राप्ती गाउँपालिका प्रमुख पदका उम्मेदवार माथि हातपात
प्रकाशित मिति : २०७४, २३ जेष्ठ मंगलवार १०:१०
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
सन्तोषकुमार गुप्ता, भालुवाङ : नयाँ शक्ति पार्टी नेपालको तर्फबाट दाङ देउखुरीको राप्ती गाउँपालिकाका प्रमुख पदका उम्मेदवार नन्दकुमार चौधरी र पार्टीका केन्द्रिय परिषद् सदस्य तथा राप्ती गाउँपालिका संयोजक होमप्रसाद शर्मा माथि सोमबार राति पौने १० बजेतिर हातपात भएको ईलाका प्रहरी कार्यालय गढुवाका प्रमुख एवं इनिस्पेक्टर रविन्द्र खड्काले जानकारी दिए । स्थानीयतहको निर्वाचन प्रचारप्रसारका क्रममा राप्ती गाउँपालिका—३ कटाहा नेकपा माओवादी केन्द्रका करिब ५० जना बढी नेता कार्यकर्ता तथा वाईसियलले हातपात गरि घाईते बनाएको नयाँ शक्ति नेपाल दाङले जानकारी दिएको छ ।
Advertisement
नन्दकुमार चौधरीले एक जना आफ्न्ती नाता पर्ने तर विरामी व्यक्तिलाई उपचारका लागि भन्दै एक हजार (१०००) रुँपैया दिएपछि पैंशा वाँडेको भन्दै स्थानीय माओवादी केन्द्रका कार्यकर्ताले चौधरीमाथि धक्का पक्का गरेको खड्काले जानकारी दिए ।
चुनाब प्रचारप्रसारका क्रममा सोही ठाउँका रामशंकर चौधरीले आफू लामो समयदेखि बिरामी भईरहेको र सिटामोल सम्म किन्न पैसा नभएको समस्या सुनाउँदै सहयोग मागेपछि आँफुले १००० रुँपैया दिएको नयाँ शक्ति पार्टी नेपालको तर्फबाट राप्ती गाउँपालिकाका प्रमुख पदका उम्मेदवार नन्दकुमार चौधरीले स्वीकार गरि सकेको ईप्रका गढुवाका प्रमुख खड्काले बताए ।
तर सोही विषयलाई लिएर नयाँ शक्ति पार्टीले गाउँमा पैसा बाँडेको भन्दै नेकपा माओवादी केन्द्र राप्ती गाउँपालिका अध्यक्ष धर्मराज अधिकारीको नेतृत्वमा रहेको ५० बढी माओवादीका नेता कार्यकर्ताहरुले कुटपिट गरेको नयाँ शक्तिका उम्मेदवार चौधरीले बताए । ‘ घाईते चौधरीलाई बाहिरी शरिरमा त्यस्तो कुनै चोटपटक भने देखिएको छैन, उहाँमाथि आक्रमण भएको भने सत्य नै हो।’ ईप्रका भालुवाङका प्रमुख खड्काले भने ‘म पौने १० बजेतिर राप्ती गाउँपालिका—३ कटाहा पुगेर उहाँको उद्धार गरेको हुँ ।’ तर उमेदवार चौधरीले अस्पताल जान नमानेर घरमै गएको प्रमुख खड्काले बताए ।
तर घाइते चौधरीले आँफुलाई पैंसा बाँडेको आरोप लगाउनु गलत भएको दाबी गरे । ‘हामीले उहाँलाई (रामशंकर चौधरीलाई) सहयोग गर्न मात्रै गर्न खोजेका हौँ, कसैलाई पैसा बाँडेका छैनौं ।’ उम्मेदवार चौधरीले भने । तर माओवादीका नेता कार्यकर्ताहरुले भने निर्वाचनलाई प्रभावित तुल्याउन चौधरीले पैसा बाँड्दै हिडेको आरोप लगाएको छ ।
यसैबीच उक्त घटनाको बिषयमा छलफल गरी सहमति जुटाउनका लागि ईलाका प्रहरी कार्यालय भालुवाङले मंगलबार बिहान दुबै पार्टीलाई छलफलमा बोलाएको प्रहरी प्रमुख खड्काले जानकारी दिए ।
दोषी उपर कार्वाहीको माग
नयाँ शक्ति पार्टी नेपालका राप्ती गाउँपालिकाका प्रमुख पदका उम्मेदवार नन्दकुमार चौधरी र पार्टीका केन्द्रिय परिषद् सदस्य तथा राप्ती गाउँपालिका संयोजक होमप्रसाद शर्मा माथि सोमबार राति भएको आक्रमण तथा हातपातको घटनाप्रति आफ्नो गम्भीर ध्यानकर्षण भएको जनाउँदै दोषीउपर कडा भन्दा कार्वाहीको माग गरेको छ ।
नयाँ शक्ति पार्टी नेपाल जिल्ला समिति दाङका संयोजक नारायण भट्टराईले त्यस्तो माग गरेका हुन । हाम्रा उम्मेदवार र नेता माथि आक्रमण गर्नु माओवादी केन्द्रको पराजित मानसिकता भएकोले उनीहरुमाथि कारवाही हुनुपर्ने उनको माग छ । तर निर्वाचन आयोगले साँझ सात बजेपछि प्रचार प्रशार गर्न बन्देज लगाएको छ । चौधरी भने मध्यरातमा पनि चुनाव प्रचार प्रशारमै रहेको खुल्न आएको छ ।