स्वास्थ्य/जीवनशैलीमा रहेका समाचारहरु

नेपालगन्ज उपमहानगरका सबै स्वास्थ्य संस्थामा नियोजनका साधान

नेपालगञ्ज,२८ असार। नेपालगञ्ज उपमहानगरपालिकाका सबै स्वास्थ्य संस्थामा परिवार नियोजनका ५ वटै साधान नियमित उपलव्ध गराइएको घोषणा गरिएको छ । नगरका ११ वटा स्वास्थ्य चौकीमा परिवार नियोजनका ५ वटै साधान नियमित उपलव्ध गराइएपछि घोषणा गरिएको हो । नियोजनका कण्डम, पिल्स, डिपो सुई प्रदान गरिदै आइएकोमा केही महिना यता आईयु सी डी र इम्प्लान्ट पनि नियमित गरिएपछि अब स्वास्थ्य संस्थामा ५ वटै साधनको कमी हुने छैन । नेपालगञ्ज उपमहानगरपालिकाद्धारा आयोजित घोषणा...

सेती अञ्चल अस्पतालमा ‘भीआईपी’ उपचार कक्ष स्थापना गर्ने काम सुरु

धनगढी, २६ असार ।  सेती अञ्चल अस्पताल धनगढीमा विशिष्ट व्यक्ति (भिआईपी) का लागि छुट्टै उपचार कक्ष स्थापना गर्ने काम सुरु भएको छ । त्यसका लागि अस्पताल प्रशासनले कक्षको टुङगो लगाई सकेर निमार्णको काम पनि सुरु गरिसकेको सेती अञ्चल अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. सजन केसीले जानकारी दिए । यसअघि मुख्यमन्त्री त्रिलोचन भट्ट बिरामी हुदा राम्रो शैया नभएको भन्दै उनलाई निवासमै राखेर उपचार  गरिएपछि सामाजिक सञ्जालमा त्यसको आलोचना भएको थियो । त्यसपछि मात्रै अस्पतालमा...

छोरी जन्माउनेलाई १० हजार पुरुस्कार !

कलैया,२६ असार – बाराको प्रसौनी गाउँपालिकाले छोरी जन्मेको ३५ दिनभित्र जन्म दर्ता गरी प्रमाणपत्र लिए गाउँपालिकाले १० हजार रूपैयाँका दरले २० वर्षसम्म सन्ततिका नाममा बैंकमा रकम जम्मा गरिदिने निर्णय गरेको छ । गाउँपालिकाको आजको गाउँसभाले आगामी साउनदेखि ‘बेटी बचाऔँ, बेटी पढाऔँ’ र सुत्केरी महिलालाई भत्ता दिने कार्यक्रम लागु गर्ने तथा गर्भवतीका हकमा दुई पोका नुुन र एक हजार रूपैयाँका दरले मासिक भत्तासमेत दिने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष भोलाप्रसाद गुप्ताले जानकारी...

चार नगरपालिका पूर्ण खोप सुनिश्चितता घोषणा

कञ्चनपुर, २२ असार – कञ्चनपुरका चार नगरपालिका पूर्ण खोप सुनिश्चित भएको घोषणा गरिएका छन् । नगरपालिकाका शतप्रतिशत बालबालिकाले खोप पाएको सुनिश्चित भएपछि सुनिश्चितता घोषणा गरिएको हो । यहाँका कृष्णपुर, शुक्लाफाँटा, बेदकोट र भीमदत्त नगरपालिकालाई खोप सुनिश्चितता घोषणा गरिएको छ । जन्मेदेखि डेढ वर्षसम्मका बालबालिकाले रोग प्रतिरोधात्मक ११ प्रकारका खोप पाए नपाएकोबारे महिला स्वास्थ्य स्वयंसेविकालाई घरदैलोमा परिचालन गरी पूर्ण खोप नपाएका बालबालिकालाई खोप लगाई पूर्ण पारिन्छ । स्वास्थ्य अधिकृत तीर्थराज भट्टले...

सोह्र जनामा हेपाटाइटिसको संक्रमण

दार्चुला, १२ असार – मालिकार्जुन गाउँपालिका– ३ का १६ जनामा हेपाटाइटिस ‘ए’ र ‘र्इ’ को संक्रमण देखिएको छ ।जिल्ला अस्पतालबाट गएको स्वास्थ्यकर्मीको टोलीले एक सय १६ जनाको स्वास्थ्य परिक्षण गर्दा १६ जनामा हेपाटाइटिस ‘ए’ र ‘ई’ फेला परेको हो । जिल्ला अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा सुरेन्द्रप्रसाद भट्टका अनुसार १६ जनामध्ये चार पुरुष र दुई महिला बढी संक्रमित भएका पाइएको छ । उनीहरुलाई जिल्ला अस्पतालमा ल्याई उपचार गरिने डा भट्टले...

सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको ओपिडी सेवा सुरु

नेपालगञ्ज, ११ असार ।बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले आजदेखि ओपिडी सेवा सुरु गरेको छ । सरकारबाट १०० शैयाको मान्यता पाएको अस्पतालले पहिलो चरण अन्तर्गत् ५९ शैयाबाट आफ्नो सेवा सुरु गरेको हो । अस्पतालको आज औपचारिक उद्घाटन गर्दै उपप्रधान एवम् स्वास्थ्य मन्त्री उपेन्द्र यादवले क्यान्सर अस्पताललाई सुविधा सम्पन्न बनाउन सरकारले पहल गर्ने बताउनुभयो । उहाँले सरकारले अस्पताललाई हाल दिँदै आएको बजेटमा आगामी बर्षदेखि थप गर्ने घोषणा गर्नुभयो ।...

डा.योगीले गरे २०० बढीको स्वास्थ्य जाँच

नेपालगन्ज,२ जेठ।बाँकेको जानकी गाउँपालिकामा शनिबार स्वास्थ्य शिबिर सम्पन्न भएको छ। नागरिकका लागी स्वास्थ्य जाँच तथा उपचार शिबिर अन्तगर्त आज शनिबार २०० बढी बिरामीहरुको स्वास्थ्य जाँच गरिएको नेपालगन्ज मेडिकल कलेज नेपालगन्जका बरिष्ठ फिजिसियन डा.शुभाष योगीले बताऊनु भयो। जानकी गाउँपालिकाको बेलभारमा गरिएको स्वास्थ्य शिबिरमा धेरै जसो दम,हाडजोड़नी सम्बन्धीका बिरामी देखिएको डा.योगीले बताउनु भयो। एक हप्ता सम्म चल्ने उक्त शिबिरमा गाउँपालिकाबाट स्वास्थ्य जाँच गराउन आएका थिए। शिबिरमा डा.योगी सगै नेपालगन्ज मेडिकल कलेजकि...

नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियनद्वारा फलफूल वितरण

केपी घिमिरे /नेपालगन्ज, ३० जेठ।लर्ड वुद्द एजुकेशनल एकेडेमीले नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा ट्रेड युनियन स्वास्थ्यकर्मी तथा कर्मचारी युनियनले अाफनो केन्द्रीय ९ अौं बार्षिक उत्सव नेपालगन्जमा रहेको नील सागर बृद्धाश्रममा  शिव पार्वती बुबा अामालाई फलफूल तथा अौषधि वितरण गरी मनाएको छ । मानवीय सोच, सामाजिक कार्य गर्ने उद्देश्यले बाँके जिल्लामा असहाय अशक्त पुनःस्थापन तथा जेष्ठ नागरिक सेवा केन्द्रमा गई वार्षिकोत्सब मनाउने निर्णय गरेको नेपालगन्ज मेडिकल कलेजका स्वास्थ्यकर्मी तथा...

डा.योगीको नेतृत्वमा वडा नम्बर १२ मा शनिबार निशुल्क स्वास्थ्य शिबिर सम्पन्न

सौरभ गिरी/नेपालगन्ज,२६ जेठ।नेपालगन्जको वडा नम्बर १२ मा निशुल्क स्वास्थ्य शिबीर कार्यक्रम सम्पन्न भएको छ। अति बिपन्न समुदायलाई टेवा पुग्ने गरी स्वास्थ्य शिबिरको आयोजना गरिएको हो। वडा नम्बर १२ बेलासपुरको चिडिमार टोलमा गरिएको निशुल्क स्वास्थ्य शिबिरमा १०० बढी बिरामीहरुले स्वास्थ्य जाँच गराएको शिबिरका प्रमुख डा.शुभाष योगीले बताए। यस शिबिरमा धेरै गम्भीर खालका बिरामी पनि देखिएको हुदा उनीहरुलाई नेपालगन्ज मेडिकल कलेज नेपालगन्जमा भर्ना हुन रिफर गरिएको समेत डा.योगीले बताए। त्यस्तै निशुल्क स्वास्थ्य...

सरकारी अस्पतालमा निजी फार्मेसी खोल्न नदिने सर्वोच्चको आदेश, अस्पताल आफैंले फार्मेसी सञ्चालन गर्न निर्देशन

काठमाडौं, जेठ २३ -सर्वोच्च अदालतले सरकारी अस्पताल परिसरमा निजी फार्मेसी सञ्चालन गर्न नदिन परमादेश जारी गरेको छ। सरकारी अस्पताल आफैंले फार्मेसी सञ्सेतोपाटी चालन गर्न सर्वोच्चको आदेशमा उल्लेख छ। निस्शुल्क गरिएका औषधि आपूर्ति गर्न र तोकिएका अस्पतालबाट निस्शुल्क वितरण गर्ने व्यवस्था गर्न पनि सर्वोच्चले सरकारलाई आदेश दिएको छ। २०७२ सालमा वीर अस्पतालले फार्मेसी खोल्न सटर भाडामा दिन बोलपत्र आह्वान गरेको थियो। अस्पताल परिसरमा निजी फार्मेसी खोल्न दिने निर्णय र उक्त बोलपत्र आह्वानको...