सन्तान जन्माउन मन छैन ? यो लेप लगाउनुस्
प्रकाशित मिति : २०७३, २५ माघ मंगलवार २१:१९
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
लोग्नेमानिसहरूका लागि गर्भनिरोधक एउटा लेप आएको छ । यो क्रीम राखेपछि शुक्रकीटको प्रवाह बन्द हुन्छ ।
Advertisement
बाँदरहरूमाथि गरिएको परीक्षण सफल भएपछि अब मानिसलाई यो क्रीम लगाउन दिइने भएको छ ।
भ्यासलक्रीमलाई पुरुषको ट्युबमा हालिनेछ । क्रीमले शुक्रकीटलाई लिंगमा जान दिँदैन ।
यस्तो नयाँ गर्भनिरोधक ल्याउने कम्पनीले दुई वर्षको परीक्षणपछि यो क्रीमले काम गर्ने पत्ता लागेको बतायो । केही वर्षभित्रैमा पुरुषहरूमा यसको प्रयोग गर्न सकिने उसको विश्वास छ ।
यो प्रयोग सफल भयो अनि यसलाई कानूनी स्वीकृति पनि प्राप्त भयो भने केही वर्षभित्रै भ्यासलजेलले पुरुष गर्भनिरोधक बनाउनेछ ।
अहिले पुरुषहरू दुई तरिकाले गर्भनिरोध गरिरहेका छन् ः कन्डम र भ्यासेक्टोमीद्वारा । भ्यासलजेल आयो भने त्यो पनि एकप्रकारको भ्यासेक्टोमी नै हुनेछ ।
भ्यासेक्टोमीभन्दा विपरीत पुरुषले बच्चाका सम्बन्धमा फैसला परिवर्तन गर्न चाह्यो भने भ्यासलजेलले त्यो विकल्प पनि दिनेछ ।