पत्रपत्रिकाबाटमा रहेका समाचारहरु
पुस ३०, नेपालगन्ज । त्रिवि उपकुलपति डा. तीर्थ खनियाँले सरकारले डिन बनाउन व्यक्ति तोकेर दिएको निर्देशन आफूहरूले नमान्ने बताएका छन् । सरकार र केसीबीच भएको सहमतिको दोस्रो बुँदामा आइओएमको डिनमा जगदीशप्रसाद अग्रवाललाई निरन्तरता दिन सरकारले त्रिविलाई निर्देशन दिने उल्लेख छ । यो खबर हामीले आजको नयाँ पत्रिकाबाट लिएका हौ। सहमति लगत्तै उपकुलपति खनियाँले सरकारले दिएको नीतिगत निर्देशन आफूहरू मान्न तयार भएको, तर व्यक्तिबारे दिएको निर्देशन मान्न बाध्यकारी नभएको बताए । ‘आइओएममा...
पुस ३०, नेपालगन्ज । वाम गठबन्धनबाट सरकार लम्ब्याउन खोजेको आरोप खेपिरहेका प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेश प्रमुख नियुक्तिमा समेत अलमल गरेका छन्। प्रधानमन्त्रीकै ढिलासुस्तीले निर्वाचन आयोगले प्रदेशसभा समानुपातिकको मतपरिणाम सार्वजनिक गर्न पाएको छैन। कानुनअनुसार प्रदेशसभा निर्वाचनको परिणाम ७ दिनभित्र प्रदेश प्रमुखलाई बुझाउनुपर्ने हुन्छ। आयोगले प्रदेशसभा समानुपातिक परिणाम केही दिनअघि नै तयार पारिसकेको छ। मतपरिणाम प्रदेश प्रमुखलाई बुझाउनुपर्ने संवैधानिक बाध्यताका कारण आयोगले प्रधानमन्त्रीलाई तत्काल प्रदेश प्रमुख नियुक्ति गर्न पटक–पटक ताकेता गर्दै आएको छ।...
पुस ३०, नेपालगन्ज । राष्ट्रियसभा निर्वाचनमा वाम गठबन्धनले ४० सिट जित हात पार्ने देखिएको छ। प्रदेश २ बाहेक अन्यमा बलियो देखिएको वाम गठबन्धनले प्रदेश ६ मा तीनवटै खुला र तीनवटै महिला जित्ने देखिएको हो। कांग्रेसले १२ र मधेसकेन्द्रित दलले ४ सिटमा मात्र जित निकाल्ने देखिएको छ। राष्ट्रियसभाको ५६ सिटका लागि माघ २४ गते निर्वाचन हुँदै छ। ५९ सदस्यीय राष्ट्रियसभामा एक महिलासहित तीन जना राष्ट्रपतिबाट मनोनीत हुने व्यवस्था छ। यो खबर हामीले...
काठमाडौं, १८ पुस । सरकारले केही दिनभित्रै सातवटै प्रदेश प्रमुख तोक्ने र राष्ट्रिय सभाको निर्वाचनको मिति घोषणा गर्ने भएको छ। राष्ट्रिय सभा गठनसम्बन्धी अध्यादेशमा लामो समय किचलो भए पनि राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यादेश स्वीकृत गरिसकेकी छिन्। सरकारले अब निर्वाचन आयोगसँग परामर्श गरेर राष्ट्रिय सभा निर्वाचनको मिति घोषणाका साथै प्रदेश प्रमुख र उनीहरू बस्ने प्रदेश केन्द्र तोक्ने भएको हो। यो खबर रमेश सापकोटाले आजको नयाँ पत्रिकामा लेखेका छन्। ‘अब ढिलाइ गर्नुहुँदैन...
काठमाडौँ, १७ पुस । प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फको अन्तिम नतिजा आएको तीन साता बित्न लागे पनि समानुपातिकतर्फको अन्तिम मतपरिणाम सार्वजनिक भएको छैन । अनेक कानुनी संरचनामा अल्झिएको मतपरिणको पूर्वसर्त राष्ट्रियसभा निर्वाचनलाई मानिए पनि निर्वाचनको मितिसमेत तोकिएको छैन । लामो विवादपछि बल्लतल्ल राष्ट्रियसभा सदस्य निर्वाचन अध्यादेश भने जारी भएको छ । अध्यादेश जारी भए पनि तत्काल निर्वाचन प्रक्रिया भने अगाडि बढ्नेछैन । निर्वाचन आयोगले पुस १३ गते १५ दिनको समय दिएर...
काठमाडौं, १४ पुस । सरकारका अधिकांश मन्त्रीहरूले मुख्यसचिव लोकदर्शन रेग्मीलाई सरकारको काममा बाधक नबन्न चेतावनी दिएका छन्। झन्डै तीन सातापछि बिहीबार बसेको मन्त्रिपरिषद् बैठकमा अधिकांश मन्त्रीले मुख्यसचिव रेग्मीले सचिवहरूलाई उक्साएर मन्त्रालयका काम रोक्न प्रमुख भूमिका खेलेको भन्दै त्यसो नगर्न ‘सचेत’ गराएका हुन्। उनीहरूले निर्वाचनपछि ठूलो दल बनेको एमालेको कुरा सुनेर रेग्मीले सरकारको काममा अड्चन गरिरहेको आरोपसमेत लगाए। मंसिर २५ यता मन्त्रिपरिषद् बैठक बस्न नसक्नुको दोष पनि मन्त्रीहरूले मुख्यसचिव रेग्मीमाथि नै...
काठमाडौं, १३ पुस । केन्द्रीय प्रशासनिक भवन सिंहदरबारका मन्त्रालयदेखि अधिकांश सरकारी कार्यालयका हाकिम लगातार मिटिङमा व्यस्त हुँदा सेवाग्राही हैरानीमा परेका छन्। उनीहरूले मन्त्रालयलाई ‘मिटिङको अखडा’ र हाकिमलाई ‘कामचोर’ को संज्ञा दिन थालेका छन्। नीति निर्माण तहमा पहुँच राख्ने सरकारका सचिव/सहसचिव लगातार कोठे मिटिङमा व्यस्त हुँदा राज्यले ठोस नीतिगत प्रस्ताव-योजना ल्याउन सकेको छैन। कर्मचारीको मिटिङमा मात्रै वार्षिक अर्बौं खर्च हुने गरेको छ भने ७५ प्रतिशतभन्दा बढी मिटिङका निर्णय कार्यान्वयनमै आएका छैनन्।...
काठमाडौँ, १३ पुस । प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फको उम्मेदवारी दर्ता भएको दिन असोज २९ देखि निवर्तमान भएका सांसदहरूले कूटनीतिक राहदानी (रातो पासपोर्ट) अझै फिर्ता गरेका छैनन् । निवर्तमान भएको सात दिनभित्र रातो पासपोर्टलगायत सांसदको हैसियतमा प्राप्त सबै सुविधा राज्यलाई फिर्ता गर्नुपर्ने कानुनी व्यवस्था उल्लंघन गर्दै उनीहरूले साढे दुई महिना गुजारिसकेका छन् । रातो पासपोर्ट लिएका ५ सय ४३ मध्ये निवर्तमान सांसदमध्ये मंगलबारसम्म २ सय ३९ ले मात्र फिर्ता गरेका छन्, कान्तिपुरमा...
काठमाडौँ, १२ पुस । समानुपातिकतर्फको नतिजा सार्वजनिक गर्न वाम गठबन्धनका नेताहरूले निर्वाचन आयोग र राष्ट्रपतिको ध्यानाकर्षण गरेलगत्तै कांग्रेस नेताहरूले आयोग पदाधिकारीलाई नतिजा रोक्न ‘दबाब’ दिए। राष्ट्रियसभा निर्वाचन नभई समानुपातिकको नतिजा सार्वजनिक गर्न नमिल्ने अडानमा सत्तासीन कांग्रेस छ भने राष्ट्रियसभा फरक सभा भएको भन्दै समानुपातिकको नतिजा सार्वजनिक गर्न वाम गठबन्धनले आयोगलाई आग्रह गरिरहेका छन्। यतिखेर राष्ट्रियसभा निर्वाचनलाई लिएर पार्टीहरू ध्रवीकृत भएका छन्। सत्ताको नेतृत्व लिन तम्तयार एमाले समानुपातिकको नतिजा जतिसक्दो चाँडो सार्वजनिक हुनुपर्ने...
काठमाडौँ, १२ पुस । अबको एक सातामा प्रदेशसभाले पूर्णता पाउने निश्चित भए पनि निर्वाचनको अन्तिम परिणाम बुझाउनेबारे भने केही कानुनी जटिलता देखिएको छ । प्रदेशसभा सदस्य निर्वाचन ऐनअनुसार निर्वाचन आयोगले अन्तिम परिणाम प्रदेश प्रमुखलाई बुझाउने व्यवस्था छ । तर, अहिलेसम्म प्रदेश प्रमुखको नियुक्ति भएको छैन, गोरखापत्रमा खबर छ । निर्वाचन आयोगले समानुपातिक सिट बाँडफाँट गरी दललाई एक साताभित्र समावेशी रूपमा सदस्य सिफारिसका लागि पत्राचार गरिसकेको छ । एक साताभित्र दलले...