सिलवाल प्रकरणमा मुख्य सचिव र काठमाडौं प्रहरीबीच छलफल
प्रकाशित मिति : २०७४, ७ पुष शुक्रबार ०९:०१
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगञ्ज, ७ पुस । पूर्वडीआईजी नवराज सिलवालविरुद्ध ‘किर्ते कागजात’ मुद्दामा कसरी अघि बढ्ने काठमाडौं प्रहरी परिसरले मुख्य सचिव लोकदर्शन रेग्मीसँग परामर्श गरेको छ । रेग्मी आफैंले बिहीबार परिसर प्रमुख एसएसपी रविन्द्र धानुकलाई आफ्नो कार्यकक्षमा बोलाएर परामर्श गरेका हुन् ।
Advertisement
प्रहरी स्रोतका अनुसार सिलवाललाई पक्राउ गरेर अनुसन्धान गर्ने वा पक्राउ नगरी अनुसन्धान सकिएपछि मुद्दा बुझाउँदा पक्राउ गर्नेबारे मुख्यसचिव रेग्मी र धानुकबीच छलफल भएको थियो । रेग्मीले महान्यायाधिवक्ताको कार्यालय र जिल्ला सरकारी वकिल कार्यालयसँग छलफल गरेर अघि बढ्न धानुकलाई सुझाएका थिए । फौजदारी मुद्दामा कानुनतः अभियोग दर्ता भएपछि पक्राउ नै नगरी अनुसन्धान गर्न प्रहरीलाई छुट दिएकाले तत्काल सिलवाललाई पक्राउ गर्ने मनस्थितिमा परिसर छैन । स्रोतअनुसार उजुरी दर्ता गर्दा किटानी जाहेरी नभएकाले पनि किर्ते कस्ले गर्यो पुष्टी नहुँदा सिलवाल तत्काल पक्राउ गर्न नहुने तर्क धानुकले राखेका थिए ।
तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीसहितको पूर्ण इजलासले कार्यसम्पादन मूल्यांकन (कासमू) मा सिलवालको बढी अंक देखाएको र प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीसहितको पूर्ण इजलासले प्रकाश अर्यालकै कासमू अंक बढी देखाएको अवस्थामा कुन कार्यसम्पादन ठीक भन्ने विषयको छानबिनमा परिषद् केन्द्रीत हुने भएको छ । किर्ते प्रकरणमा प्रधानन्यायाधीश पराजुलीसहितको पछिल्लो इजलासले घुमाउरो भाषामा सिलवालले नै किर्ते गरेको संकेत गरेको छ । तर प्रहरीले सरकार परिवर्तन हुने बेलामा सिलवाललाई पक्राउ गरेर अनुसन्धान गर्दा नयाँ सरकारले त्यसलाई उल्टाए प्रहरी पंगु हुने कतिपय अनुसन्धान अधिकृतको तर्क छ । मुख्य सचिवसँगै रहेका प्रहरी महानिरीक्षक प्रकाश अर्यालले किर्ते छानबिनमा भएका विषय प्रचारबाजी नगर्न र गोप्य अनुसन्धान गर्न प्रमुख धानुकलाई सुझाएका थिए, अन्नपूर्ण पोस्टमा खबर छ ।