आम निर्वाचन २०७४मा रहेका समाचारहरु
सल्यान । एमाले सल्यानले स्थानीय तह निर्वाचनमा पार्टी हित विपरीत कार्य गरेको जनाउँदै २० जना नेतालाई कारबाही गर्न सिफारिस गरेको छ ।एमाले सल्यानले पूर्व जिविस सभापति तथा एमाले प्रदेश नं ६ का प्रदेश सदस्य उदयबहादुर बोहरा, शान्ता हमाल, सहरी विकास विभाग सदस्य इन्द्रकुमार शर्मा र विज्ञान प्रविधि विभाग सदस्य यौवनप्रकाश श्रेष्ठलाई साधारण सदस्यता नरहने गरी कारबाहीका लागि पार्टी केन्द्रीय कार्यालय र अनुशासन विभागमा सिफारिस गरिएको पत्रकार सम्मेलनमा जनाएको छ...
भरतपुर:भरतपुर महानगरपालिकामा ९० मतपत्र च्यातिएको विवरण सार्वजनिक भएको छ । प्रमुख निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेले ९० वटा मतपत्र च्यातिएको जानकारी सञ्चारकर्मीलाई जानकारी दिए । मतगणना जारी रहेका बेला माओवादी केन्द्र र एमालेबीच विवाद भएपछि मतपत्र च्यातिएको थियो । एमालेले माओवादीले मतपत्र च्यातेको आरोप लगाएको छ भने निर्वाचनमा गठबन्धन गरेका काँग्रेस–माओवादी केन्द्रले पराजित हुने भएपछि एमालेले मतपत्र च्यातेको आरोप लगाएको छ । च्यातिएको मत्रपत्र शीलबन्दी गरेर राखिएको न्यौपानेले जानकारी दिए ।...
रोल्पा । नेपाली कांग्रेस, रोल्पाले चर्चित कलाकारदेखि पत्रकारसम्मलाई स्थानीय तह निर्वाचनमा उम्मेदवार बनाउने निर्णय गरेको छ । कांग्रेसले जिल्लाको १० वटै स्थानीय तह उम्मेदवारको अन्तिम टुंगो लगाउँदै कलाकारदेखि पत्रकारसम्मलाई भिडाउने निर्णय गरेको हो । कलाकारदेखि पत्रकारसम्मलाई उम्मेदवार बनाउने निर्णय गरेको कांग्रेसले चर्चित लोकदोहोरी गायिका राधिका हमाललाई उम्मेदवार बनाउने निर्णय गरेको छ । उनलाई कांग्रेसले त्रिवेणी गाउँपालिकाको उपाध्यक्ष उम्मेदवार बनाउने निर्णय हाे । कांग्रेसतर्फबाट उम्मेदवार बनेकी हमालले यसबारे कुनै प्रतिक्रिया दिएकी छैनन्...
रोल्पा । लामो प्रतीक्षापछि नेपाली काँग्रेस रोल्पाले आसन्न स्थानीय तह निर्वाचनमा पार्टीका तर्फवाट उम्मेदवार हुनेको नाम टुङ्गो लगाएको छ । अकाङ्क्षी धेरै भएपछि उम्मेदवारको टुङ्गो लगाउन नसकेको काँग्रेसले जिल्लाका दशवटै स्थानीय तहमा उम्मेदवार बन्नेको नामनामेसी एकमुष्ट टुङ्गो लगाएको हो । पार्टीले जिल्लाको एक मात्र नगरपालिका रोल्पा नगरपालिकामा पूर्वसांसद लेखनाथ आचार्यलाई नगरप्रमुखमा उम्मेदवार बनाउने भएको छ । यसैगरी, नगरपालिकाको उपप्रमुखमा मिश्री हमालले उम्मेदवारी दिने हुनुभएको छ । सुवर्णावती गाउँपालिकाको अध्यक्षमा शेरबहादुर...
तुलसीपुर । टिकट बितरण प्रति असन्तुष्टि जनाउदै नेपाली काग्रेस दाङ ववई गाउपालिका ७ को एक पक्षले छुट्टै भेला गरेको छ । टिकट बिवरणमा पक्षपात गरेको प्रति असन्तुष्टि जनाउदै छुट्टै भेलाको आयोजन गरेको काग्रेसका एक नेताले बताए । नेपाली काग्रेस साबिक पञ्चकुलेका उपाध्यक्ष नोखीराम डाँगीको अध्यक्षतामा भएको भेलाले स्वतन्त्र उम्मेदवारीको प्यानल सहित घोषणा गरेको छ । स्थानीय तहको दोस्रो चरणको निर्बाचनमा काग्रेसको टिकट बितरणमा असन्तुष्टि जनाउदै एक पक्षले ववई ७ बाट स्वतन्त्र...
नेपालगन्ज । दोस्रो चरणको निर्वाचनका लागि सबै निर्वाचन अधिकृतको कार्यालय बाँके जिल्लामा सञ्चालनमा आएका छन् । मुख्य निर्वाचन अधिकृत तेजनारायण पौडेलका अनुसार निर्वाचनसँग सम्बन्धित जिल्लाका संरचनालाई समेट्ने गरी सात स्थानमा निर्वाचन अधिकृतको कार्यालय सञ्चालनमा ल्याइएको हो । यस जिल्लाका कुल २९५ मतदान केन्द्रलाई लक्षित गरी निर्वाचन कार्यालय खोलिएको पनि उहाँले बताउनुभयो । बाँके जिल्लाका लागि नगर विकास समिति नेपालगन्जको भवनमा मुुख्य निर्वाचन अधिकृतको कार्यालय सञ्चालन गरिएको छ । यसैबीच, क्षेत्रीय निर्वाचन...
काठमाडौं । सरकारले दोस्रो चरणको स्थानीय चुनाव आगामी असार १४ गते गर्ने निर्णय गरेको छ । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले असार १४ गते चुनाव गर्ने निर्णय गरेको हो । यसअघि जेठ ३१ गतेलाई तोकिएको चुनावलाई सारेर असार ९ गते पुर्याइएको थियो । ९ गते मुस्लिम समुदायको महान पर्व परेको भन्दै चुनाव पाँच दिन पछि सारिएको हो । प्रदेशनम्बर १, २, ५ र ७ मा दोस्रो चरणको चुनाव हुँदैछ...
नेपालगन्ज । मुस्लिमहरुको महत्वपुर्ण पर्ब रमजानको विदाईका दिन अर्थात् असार ९ गते स्थानिय चुनाव गर्ने सरकारको निर्णयको बांकेका मुश्लिम अगुवाहरुले बिरोध गरेका छन् । उनीहरुले निर्वाचन मिति असार १४ गते गर्न अनुरोध गर्दै बांकेका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थ मार्फत प्रधानमन्त्रिलाई ज्ञाापनपत्र वुझाएका छन् । एमालेका मुस्लिम नेता समसुद्यिन सिद्धिकिका अनुसार असार ९ गते शुक्रबार रमजानलाई अलबिदा गर्ने महत्वपुर्ण दिन परेकारले सरकारले बिचारै नगरी निर्वाचनको मिति सार्दा आफुहरु समस्यामा परेको बताउनुभयो...
नेपालगन्ज । निर्वाचन आयोगले स्थानीय तह निर्वाचन अन्तर्गत चितवनको भरतपुर महानगरपालिकामा मतगणनाका क्रममा मतपत्र च्यातिएको घटनाको सत्यतथ्य छानबिन गर्न तीन सदस्यीय अनुगमन टोली गठन गरेको छ । आयोगको आजको बैठकले चितवनका मुख्य निर्वाचन अधिकृतले आयोगमा पठाएको प्रतिवेदनका आधारमा घटनाको छानबिन गर्न सहन्यायाधिवक्ता गीताप्रसाद तिमिल्सिना संयोजक रहनुभएको अनुगमन टोली गठन गर्ने निर्णय गरेको हो । टोलीका सदस्यमा गृह मन्त्रालयका सहसचिव र प्रहरी प्रधान कार्यालयका प्रहरी नायब महानिरीक्षक रहनुभएको निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद...
नेपालगन्ज । आसन्न दोस्रो चरणको स्थानीय तह निर्वाचन असार ९ गतेका लागि सरेको छ । यसले उम्मेदवारी दर्ता लगायतका सबै प्रक्रिया हेरफेर हुनेछ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले जेठ ३१ का लागि तय भएको दोस्रो चरणको निर्वाचन असार ९ गते सार्ने निर्णय गरेको हो । आइतबार साँझ बालुवाटारमा बसेको प्रमुख दलहरुका शीर्ष नेताहरुको बैठकमा राष्ट्रिय जनता पार्टीलाई सहभागी गराउन चुनावको मिति केही दिन सार्ने समझदारी भएको थियो । लगतै प्रधानमन्त्री प्रचण्डले...