स्वास्थ्य/जीवनशैलीमा रहेका समाचारहरु

पाँच बालबालिका जन्मँदै एचआइभी एड्स सङ्क्रमित

रोल्पा, १९ फागुन । रोल्पामा पाँच बालबालिका जन्मँदै एचआइभी एड्स सङ्क्रमित भएका छन् । प्रवासी बाबु तथा घरमा रहेकी आमाबाट जन्मेका निर्दाेष पाँच बालबालिका एचआइभी एड्स सङ्क्रमित भएर जीवन जीउँदै आएको रोल्पा प्लसका अध्यक्ष राधा विकले जानकारी दिनुभयो । उहाँका अनुसार वैदेशिक रोजगारीका शिलशिलामा विभिन्न मुलुकमा पुगेका युवा एचआइभी एड्स सङ्क्रमित भएर स्वदेश फर्किसकेपछि उनीहरुबाट जन्मेका बालबालिका एचआइभी एड्स सङ्क्रमित भएका हुन् । यसरी सङ्क्रमित बाबुआमाबाट जन्मेका बालबालिकाले निरन्तर औषधि सेवन...

पाल्पामा मातृशिशु मृत्युदर न्यून

पाल्पा, १४ फागुन । पाल्पाका विभिन्न स्वास्थ्य संस्थामा आमा सुरक्षा कार्यक्रम लागू भएपछि मातृशिशु मृत्युदरमा कमी आएको छ । आमा सुरक्षा कार्यक्रमबाट प्रभावित भई हिजोआज स्वास्थ्य संस्थामा नै गएर बच्चा जन्माउने महिलाको सङ्ख्या बढ्दो छ । जिल्ला जनस्वास्थ्य कार्यालयले ग्रामीण तहदेखि सहरी क्षेत्रमा सञ्चालन गरेको आमा सुरक्षा कार्यक्रमले मातृ शिशु, नवजात शिशु र गर्भवती तथा सुत्केरी महिलाको मृत्युदरमा न्यूनता आएको छ । विसं २०६८ बाट सुरु भएको यस कार्यक्रमले स्वास्थ्य संस्थामा...

बच्चा गर्भमा रहँदा आमाको शरीरमा आउने परिवर्तन [भिडियोसहित]

नेपालगन्ज,१३ फागुन । बच्चा गर्भमा रहँदा आमा र बच्चाको शरीरमा आउने परिवर्तनको जानकारी दिने भिडियो सार्वजनिक भएको छ । चिकागोको म्युजिएम अफ साइन्स एण्ड इन्डस्ट्रि संस्थाबाट बाहिर ल्याएको उक्त भिडियोमा बच्चा गर्भमा रहँदा हुने विकासक्रम र आमाको शरीरमा आउने परिवर्तनका बारेमा एनिमेटेड दृश्य समावेश गरिएको छ । गर्भमा रहेको बच्चा बृद्धि हुँदै जाँदा आमाको शरीरभित्रका चलायमान दृश्य भिडियोमा देख्न सकिन्छ । बच्चा नजन्मेसम्म आमाको पेटमा रहँदा हुने बृद्धि हुने प्रक्रियालाई भिडियोमा हेर्न सकिन्छ...

खेतीमा विषादी प्रयोगको असर गर्भवतीमा बढी

बर्दिया, १३ फागुन । विषादी प्रयोग गरेको तरकारी तथा फलफूल सेवनले सबैभन्दा बढी असर गर्भवती महिलालाई हुने गरेको अध्ययनले देखाएको छ । नेपालमा पछिल्लो समयमा बढ्दै गएको विषादीको प्रयोगले गर्भवती महिला र नवजात शिशुमा नै क्यान्सर देखिएको वरिष्ठ कृषि विकास अधिकृत परशुराम रावतले जानकारी गराउनुभएको छ । महिलालाई क्यान्सर हुने, गर्भपतन हुनसक्ने, बच्चा अपाङ्ग हुने, सुस्तः मनस्थिति बन्ने लगायतका खतरा विषादीको प्रयोगका कारण हुने गरेको विषादी बिक्रेता तथा सरोकारवालासँग विषादीको...

स्तन र पाठेघरमा लाग्ने क्यान्सरको निःशुल्क उपचार हुने

काठमाडौँ, १२ फागुन । महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयले स्वास्थ्य मन्त्रालयको समन्वयमा महिलाको स्तन र पाठेघरमा लाग्ने क्यान्सरको निःशुल्क उपचारको व्यवस्था मिलाउन लागेको छ । अति महत्वकाङ्क्षी योजनाका रुपमा मन्त्रालयले यसका लागि आगामी बजेटमा रकम नै विनियोजन गर्न लागेको मन्त्रालयले जनाएको छ । हाल स्वास्थ्य मन्त्रालयले क्यान्सर रोगीका लागि आर्थिक सहयोगस्वरुप रु एक लाख प्रदान गर्ने गर्दछ । व्यवस्थापिका–संसद् महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा समाजकल्याण समितिको आजको बैठकमा महिला, बालबालिका तथा...

दुईलाख ४० हजारलाई हात्तीपाइलेविरुद्ध औषधि

बैतडी, १० फागुन । बैतडीमा यही फागुन २१, २२ र २३ गते हात्तीपाइले विरुद्धको आमऔषधि सेवन कार्यक्रम सञ्चालन हुने भएको छ । हात्तीपाइले रोग उन्मूलन गर्ने अभियानअन्तर्गत हात्तीपाइले विरुद्धको आम औषधि सेवन कार्यक्रम सञ्चालन गरिने जिल्ला स्वास्थ्य कार्यालय बैतडीका सूचना अधिकृत भुवन जोशीले जानकारी दिनुभयो । जोशीका अनुसार गर्भवती महिला, दुई वर्षमुनिका बालबालिका, सात दिनसम्मका सुत्केरी र सिकिस्त बिरामीबाहेकका सबैलाई हात्तीपाइले विरुद्धको औषधि खुवाइनेछ । जिल्लामा गएको पाँच वर्षयता हात्तीपाइले विरुद्धको...

विशेषज्ञ सेवासँगै दृष्टि प्रदा जाँच सेवा सुरु

दाङ, ३ फागुन । रक्षाचौरस्थित राप्ती आँखा अस्पतालले विशेषज्ञ सेवासँगै दृष्टि प्रदा जाँच सेवा सुरु गरेको छ । अस्पतालले दृष्टि प्रदा जाँच मेसिन खरिद गरी आजदेखि सेवा सुरु गरेको अस्पतालका नेत्र विशेषज्ञ ओमप्रकाश यादवले जानकारी दिनुभयो । रु ९० लाखको लागतमा तीनवटा उपकरण खरिद गरी सो अस्पताल र अन्तर्गतका लमही आँखा अस्पताल, बहादुरगन्ज आँखा अस्पतालमा उक्त सेवा सुरु गरेको अस्पतालले जनाएको छ । यो यो उपकरणले आँखामा जलबिन्दु भए नभएको र...

शहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रको सेवा भेरी अस्पतालमा विस्तार गरिने

नेपालगन्ज,१ फागुन। शहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रको सेवा भेरी अञ्चल अस्पतालमा विस्तार गरिने भएको छ ।आइतबार विहान बसेको बोर्ड बैठकले सेवा विस्तारको निर्णय गरेको स्वास्थ्यमन्त्री गगन थापाले जानकारी दिए । बोर्ड बैठकले भेरी अञ्चल अस्पतालबीच समझदारी पत्रमा हस्ताक्षर गर्ने अख्तियारी दिइएको छ । मन्त्री थापाले भने, १५/२० दिनभित्र सेवा विस्तार हुन्छ ।’ भेरीपछि गंगालालको सेवा जनकपुर अञ्चल अस्पतालमा विस्तार गर्ने योजना छ । यसबारे अध्ययन थाल्ने निर्णय पनि आइतबारको बोर्ड बैठकले...

स्थानीय विकास मन्त्री नै झाडु बोकेर हिडेपछि…

नेपालगन्ज,२९ माघ । नेपाल सरकारका संघिय मामिला तथा स्थानीय विकास मन्त्री हितराज पाण्डेले स्थानीय निकायले जनताको मन जितेर जनचाहाना अनुसार काम गर्नुपर्ने बताएका छन् । उनले शनिबार नेपालगन्जमा नेपालगन्ज उप–महानगरपालिकाले संचालनमा ल्याएको सामुदायिक सरसफाई कार्यक्रमको उद्दघाटन गर्दै बताएका हुन । उनले नेपालगन्ज उप–महानगरपालिकाको सरसफाई नेपालगन्ज कै नागरिकको दायित्व भएकोले आफ्नो नगरको विकासदेखि सरसफाईमा नागरिक चासो बढेर आउन सके विकास र सरसफाई दुबै हुने बताए । उनले भने–‘फोहर व्यवस्थापन गर्ने जिम्मेवारी उप–महानगरपालिकाको...

एक दिने निशुल्क आखाँ चेकजाँच शिविर सम्पन्न

कोहलपुर, २८ माघ । बागेश्वरी बहुमुखी क्याम्पस कोहलपुरले आज विद्यार्थीहरुलाइ लक्षित गदै एक दिने निशुल्क आखाँ चेकजाँच शिविर सम्पन्न गरेको छ । नेपाल रेडक्रस सोसाइटी क्षेत्रिय आखा अस्पताल सुर्खेतको र फतेवाल आखाँ अस्पतालको सहकार्यमा शिविर सञ्चालन गरीएको हो । क्याम्पसमा रहेका विद्यार्थीहरुमा आखाँमा हुने समस्यालाइ समाधान गर्न क्याम्पसले आखा शिविर सञ्चालन गरीएको क्याम्पस प्रमुख शिशिर कुमार शर्माले बताउनु्भयो । आखा शिविरको उद्घाटन गर्दै त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाययका डिन नवराज...