आम निर्वाचन २०७४मा रहेका समाचारहरु
रुकुम । दोस्रो चरण अन्तरगत असार १४ गते हुन लागेको स्थानीय निर्वाचनमा रुकुमको भुमे गाउँपालिका वडा नम्वर ६ मा एउटै घरका दाजु-बहिनी फरक-फरक दलबाट उम्मेदवार बनेका छन् । दाजु हर्कप्रसाद सुनार एमालेबाट र बहिनी लिला सुनार माओवादी केन्द्रबाट वडा सदस्यमा उमेदवार बनेका हुन् । एमालेबाट उमेदवार बनेका हर्कप्रसाद बन समूहको कोषाध्यक्ष र आधारभूत विद्यालय डलिबाङको विद्यालय ब्यवस्थापन समिति अध्यक्ष समेत हुन् । माओवादीबाट उम्मेदवार बनेकी लिला सुनारले पनि लामो समयसम्म स्वास्थ्य स्वयंसेविका,...
काठमाडौं । दोस्रो चरणको स्थानीय तह चुनावका लागि उम्मेदवार छनौट गर्न कांग्रेस केन्द्रीय कार्य सम्पादन समिति बैठक अहिले बसिरहेको छ ।महानगर र उपमहानगरपालिकासहित विवादित ठाउँका उम्मेदवार तय गर्न प्रधानमन्त्री तथा पार्टी सभापति शेरवहादुर देउवाले कार्य सम्पादन समिति बैठक डाकेका हुन् । अहिले तिनै विवादित ठाउँका उम्मेदवार तय गर्न छलफल भइरहेको नेताहरुले जनाएका छन् ।कांग्रेसका धेरै स्थानीय तहमा उम्मेदवार चयनमा विवाद भएकाले केन्द्रीय कार्य सम्पादन समितिले नै उम्मेदवार चयन गर्नुपर्ने...
मोरङ । आगामी असार १४ गते हुने स्थानीय निर्वाचनको तयारी युद्धस्तरमा भइरहेको पूर्वाञ्चल क्षेत्रीय निर्वाचन कार्यालय विराटनगरले जनाएको छ । क्षेत्रीय निर्वाचन कार्यालय विराटनगरका प्रमुख प्रेमप्रसाद सञ्जेलका अनुसार प्रदेश नं १ मा रहेका १४ जिल्लाका १३७ गाउँपालिकामा स्थानिय निर्वाचन हुनेछ । पूर्वाञ्चल क्षेत्रीय निर्वाचन कार्यालयका प्रमुख सञ्जेलका अनुसार कोसी पूर्वका १४ जिल्ला समेटिएको प्रदेश नं १ मा तीन उपमहानगरपालिका, ४६ नगरपालिका र ८८ वटा गाउँपालिका छन् । ती स्थानीय तहमा...
सन्तोषकुमार गुप्ता, भालुवाङ : नयाँ शक्ति पार्टी नेपालको तर्फबाट दाङ देउखुरीको राप्ती गाउँपालिकाका प्रमुख पदका उम्मेदवार नन्दकुमार चौधरी र पार्टीका केन्द्रिय परिषद् सदस्य तथा राप्ती गाउँपालिका संयोजक होमप्रसाद शर्मा माथि सोमबार राति पौने १० बजेतिर हातपात भएको ईलाका प्रहरी कार्यालय गढुवाका प्रमुख एवं इनिस्पेक्टर रविन्द्र खड्काले जानकारी दिए । स्थानीयतहको निर्वाचन प्रचारप्रसारका क्रममा राप्ती गाउँपालिका—३ कटाहा नेकपा माओवादी केन्द्रका करिब ५० जना बढी नेता कार्यकर्ता तथा वाईसियलले हातपात गरि...
नवलपरासी । दोस्रो चरणको स्थानीय तहको निर्वाचन हुने प्रदेश नं. ५ मा पर्ने नवलपरासीका सातवटा स्थानीय तहका लागि नेपाली काँग्रेसबाहेक सबै राजनीतिक दलले उम्मेदवारको टुङ्गो लगाएका छन् । विशेष गरी यी स्थानीय तहमा नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राप्रपासहित स–साना दलले उम्मेदवार टुङ्गो लगाएका छन् । यद्यपि, काँग्रेसलाई भने उम्मेदवार टुङ्गो लगाउन हम्मेहम्मे परेको छ । संविधान संशोधन भएमा निर्वाचनमा भाग लिने पक्षमा रहेका मधेस केन्द्रीत दलहरु पनि आन्तरिकरुपमा सम्भावित उम्मेदवार...
कविता उपाध्याय,रोल्पा। स्थानीय निर्वाचनमा रोल्पा नगरपालिका–३ धबाङका बलिराम घर्तीमगर र उहाँकी धर्मपत्नी शशी घर्तीमगरले शिरको भारी थमाउनेलाई भोट दिने बताउनुभएको छ । “बुढाबुढीले एउटै आवाजमा भन्नुभयो शिरको भारी थमाउनेलाई हामी भोट दिन्छौँ ।” उमेरले ८० औँ बसन्त पार गरिसकेका बलिराम घर्ती र करिब ७० वर्ष पार गरिसकेकी शशी घर्तीले धेरै पटक चुनावमा भोट हालिसक्नुभएको छ । तर आजसम्म उहाँहरुको भोटको कदर न कुनै पार्टीले ग¥यो न त कुनै उम्मेदवारले ।...
नेपालगन्ज । निर्वाचन आयोगले चितवनको भरतपुर महानगरपालिकाको मतगणना स्लथ अनधिकृत कव्जा भएको ठहर गर्दै भरतपुर महानगरपालिकाको वडा नम्बर १९ मा पुनः मतदान गर्ने निर्णय गरेको छ । आयोगले शनिवार सार्वजनिक गरेको आयोगको निर्णयमा ‘मतगणना स्थलको अनधिकृत कब्जा भएको भन्ने पुष्टि हुन आएको’ भन्ने व्यहोरा उल्लेख गरिएको छ । ‘प्रस्तुत विषयमा आयोगले उल्लेखित प्रतिवेदनको अध्ययन गर्दा स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ५० को उपदफा (१) को खण्ड (ख) बमोजिम मतगणना...
नेपालगंज:नेपाली काँग्रेसका मजदुर नेता राजु थापा शुक्रबारदेखि बाँकेमा आमरण अनसन बसेका छन । स्थानीय तहको निर्वाचनको उम्मेदवार छनौट प्रकृयामा नेपाली काँग्रेस क्षेत्र नं.३ का क्षेत्रीय सभापति रमेश गुप्ता र सांसद बादशाह कुर्मीले विधि र प्रकृया मिचेर एकपक्षिय ढंगले गरेको उम्मेदवार सिफारिसका बिरुद्ध नेपाली काँग्रेस बाँकेका जिल्ला कमिटी सदस्यसमेत रहेका नेता थापा आमरण अनसन बसेका हुन् । नेपाली काँग्रेसको वीपी स्मृर्ती भवनको हलमा शुक्रबार दिउसो देखि मजदुर आन्दोलनका नेता समेत रहेका...
नेपालगंज । माओबादी केन्द्रको तर्फबाट स्थानीय तहको निर्वाचनमा नेपालगंज उपमहानगरपालिकामा प्रमुख, उपप्रमुख र वडाध्यक्षको घोषणापछि माओबादी केन्द्रले प्रचार अभियानलाइ तिब्र र आक्रमक बनाएको छ । माओबादी केन्द्रका नेता तथा मेयरका उम्मेदवार दामोदर आचार्यलाइ जिताउनका लागि बिभिन्न कार्यक्रम गर्दै आज शुक्रबार मुस्लिमहरुको मस्जिदहरुमा पुगी भोट मागे छन् । आचार्य आफै गाँउगाँउ तथा घरघरमा पुगेर आफ्नो उम्मेदवारीको बिषयमा बुझाउदै हिडेकाछन् । मुस्लिमहरुको धार्मिक आस्थाको केन्द्र नेपालगंज स्थित रहेका मस्जिदहरुमा शुक्रबारको नमाज सकेर बाहिर...
कपिलवस्तु । नेपाली काँगे्रस जिल्ला कार्य समिति कपिलवस्तुले आगामी असार १४ मा हुने स्थानीय तहको निर्वाचनको लागी ४ नगरपालिकामा मेयरको टुङ्गो लगाएको छ । जिल्लाका नेताहरुको बैठकले उक्त ४ नगरपालिकाकामा मेयरको लागि उमेदवारी छनौट गरेका हुन । जस अनुरुप जिल्लाको महाराजगञ्ज नगरपालिकामा पार्टीका कार्यवाहक सभापति रहेका अब्दुल कलाम खाँलाई मेयरको टिकट दिने निर्णय गरिएको छ । त्यस्तै, पार्टी सचिव रहेका प्रेमबहादुर रायमाझीलाई शिवराज नगरपालिकाको मेयरमा छनौट गरेको छ । उता कृष्णनगर...