेसले नै कोहलपुरको बिकास गर्ने आशा भरोसा भएको भन्दै अरु दलबाट सम्भव नभएको भन्दै नेपाली कांग्रेसको चुवानी अभियानमा होमीन जनताको जनलहर नै बढ्दै छ ।
नेपाली काँग्रेस कोहलपुरले घरदैलो अभियानलाई तिव्र पार्दै बुधबार मेयर पदका उम्मेद्वार भानुभक्त भट्टराई र उपमेयर सन्जु कुमारी थारु तथा वडा नम्बर १२ थारुगाउमा घरदैलो अभियान सकि आयोजित कोणसभालाइ सम्बोधन गर्दै समृद्ध कोहलपुर बनाउनृ उदेश्यका साथ आफु आफु र आफ्नो टिम चुनावमा होमीएकाले यस पटक नेपाली काँग्रेसको टिमलाई बिजय गराउन जनतालाइ आग्रह गर्नुभएको छ ।
कोहलपुरम बर्षैदेखी दुइ ठूला राजनितिक दलले कोहलपुरको विकास गर्न अवसर पाए पनि कोहलपुर गाविसको भवन बनाउन नसक्के पाटीहरुबाट विकासको आश जनताले गर्न नसक्ने बताउनुभयो । साथै मेयर पदका उम्मेद्वारले नेपाली काँग्रेसलाई बिजय गराई सुन्दर, शान्त र समृद्धि कोहलपुर निर्माण गर्ने जिम्मेवारी दिन अनुरोध गर्नुभएको छ । उहाँले कोहलपुर १२ को समस्यालाई मेयरमा बिजय पछि समाधानका लागि विशेष योजनाका साथ लाग्ने बताउनुभयो ।
त्यस्तै घरदैलो अभियानका क्रममा मतदातासँग भेट गर्दै नेपाली काँग्रेसबाट उपमेयर पदकी उम्मेद्वार सन्जु कुमारी थारुले यस पटक कोहलपुरका जनताले नेपाली काँग्रेसको चुनाव चिन्ह रुखमा मतदान गरी काँग्रेसको पुरौ टिमलाई विजय गराउनु अनुरोध गर्नुभएको थियो । घरदैलो अभियान अन्तर्गत कोहलपुर वडा नम्बर १२ को चप्परगौडि, रोहिणी खोला, खड्कवारक्षेत्रमा घरदैलो कार्यक्रम गरिएको थियो ।
घरदैलो अभियानमा नेपाल साँस्कृतिक संघले विभिन्न साँँस्कृतिक प्रस्तुतिहरु प्रस्तुत गरेको थियो । घरदैलो अभियानमा नेपाली काँग्रेसका महासमतिी सदस्य मिना सिग्देल, जिल्ला सदस्य गौरा भट्राइ, कोहलपुर नगर कमिटी बलराम शर्मा, वडा नम्बर १२ का अध्यक्ष विरेन्द्र शाह लयागत सदस्यका उम्मेदवारहरु तथा स्थानियहरुको सभागिता रहेको थियो ।
Advertisement