स्वास्थ्य/जीवनशैलीमा रहेका समाचारहरु

असी वर्षपछि अस्पतालले पायो फार्मेसी सेवा

नवलपरासी: स्थापना भएको करिब ८० वर्षपछि नवलपरासी जिल्लाको पृथ्वी चन्द्र अस्पतालमा फार्मेसी सेवा शुरु भएको छ । पटक पटकको अथक प्रयासपछि मन्त्रालयले रकम उपलब्ध गराएपछि जिल्लाको एक मात्र पृथ्वीचन्द्र अस्पतालले फार्मेसी सेवा सञ्चालन गरेको हो । नाफामूलकभन्दा पनि सेवामूलक भावनाले फार्मेसी सेवा सञ्चालन गरिएको अस्पताल विकास समितिका अध्यक्ष सन्तोष श्रीवास्तवले जानकारी दिनुभयो । चौबिसै घण्टा र बाहिर औषधि पसलभन्दा सस्तो मूल्यमा औषधि उपलब्ध गराउने उद्देश्यले अस्पतालमै फार्मेसी सेवा शुरु भएको हो...

आजदेखि देशभरका सरकारी अस्पतालका इमर्जेन्सी सेवा बाहेक अरु सबै बन्द

नेपालगंज: सरकारी चिकित्सक सङ्घ (गोदान) ले आज देशभरका सरकारी अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द गरेको छ ।त्रिवि शिक्षण अस्पतालमा चिकित्सा शिक्षा विधेयक पारित गर्नुपर्नेलगायतको माग राख्दै १९ दिनदेखि आमरण अनशनमा बसेका डा गोविन्द केसीको माग सम्बोधनका लागि दबाब दिँदै सङ्घले आज आकस्मिक बाहेकका सेवा बन्द गरेको हो । बिहीबार आकस्मिक बैठक बसेर आजदेखि सम्पूर्ण अस्पतालमा आकस्मिक बाहेकका सेवामा संलग्न नहुने निर्णय गरेको हो । संघले यसअघि चरणबद्ध आन्दोलन गर्दै आएको...

लमही अस्पतालका चिकित्सकहरु आज बाट आन्दोलनमा

दशरथ घिमिरे/दाङ: लमही अस्पतालमा कार्यरत सरकारी चिकित्सकहरुले शुक्रवार वाट आकस्मीक वाहेक अन्य उपचार सेवामा सहभागी नहुने भएका छन् । डाक्टर गोविन्द केसीको माग सम्वोधन गराउनको लागी सरकारी चिकित्सकहरु पनि आन्दोलनमा उत्रिएका हुन् । लमही अस्पतालका डाक्टर ईश्वरी खनाल र विमलेश कुमार गुप्ताले संयुक्त विज्ञप्ती जारी गर्दै अनसनमा वस्नु भएका डाक्टर केसीको स्वास्थ्यवस्था निकै कमजोर हुदै गएको भन्दै डाक्टर केसीको जिवन रक्षाको माग गरिएको छ । सरकारी चिकीत्सक संघको वैठकको निर्णय कार्यान्वयन...

ग्रामीण क्षेत्रका महिला सेनेटरी प्याड प्रयोग गर्न थाले

बैतडी । बैतडीको ग्रामीण क्षेत्रका महिला महिनावारी भएका बेला सरसफाइमा ध्यान दिन थालेका छन् । पहिले चार दिनसम्म ननुहाउने महिला अहिले महिनाबारी भएको सेनेटरी प्याडसमेत प्रयोग गर्न थालेका छन् । सामुदायिक सिकाइ केन्द्र श्रीकोटले महिलालाई सेनेटरी प्याड बनाउने तरिका र प्रयोग गर्ने तरिकाका बारेमा तालीम दिएपछि उनीहरु सेनेटरी प्याड प्रयोग गर्न थालेको सामुदायिक सिकाइ केन्द्र श्रीकोटका रामचन्द्र अवस्थीले जानकारी दिनुभयो । सेनेटरी प्याडको प्रयोगले महिनावारी भएको बेला महिलालाई सजिलो हुने स्थानीयवासी...

सेनाको सर्पदंश केन्द्रः धेरैको ज्यान जोगियो

मेनका चौधरी, बर्दिया । पछिल्ला केही वर्षयता यहाँ विषालु सर्पको बिगबिगी बढ्दै गएको छ । निकै लामो समयसम्म वर्षा नहुँदा र निकुञ्ज आसपासका सामुदायिक वनमा आगलागी भएपछि वन छेउ नजिकैका गाउँघर तथा निकुञ्ज र सामुदायिक वन आसपास स्थानीय भाषामा फेटारा, डुम, महेर, गरैच र धमला (गोमन, राजगोमन, करेत, साखड) सर्प फेला परेका छन् । गुलरिया, राजापुर, बाँसगढी, बारबर्दिया, ठाकुरबाबा, मधुवन नगरपालिकाका नेउलापुर, शिवपुर, बगनाह, सूर्यपटुवा, ठाकुरद्वारा, सानोश्री, ढोढरीलगायत गाउँमा घरगोठभित्र विषालु...

गत आ.व.मा क्षेत्रिय रक्तसञ्चार केन्द्र नेपालगञ्जले ११ हजार २ सय ५७ युनिट संकलन

कमला हमाल, नेपालगन्ज । आर्थिक बर्ष २०७३/०७४ मा क्षेत्रिय रक्तसञ्चार केन्द्र नेपालगञ्जले ११ हजार २ सय ५७ युनिट संकलन गरेका छ । यस्तै १२ हजार ६ सय ३६ युनिट रगत वितरण गरेको छ । रक्तसञ्चारको मुख्य स्रोत भनेको स्वयमसेवक रक्तदाताबाट संङलन हुन्छ । जुन ८३. ६० प्रशित रहेको छ । त्यस्तै रगत चाहिनेमा सवैभन्दा बढी महिला रहेका छन् । यस आर्थिक बर्षमा मात्र ८ हजार २ सय २४ जना...

बाँकेका डाक्टरहरुद्वारा गरिएको बिरोधका कार्यक्रम फिर्ता

नेपालगंज: नेपाल चिकित्सक संघ बाँकेले आन्दोलनका सम्पूर्ण कार्यक्रम स्थगन गरेको छ । चिकित्सकमाथि दुव्र्यवहार गर्ने र माँ जानकी अस्पताल तोडफोडमा संलग्न भनिएका २ जनालाई पक्राउ गरी कारवाही अघि बढाईएपछि चिकित्सकहरुको आन्दोलन फिर्ता भएको संघका सचिव डक्टर आर.के. झाले बताए । डक्टर श्याम सुन्दर यादवमाथि दुव्र्यवहार र अस्पतालमा तोडफोड गरेको आरोपमा बाँके प्रहरीले सन्दीप सिंह र महेश खतिवडालाई पक्राउ गरेको हो । त्यस्तै तोडफोडका मुख्य नाईके भनिएका एमालेको भ्रातृ संगठन युवा...

आज पनि बाँकेका अस्पतालमा कामकाज ठप्प

नेपालगञ्ज: चिकित्सकमाथि हातपात र अस्पतालमा तोडफोड भएको विरोधमा नेपाल चिकित्सक संघ भेरीको अगुवाईमा चिकित्सकहरुले आज दोस्रो दिन पनि बाँकेका अस्पतालमा कामकाज ठप्प पारेका छन् । इमरजेन्सीबाहेक अन्य सम्पूर्ण स्वास्थ्य सेवा ठप्प पारेर आन्दोलनमा उत्रिएपछि सयौं विरामीहरु विचल्लीमा परेका छन् । गएको असार २८ गते माँ जानकी अस्पतालमा डा। श्यामसुन्दर यादवमाथि हातपातको प्रयास तथा दुव्र्यवहार भएको चिकित्सक संघले जनाएको छ । दोषीहरुलाई पक्राउ नगरिएसम्म आन्दोलन जारी राख्ने संघका भेरी सचिव...

आकस्मिक स्वास्थ्य सेवामा लगाइएको शुल्क फिर्ता गर्न थर्ड एलायन्सको माग

नेपालगंज:नेपालगन्ज स्थित भेरी अञ्चल अस्पताल विकास समितिले इमर्जेन्सी सेवाका लागि शुल्क तोकेको कार्यप्रति थर्ड एलायन्सले गम्भीर ध्यानाकर्षण गराएको छ । समितिको बैठकले आपतकालीन उपचारका लागि भर्ना हुनु अगावै बिरामीले २५ रुपैयाँको रसिद काट्नुपर्ने गरेको निर्णय तत्काल सच्याउन थर्ड एलायन्सले माग समेत गरेको छ । संविधानले प्रत्येक नागरिकका लागि निःशुल्क स्वास्थ्य उपचारको ग्यारेन्टी गरिसकेको अवस्थामा पनि अस्पतालले आपतकालीन सेवाका लागि शुल्क निर्धारण गर्नु निन्दनीय कार्य भएको थर्ड एलायन्सले जनाएको छ । नेपालको...

आजदेखि बाँकेमा अस्पतालका आकस्मिक बाहेक सम्पूर्ण सेवा बन्द

कमला हमाल/नेपालगंज:चिकित्सकमाथि हातपातको प्रयास र अस्पतालमा तोडफोड भएको भन्दै चिकित्सकहरुले आजदेखि बाँकेमा अस्पतालका आकस्मिक बाहेक सम्पूर्ण सेवा बन्द गरेको घोषणा गरेका छन् । नेपाल चिकित्सक संघ भेरीले सरकारी अस्पताल, मेडिकल कलेज, निजी अस्पताल, नर्सिङ होम र निजी क्लिनिक बन्द गर्ने निर्णय गरेको हो । अन्य सेवा बन्द भए पनि आपत्कालीन सेवा भने संचालन हुने जनाईएको छ ।गएको असार २८ गते माँ जानकी अस्पतालमा डा. श्यामसुन्दर यादवमाथि हातपातको प्रयास तथा...