आम निर्वाचन २०७४मा रहेका समाचारहरु
विराटनगर । प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले दोस्रो चरणको चुनावको मिति सार्ने नमिल्ने बताएका छन् । उनले बन्द हड्तालका बाबजुद जनता मतदान स्थलमा आउने र चुनाव सम्पन्न हुने बताए ।विराटनगरमा सोमबार सञ्चारकर्मीसँग कुरा गर्दै प्रमुख निर्वाचन आयुक्त यादवले आयोगको पनि निश्चित समय र बटमलाइन हुने बताए । ‘१४ गते तोकिएकै मितिमा निर्वाचन गराउन निर्वाचन आयोग अन्तिम तयारीमा जुटेको छ,’ उनले भने, ‘सबै प्रदेशमा एकैपटक निर्वाचन हुन्छ । असार १४...
पाल्पा । आसन्न असार १४ को स्थानीय निकायको निर्वाचनमा मतदाता आफै हाम्रालाई होइन, राम्रालाई मतदान गर्न चुनावी प्रचारप्रसार गर्न थालेका छन् । राजनीतिक दलले आआफ्नै ढङ्गले गाउँघरमा चुनावी अभियान तथा घरदैलो कार्यक्रम गरे पनि यहाँका मतदाता भने गाउँ छिमेकमा हाम्रालाई नहेरी राम्रालाई मतदान गर्न चुनावी माहोलमा जुटेका छन् । बजार, चोक, चौतारीलगायत विभिन्न स्थानमा दिनहुँजसो मतदाता आफैँ नै राम्रा व्यक्तिको पहिचान गरेर मात्र यस पटकको निर्वाचनमा योग्य र सक्षम उम्मेदवारलाई मतदान...
नेपालगन्ज । तराई मधेशको माग पूरा गर्न दुई नम्बर प्रदेशको चुनाव सार्न प्रधानमन्त्री शेरबहादुर देउवाको प्रस्तावलाई राष्ट्रिय जनता पार्टी नेपालले अस्वीकार गरेको छ । राजपा नेपालको माग पूरा गराउनका लागि असार १४ गतेको चुनाव प्रभावित हुने भएकाले चुनाव पनि होस् र माग पनि पूरा होस् भनि उत्तम विकल्प के हुने भनी प्रधानमन्त्री देउवाले बैठकमा जिज्ञासा राखेका थिए । माग पूरा गराउन सरकार प्रतिवद्ध छ तर सो प्रक्रियामा गयो भने असार १४...
राजविराज(सप्तरी) । निर्वाचन आयोगका प्रमुख आयुक्त डा. अयोधीप्रसाद यादवले स्थानीय तहको दोश्रो चरणको निर्वाचन यही असार १४ गते तोकीएको मितिमा हुने बताउनुभएको छ । आज विभिन्न राजनैतिक दल र नेता तथा कार्यकता र स्थानीय प्रशासन, सुरक्षार्मी, उद्योगी तथा व्यापारीसँगको छलफलमा उहाँले निष्पक्ष निर्वाचनका लागि सबैको सहयोग आवश्यक रहेको बताउनुभयो । सप्तरी उहाँको गृह जिल्ला पनि हो । आफ्नो माग पुरा नगरी निर्वाचनमा जान नहुने माग गर्दै राष्ट्रिय जनता पार्टीका कार्यकर्ताले प्रमुख...
नेपालगन्ज । नेपाल पत्रकार महासङ्घले निर्वाचनमा उम्मेदवार हुन चाहने पत्रकारलाई महासङ्घको कार्यसमितिबाट राजीनामा दिन आग्रह गरेको छ । “महासङ्घका कुनै पनि तह, केन्द्र, प्रदेश, जिल्ला कार्य समितिभित्र पदाधिकारी वा सदस्य रहिरहेको व्यक्ति कुनै पनि राजनीतिक पदको निर्वाचनमा उम्मेदवार हुने भएमा महासङ्घको विधानको अक्षर र भावनाबमोजिम उम्मेदवार हुनुअघि महासङ्घको कार्यसमितिबाट राजीनामा गर्नुहुन आग्रह छ”– महासचिव उजिर मगरद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ । राजीनामा नगरी उम्मेदवार भएमा कार्यसमितिको पद स्वतःरिक्त भएको मानिने...
दाङ । नेपाली कांग्रेसले पाँच नम्बर प्रदेशको अधिकांश जिल्लामा उम्मेदवार चयन गरिसके पनि दाङमा भने अझै छान्न सकेको छैन । पाँच नम्बर प्रदेशको सम्भावित राजधानीको रुपमा लिइएको दाङमा २ उपमहानगरपालिका, एक नगरपालिका र ७ गाउँपालिका छन् । अन्य स्थानीय तहमा विवाद नभए पनि घोराही र तुलसीपुर उपमहानगरपालिको प्रमुख कसलाई बनाउने भन्नेमा विवाद छ । नेपाली कांग्रेसका शीर्ष नेताहरुले जिल्लाका सांसदहरुसँग उम्मेदवारको विषयमा छुट्टा छुट्टै राय लिए पनि अन्तिम टुंगो लगाउन...
बर्दिया । मतदाता आकर्षित गर्न नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र राप्रपा दलका केन्द्रीय नेतादेखि वडास्तरका नेता कार्यकर्ताहरु जनताको दैलोदैलोमा पुग्न थालेका छन् । बाढीपीडित, भूमिहीन र सुकुम्बासी समस्या व्यवस्थापन गर्ने विषयलाई विशेष प्राथमिकतामा राखेर दलहरु जित आफ्नो पोल्टामा पार्न होमिएका छन् । विसं २०७१ साउनको बाढीबाट बर्दियामा करिब तीन हजार ४०० भन्दा बढी परिवार विस्थापित भएका छन् । विस्थापितले पनि आफूलाई पुनर्वास नगराएसम्म मतदान नगर्ने चेतावनी दिन थालेपछि...
कैलाली । नेपाली काँग्रेसले कैलालीका उपमहानगरपालिका, नगरपालिका तथा गाउँपालिकामा उम्मेदवारको टुङ्गो लगाएको छ । काँग्रेसले धनगढी उपमहानगरपालिकाको नगरप्रमुखमा पार्टीका नगर सभापति नृप वड र उपप्रमुखमा सुशीला मिश्र भट्टलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । त्यस्तै लम्की नगरपालिकाको प्रमुखमा भक्तबहादुर थापा र उपप्रमुखमा धना चौधरी, भजनी नगरपालिकाको प्रमुखमा वीरबहादुर हमाल र उपप्रमुखमा भारती चौधरी, टीकापुर नगरपालिकाको प्रमुखमा जङ्गबहादुर साउद र उपप्रमुखमा केशरी विष्ट रावल तथा घोडाघोडी नगरपालिकाको प्रमुखमा रीताकुमारी चौधरी र उपप्रमुखमा...
काठमाडौँ, २७ जेठ । राष्ट्रिय जनता पार्टी (राजपा) लाई दोस्रो चरणअन्तर्गतको स्थानीय तहको निर्वाचनमा सहभागी गराउनेबारे सत्तारुढ प्रमुख दलले अन्तिम कसरत गरिरहेका छन् । सत्ता नेतृत्वकर्ता दल नेपाली काँग्रेस तथा प्रमुख साझेदार नेकपा (माओवादी केन्द्र) र नेपाल लोकतान्त्रिक फोरमका शीर्ष नेताले आज राजपाका नेताहरुसँग छलफल गरेपनि कुनै निष्कर्ष निस्कन सकेन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज अपराह्न भएको बैठकमा राजपाले निर्वाचनको मिति पुनः सार्नुपर्ने माग राखेपछि सहमतिले गति लिन नसकेको...
नेपालगन्ज । नेपाली कांग्रेस बांकेले सवै उम्मेदवारको टुंगो लगाएको छ । पार्टिका बांके सभापति किरण कोईरालाका अनुसार पार्टिले नेपालगन्ज उपमहानगरपालिकाको प्रमुखमा डा. सुरेशकुमार कनोडिया र उप प्रमुखमा उमा थापा मगर लाई उम्मेदवार बनाएको छ । कोहलपुर नगरपालिकाको प्रमुखमा भानुभक्त भट्टराई र उपप्रमुखमा सन्जु चौधरीलाई उम्मेदवार बन्नुभएको छ ।यसैगरी ६ वटै गाउपालिकाको उम्मेदवार पनि टुंगो लागेको छ । खजुरा गाउपालिकाको अध्यक्षमा नक्कि खा, उपाध्यक्षमा दिपा आले, वैजनाथ गाउपालिकाको अध्यक्षमा देव वहादुर खत्रि...