आजदेखि बाँकेमा अस्पतालका आकस्मिक बाहेक सम्पूर्ण सेवा बन्द
प्रकाशित मिति : २०७४, ३ श्रावण मंगलवार १६:१९
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
कमला हमाल/नेपालगंज:चिकित्सकमाथि हातपातको प्रयास र अस्पतालमा तोडफोड भएको भन्दै चिकित्सकहरुले आजदेखि बाँकेमा अस्पतालका आकस्मिक बाहेक सम्पूर्ण सेवा बन्द गरेको घोषणा गरेका छन् । नेपाल चिकित्सक संघ भेरीले सरकारी अस्पताल, मेडिकल कलेज, निजी अस्पताल, नर्सिङ होम र निजी क्लिनिक बन्द गर्ने निर्णय गरेको हो । अन्य सेवा बन्द भए पनि आपत्कालीन सेवा भने संचालन हुने जनाईएको छ ।गएको असार २८ गते माँ जानकी अस्पतालमा डा. श्यामसुन्दर यादवमाथि हातपातको प्रयास तथा दुव्र्यवहार भएको र अस्पतालमा तोडफोड भएको थियो । चिकित्सकलाई हातपात तथा दुव्र्यवहार र अस्पतालमा तोडफोड गर्नेबिरुद्द जिल्ला प्रशासनमा लिखित उजुरी दिए पछि अहिले जिल्ला प्रहरी कार्यालयमा दुवै पक्षबिच छलफल भैरहेको छ । घटनामा संलग्न भनिएका सन्दिप सिंह, महेश खतिवडा, यादव बस्याल, कमल शाही लगायतलाई कारवाहीको माग गरीएको छ ।
Advertisement