स्वास्थ्य संस्थालाई मिनी अस्पतालका रुपमा विकास गर्नुपर्नेमा जोड
प्रकाशित मिति : २०७५, ७ श्रावण सोमबार १५:१६
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
नेपालगन्ज ७ साउन । गाउँ समुदायमै स्थानीय सरकार स्थापना भएपछि सेवा प्रवाहको अवस्थालाई परिवर्तन गरी आधुनिक बनाई प्रभावकारीता बनाउनुपर्नेमा जोड दिइएको छ । सेभ द चिल्ड्रेनको सहकार्यमा बाँके युनेस्को क्लबको संयोजनमा इन्द्रपुर स्वास्थ्य चौकीको आज गरिएको सामाजिक परिक्षण कार्यक्रमका सहभागीहरुले सबै अधिकार अब गाउँमा आएपछि परम्परागत स्वास्थ्य सेवा सुधार गरी नयाँ बाटोमा लैजानुपर्ने सुझाव दिएका थिए ।
Advertisement
स्थानीयस्तरमै स्रोत साधनको व्यवस्थापन गरी स्वास्थ्य संस्थालाई मिनी अस्पतालको रुपमा अवधारणा अघि सार्नुपर्नेमा जोड दिँदै सामान्य सिटामोल औषधिको ठाउँमा गुणस्तरीय सलाइन र एन्टिबायोटिक औषधिको व्यवस्थापन गर्न माग गरेको थिए ।
कार्यक्रममा जानकी गाउँपालिका ३ नं. का वडाध्यक्ष विन्देश्वरी बर्माले संघीय संरचना अनुसार स्वास्थ्य सेवामा व्यापक सुधार र व्यवस्थापन गरी प्रभावकारी सेवा प्रवाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा स्वास्थ्य चौकी इन्चार्ज गगनसिंह साउदले स्वास्थ्य संस्थाले प्रदान गर्ने सेवा तथा बार्षिक प्रगति तथा समस्याका बारेमा प्रस्तुतिकरण गर्नुभएको थियो । प्रस्तुतिकरणमा देखिएका समस्यालाई समाधान गर्न स्वास्थ्य संस्थामा प्रसुति गृह निर्माण, भवन निर्माणका लागि जग्गाको खोजी, खानेपानीको व्यवस्थापन, विरामी तथा कुरुवाका लागि विश्रामस्थल निर्माण, समुदायमा स्वास्थ्य अन्तरक्रिया संचालन, फोहर व्यवस्थापनका लागि एन्सिलेटर जडान गर्ने ६ बँुदे कार्ययोजना निर्माण गरिएको छ । पत्रकार राकेश कुमार मिश्रले सहजीकरण गरेको कार्यक्रममा स्वास्थ्य व्यवस्थापन समितिका उपाध्यक्ष गिरवर बर्मा, युवा अगुवा रामानन्द पाण्डे लगायतले बोल्नुभएको थियो ।