स्वास्थ्य/जीवनशैलीमा रहेका समाचारहरु

पूर्वगृहमन्त्री बस्नेत आठ क्विन्टल औषधि सहित पुगे जाजरकोट

पुस २९,जाजरकोट । पूर्वगृहमन्त्री तथा माओवादी केन्द्रका  साँसद शक्तिबहादुर बस्नेत र स्वास्थ्य सचिव पुष्पा चाैधरी आठ क्विन्टल औषधि र स्वास्थ्यकर्मीकाे टाेली लिएर जाजरकोटको भाइरल प्रभावित क्षेत्र पुगेका छन् । जाजरकोटको जुनीचाँदे गाउँपालिकामा केही समयदेखि फैलिएकाे भाइरल नियन्त्रणमा अाउन सकेकाे छैन । भाइरलका कारण अहिलेसम्म १३ जनाकाे ज्यान गइसकेकाे छ भने कैयन संक्रमित छन् । प्रकाेप नियन्त्रणमा नअाइरहेका बेला शनिबार जिल्लाका सांसद् र चिकित्सकसहितकाे  टाेली  वडा नम्बर १, २ र ३ मा...

जाजरकोटमा भाइरल ज्वरोको प्रकोपबाट ज्यान गुमाउनेको संख्या १४ पुग्यो

जाजरकोट, पुष २६ । जाजरकोटमा तीन हप्तादेखि फैलिएको भाइरल ज्वरोको प्रकोपबाट ज्यान गुमाउनेको संख्या १४ पुगेको छ । मंगलबार थप तीनजनाको ज्यान गएपछि भाइरल ज्वरोकै कारण ज्यान गुमाउनेको संख्या १४ पुगेको हो । भाइरल प्रभावित क्षेत्रमा सक्रिय डा. पवन शाक्यका अनुसार मंगलबार बिहान जुनीचाँदे गाउँपालिका–३ रावलगाउँका ५४ वर्षका लालबहादुर भण्डारीको ज्वरो र पखालाका कारण ज्यान गएको छ । यस्तै जुनीचाँदे गाउँपालिका–२ का रामबहादुर नेपालीको पनि भाइरल ज्वरोले ज्यान गएको छ...

डा.केसीको समर्थनमा आज बिहानै देखि प्रदर्शन शुरू

काठमाडौं, पुस २५ । सर्वोच्च अदालतको मानहानी गरेको आरोपमा सोमबार राति पक्राउ परेका डा. गोविन्द केसीको समर्थनमा माइतीघर मण्डलामा मंगलबार बिहानैदेखि प्रदर्शन सुरु भएको छ । डा. केसीका समर्थकहरुले उनको रिहाइ र सर्वोच्चको फैसलाको खारेजीको माग गर्दै मंगलबार बिहानैदेखि प्रदर्शन गरेका हुन् । सर्वोच्चको आदेशबाट सोमबार राति डा. केसीलाई पक्राउ गरिएपछि यसको चौतर्फी आलोचना भइरहेको छ । यहीबीच उनका समर्थकले माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन् । प्रदर्शनमा राजनीतिक दलका नेतादेखि विभिन्न पेसाकर्मी सहभागी...

बैजनाथ निशुल्क स्वास्थ्य शिविरमा ३०० बढीलाई स्वास्थ्य सेवा

पुस २२, नेपालगन्ज।बाकेको बैजनाथ गाउँपालिका १ चिसापानी स्थित क्रियटिभ स्र्कल्स एकेडेमीमा आयोजित निशुल्क स्वास्थ्य शिविरमा ३०० बढीलाई स्वास्थ्य सेवा प्रदान गरिएको छ । शनिवार सम्पन्न शिविरबाट ब्लड पे्रसर, सुगर तथा अन्य समस्याका विरामीहरुले सेवा लिएको आयोजकले जनाएको छ । शिविरमा नेपालगन्ज स्थित भेरी अञ्चल अस्पतालका फिजिसियन डाक्टर खगेन्द्र जंग शाहाले विरामीहरुको चेकजाच गर्नुभएको थियो । डाक्टर शाहाका अनुसार २०० बढीमा ब्लड पे्रसरको समस्या र केहीमा सुगरको समस्या देखिएको जानकारी दिनुभयो...

शिविरमा १९ जना बिरामीको निःशुल्क शल्यक्रिया

रुकुम, १७ पुस : रुकुम पश्चिमको चौरजहारी अस्पतालमा शल्यक्रिया सेवा शुरु गरिएको एक साताको अवधिमा १९ जना बिरामीको सफल शल्यक्रिया गरिएको छ । जटिल समस्या भएका बिरामीलाई लक्षित गरेर शिविर सञ्चालन गरिएको हो । मानव विकास तथा सामुदायिक सेवाद्वारा सञ्चालित चौरजहारी अस्पतालको आयोजनामा सञ्चालन भएको शिविर एक महिनासम्म सञ्चालन हुने अस्पताल प्रशासक डिलबहादुर गिरीले जानकारी दिनुभयो । शिविरमा हाडजोर्नी, आगोले पोलेर शरीर अंगभंग भएको, महिलाको पाठेघर तथा पेटसम्बन्धी समस्या भएका बिरामीको...

यौनाङ्गमा यस्तो समस्या त छैन ?

महिलाहरुमा यौनाङ्ग सम्बन्धी अनेक समस्या हुन्छन् । यद्यपी उनीहरु यसबारे बताउन लाज मान्छन् । असहज मान्छन् । जबकी त्यही समस्याले क्रमस जटिलता ल्याउन सक्छ । उनीहरुमा यौनाङ्गको संक्रमण हुने संभावना अत्याधिक रहन्छ । मासिक स्रावको बेला मात्र होइन, अन्य दिनमा पनि यौनाङ्गको सरसफाई अति आवश्यक हुन्छ । तर, जानेर वा नजानेर उनीहरुले यसतर्फ ख्याल राख्दैनन् । नतिजा के हुन्छ भने, यौनाङ्गको संक्रमण । यहि संक्रमणले विभिन्न यौनजन्य रोग निम्त्याउँछ । योनीको...

अम्बाको पात फलभन्दा उपयोगी, यस्ता छन् फाइदा !

नेपालगन्ज । नेपालमा अम्बा सर्वसुलभ रूपमा पाइने फल हो । नेपालका प्रायः ठाउँमा यसको उत्पादन हुन्छ । तर, मानिसले यसको फल मात्र प्रयोग गर्दछन् । अचम्मको विषय त यो छ कि अम्बाको पात फलभन्दा पनि बढी उपयोगी हुन्छ । अम्बाको पातमा दर्जनौँ रोग निको पार्न सक्ने औषधीय गुण हुन्छ । यी हुन्, अम्बाको पातका फाइदा : अम्बाको पात खाँदा मुखको छालालाई स्वस्थ र सुरक्षित राख्ने काम गर्दछ । तपाईं डन्डिफोरको समस्याबाट...

लमहीको फलोरेन्स अस्पतालमा महिलाको अन्डाशयको सफल शल्यक्रिया

दाङ: लमहीको फलोरेन्स अस्पतालमा एक महिलाको अन्डाशयमा पानी भरिएको रोगको सफल शल्यक्रिया भएको छ । महिलाको अन्डाशयमा पानी भरिदा महिनावारीमा समस्या उत्पन्न हुने, संक्रमण भई अन्डाशय नष्ट हुने, दुखाई वढी हुने जस्ता लक्षणहरु देखा पर्ने फलोरेन्स अस्पतालका प्रमुख डा. पुष्प भुसालले जानकारी दिए । लमही नगरपालीका वडा नं. ३ टिकुलीगढ निवासी २२ बर्षिय दुर्गा चौधरीको शल्यक्रिया गरिएको हो । महिला तथा प्रसुती रोग विशेषज्ञ डा. विनोद सिंह, जनरल सर्जन डा....

चिस्यानका कारण बाँकेका बाढी प्रभावित क्षेत्रमा विभिन्न खाले संक्रमणहरु देखिन थाले

बाँके: बाँकेको बाढी प्रभावित क्षेत्रका स्थानियमा चिस्यानका कारण विभिन्न खाले संक्रमणहरु देखिन थालेका छन् । बाढिका कारण विस्थापित भएका र घरभित्र समेत बाढि पसेका घरमा बस्ने स्थानियहरुमा छालासँग सम्बन्धित विभिन्न खाले संक्रमण देखि थालेको स्थानियहरुले बताएका छन् । यससँगै उनीहरुमा झाडापखाला र भाईरल ज्वरोको प्रकोप पनि देखा परेको छ । राप्तिसोनारी गाउँपालिका ७ वडाध्यक्ष रामलखन थारुले आफ्नो वडाका ४ सय वढि बाढि प्रभावितहरुको छालामा विभिन्न खाले संक्रमण देखिएको बताउनुभयो...

भारतबाट अभैद रुपमा औषधि भित्र्याएका ३ जना बिरुद्द बाँके जिल्ला अदालतमा मुद्दा दायर

नेपालगंज: औषधि व्यवस्था विभाग नेपालगन्ज कार्यालयले आज बाँके जिल्ला अदालतमा तिनजनाविरुद्ध मुद्धा दायर गरेको छ । साउन १४ गते जमुनाह नाका हुँदै भारतबाट अवैद रुपमा भित्र्याउँदै गरेको औषधि सहित पक्राउ परेका तिन जना विरुद्ध मुद्धा दायर गरिएको हो । दैलेखका खगेन्द्र शाहि, हरिकला शाहि र लोकेन्द्र शाहिलाई विभागले ३४ प्कारका ३ कार्टुन औषधि बरामद गरेको थियो । पक्राउ परेको १३ दिनसम्म अनुसन्धानपछि उनीहरुलाई आज जिल्ला अदालतमा अवैद्य औषधि ओसारपसार...