नरैनापुरमा नि:शुल्क स्वास्थ्य शिविर, दुई सय पचास लाभान्वित
प्रकाशित मिति : २०७६, ४ आश्विन शनिबार २०:४४
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
(नरैनापुर) बाँके, असोज ४ । बाँकेको नरैनापुर गाउँपालिकामा गरिएको नि:शुल्क स्वास्थ्य शिविरबाट दुई सय ५० जना लाभान्वित भएका छन् । नेपाल फार्मेसी संघ जिल्ला कार्यसमिति बाँकेले आज(शनिबार) नरैनापुर गाउँपालिकाको वडा नम्बर ४ नरैनापुरमा वडा नम्बर ४ लाई लक्षित गरी गरेको नि:शुल्क स्वास्थ्य शिविरमा भेरी अस्पताल नेपालगन्जका फिजिसियन डा.विपिन आचार्य र आर्मी अस्पताल राँझामा कार्यरत मेडिकल अफिसर डा.बुद्धिमान तामाङ नेतृत्वको मेडिकल टोलीले विरामीहरुको स्वास्थ्य जाँच गरेको नेपाल फार्मेसी संघ जिल्ला कार्यसमिति बाँकेका अध्यक्ष सुरेन्द्र कुमार डफगरले जानकारी दिनुभयो । हरेक वर्ष सेप्टेम्बर २५ मा मनाइने विश्व फर्मासिष्ट दिवसको पूर्व सन्ध्यामा जिल्लाको विकट क्षेत्र नरैनापुरमा सामाजिक सेवा भावका साथ नि:शुल्क स्वास्थ्य शिविर आयोजना गरिएको डफगरले वताउनुभयो। गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले शिविरबाट वडा नम्बर ४ का स्थानीय लाभान्वित भएको वताउनुभयो । मौसमी रुघाखोकीको सिजनमा गरिएको शिविर निकै लाभदायक भएको वडा नम्बर ४ का अध्यक्ष दिनेश प्रसाद शर्माले वताउनुभयो । घर आँगनमै विशेषज्ञ डाक्टर पुगेर स्वास्थ्य चेकजाँच गर्दा स्थानीय खुसी भएका नेपाल फार्मेसी संघ जिल्ला कार्यसमिति बाँकेका सल्लाहकार सन्तोष घर्ती मगरले वताउनुभयो । औषधि व्यवस्था बिभाग नेपालगन्ज, नरैनापुर गाउँपालिका र प्रदेश स्वास्थ्य आपूर्ति ब्यवस्थापन केन्द्रको सहकार्यमा शिविर गरिएको संघका सल्लाहकार सन्तोष कोइरालाले जानकारी दिनुभयो। दिवसकै अवसरमा ८ गते नेपालगन्जमा प्रभातफेरी र दीप प्रज्वलन कार्यक्रम गरिने संघका उपाध्यक्ष लक्ष्मी नारायण न्यौपानेले जानकारी दिनुभयो ।
Advertisement