स्वास्थ्य/जीवनशैलीमा रहेका समाचारहरु

मुटु स्वस्थ राख्न चाहनुहुन्छ ? यस्ता खानेकुरामा ध्यान दिनुस्

हामीले स्वस्थ्य रहनका लागि खानपानमा विशेष ध्यान दिनु आवश्यक छ । शरीरलाई आवश्यक क्यालोरि मिलाएर खाएको खण्डमा अनेक खालको रोगका समस्यालाई कम गर्न सकिन्छ । त्यसकालागि खानपानमा विशेष ध्यान दिन जरुरी छ । खानालाई सन्तुलित गर्न सकियो र नियमित रुपमा व्यायाम गर्न सकिएको खण्डमा धेरै किसिमका रोगहरुबाट मुक्ति पाउन सकिन्छ । हर्ट अट्याक, सुगर लगायतका समस्या समाधानमा खानपानको समेतत विशेष भूमिका रहेको हुन्छ । बिहान–बेलुकाको खानामा हरियो साग हुनु अत्यन्त लाभदायी...

विश्व जनसंख्या दिवसका अवसरमा आज नेपालगंजमा अन्र्तक्रिया कार्यक्रम

नेपालगंज: आज विश्व जनसंख्या दिवसका अवसरमा आज नेपालगंजमा अन्र्तक्रिया कार्यक्रम गरीएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय बांकेको आयोजनामा पत्रकारहरु संग गरीएको अन्र्तक्रिया कार्यक्रमकाममा कार्यालयका तथ्यांक सहायक युवराज अधिकारीले जनसंख्या बृद्धिदरका बिषयमा कार्यपत्र पत्रस्तुत गर्नुभएको थियो । तथ्यांक अनुसार बांकेमा ४ लाख ९१ हजार ३ सय १३ जनसंख्या रहेको छ । दिवसका अवसरमा बांकेमा यसअघि विकसित राष्ट्र र ससत्तिकरणका लागि परिवार नियोजनको भुमिका बिषयमा अन्र्तर विद्यालय स्तरीय निवन्ध प्रतियोगिता सम्पन्न...

मृगौला चोरी प्रकरणमा न्यायिक आयोग बनाएर छानविन गरियोस्: सांसद( माओवादी केन्द्र)

काठमाडौं : मनमोहन मेमोरियल अस्पतालबाटै विरामीको ‘मिर्गौला चोरी’ प्रकरणले व्यवस्थापिका संसदमा प्रवेश पाएको छ ।संसदको शुक्रबारको बैठकमा विशेष समय लिएर बोल्दै माओवादी केन्द्रका सांसद रामनारायण विडारीले इमान्दार नेताको नाममा खुलेको अपस्तालले विरामीको मिर्गौला चोरी गरेको खबरले देशवासी स्तब्ध भएको बताए । उनले भने, ‘अस्पतालको बकपत्र पढेपछि भयंकर बेइमानी गरेको रहेछ कि भन्ने भन्ने देखियो । यसमा कोको संलग्न छन् ? न्यायिक आयोग बनाएर छानविन गरियोस् ।’यो विषयमा छानविन नगर्ने हो...

कोहलपुरमा बृहत रक्तदान कार्यक्रम आयोजना

कोहलपुर:नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा बाँकेको स्वर्ण जयन्ती तथा विश्व रक्तदाता दिवसको अवसरमा आज कोहलपुरमा बृहत रक्तदान कार्यक्रम आयोजना गरीएको छ । नेपाल रेडक्रस सोसाइटी उपशाखा कोहलपुरको आयोजनामा रक्तदान कार्यक्रम आयोजना गरीएको हो । कार्यक्रमका प्रमुख अतिथी जिल्ला रेडक्रस सोसाइटी बाँकेका अध्यक्ष गोवर्दन सिंह सम्झनाले रगत अभावबाट कसैको पनि ज्यान नजाओस भन्नका लागी पनि रडेक्रसले निरन्तर रुपमा रक्तदान कार्यक्रम सञ्चालन गरीरहेको बताउनुभयो । अध्यक्ष सम्झनाले गर्मी मौसममा अझ बढी...

चार सयभन्दा बढी महिलाको निःशुल्क उपचार

बागलुङ । जैमिनी नगरपालिका–९ पैंयुथन्थापमा भएको स्त्रीरोगसम्बन्धी बहृत् निःशुल्क स्वास्थ्य शिविरबाट चार सय ५७ जना महिलाले लाभ लिएका छन् । दुईदिने शिविरमा पाठेघरको जटिल समस्यादेखि सामान्य स्त्रीरोगका बिरामीले जाँच र उपचार सेवा पाएका हुन् । ग्रामीण भेगका महिलालाई लक्ष्य गरी गैरआवासीय नेपाली सङ्घ हङकङ र पैंयुथन्थाप स्वास्थ्यचौकी मिलेर शिविर चलाएका हुन् । जाँच गराएकामध्ये सात महिलाको पाठेघरको शल्यक्रिया गरिएको स्वास्थ्यचौकीका प्रमुख कुष्मराज सुवेदीले जानकारी दिनुभयो । समस्याको निदान शिविरमै भए पनि...

एक बर्षसम्म पुग्ने औषधी मौजाद रहेको छ:नेपाल औषधी उत्पादक संघ

काठमाडौं। नेपाली औषधी उत्पादकहरुसँग एक बर्षसम्म पुग्ने औषधी मौजाद रहेको र कम्तिमा ९० दिनलाई पुग्ने कच्चा पदार्थ समेत रहेको नेपाल औषधी उत्पादक संघले प्रष्ट पारेको छ। कुनै विशेष औषधीको माग भएको अवस्थामा कुनैपनि औषधीको अभाव नहुने प्रतिवद्धता समेत संघले व्यक्त गरेको छ। केहि सञ्चार माध्यममा १५ दिनपछि देशैभरि औषधीको अभाव हुने आसयका समाचार आए लगत्तै बसेको औषधी उत्पादक संघको आकस्मिक वैठकमा सहभागि औषधी उत्पादकहरुले औषधीको कुनै अभाव नहुने र...

मेडिकल कलेज सञ्चालन गर्न पहल हुने

धनगढी । त्रिविवि शिक्षण अस्पतालका प्राध्यापक डा गोविन्द केसीले कैलालीको गेटामा निर्माणाधीन मेडिकल कलेज आगामी तीन वर्षमा सञ्चालनमा ल्याउन आफूले पहल गर्ने बताउनुभएको छ । कलेज भवनको निर्माण कार्यबारे जानकारी लिन बुधबार गेटा पुग्नुभएका उहाँले पत्रकारसँग कुरा गर्दै माफियासँग मिलेर केही नेताले कलेज निर्माणको प्रक्रिया रोक्न खोजेकामा आफ्नो दबाबपछि शिलान्यास भई निर्माण कार्य अघि बढेको दाबी गर्नुभयो । उहाँले माफियासँग मिलेर निजी मेडिकल कलेज सञ्चालन गर्ने काम बन्द गराउन आफू निरन्तर...

रोल्पा जिल्ला अस्पतालको मुहार फेरिँदै

रोल्पा । जिल्ला अस्पताल रोल्पाको मुहार फेरिने भएको छ । यही आर्थिक वर्ष २०७३÷७४ को असार मसान्तभित्र अस्पताल मर्मत सम्भार पूरा गर्नका लागि २०७३ साल चैत २२ गते स्वास्थ्य सेवा विभागबाट रु एक करोड दश लाखको बजेट सुनिश्चितता प्राप्त भएपछि जिल्ला स्वास्थ्य कार्यालय रोल्पाअन्तर्गत रहेको अस्पतालको मुहार फेरिन लागेको अस्पतालले जनाएको छ । यसमध्ये रु एक करोड जिल्ला अस्पताल मर्मत सम्भारमा खर्च हुनेछ भने बाँकी रु १० लाख जिल्लाका जुनसुकै...

खुल्दैनन् पाठेघर खस्ने समस्या भएका रोल्पाली महिलाहरु

कविता उपाध्याय,रोल्पा । रोल्पामा आङ (पाठेघर)खस्ने समस्या भएका महिला अझै पनि खुलेर बाहिर वा स्वास्थ्य संस्थासम्म आउन सकिरहेका छैनन् । कसैको करकापमा जाँचका लागि स्वास्थ्य संस्थामा आइपुग्ने महिला पनि आफ्नो समस्याका बारेमा खुल्न नसक्ने, लजाउने, बोल्दा हिच्किचाउने, समस्या देखाउँदा श्रीमान्ले दोसं्रो विवाह गर्ने डरले चिन्तित बन्ने तथा ती महिलामा मानसिक असर पर्ने गरेको अस्पतालले जनाएको छ । जिल्ला अस्पताल रोल्पाका डा नजिर खानले भन्नुभयो ¬– “जटिल समस्या नआउँदासम्म आङ खसेका...

अस्पताललाई सेवाका आधारमा बर्गीकरण हुने

काठमाडौ । स्वास्थ्य मन्त्रालयले देशमा सञ्चालित अस्पतालहरुलाई सेवाका आधारमा बर्गीकरण गर्ने भएको छ ।बिहीबारको मन्त्रिपरिषद बैठकले नेपाल स्वास्थ्य विकास पुर्वाधार-२०७४ पारित गरेपछि अस्पतालको बर्गीकरणका लागि बाटो खुलेको हो । यसअघिसम्म राज्यको संरचना र शय्याको संख्याको आधारमा मात्रै बर्गीकरण गरिएकोमा अबदेखि सेवाका आधारमा स्वास्थ्य संस्थाका आधारमा बर्गीकरण हुनेछ । कुन अस्पतालमा कस्तो सेवा, पूर्वाधार, जनशक्ति र उपकरण छ त्यसैका आधारमा बर्गीकरणको मापदण्ड तोकिएको स्वास्थ्य मन्त्री गगनकुमार थापाका प्रमुख सल्लाहकार प्रताप पौडेलले जानकारी...