स्वास्थ्य/जीवनशैलीमा रहेका समाचारहरु
पाल्पा, २३ मङ्सिर । जिल्लामा हालसम्म दुईसय ९५ जना व्यक्ति एचआइभी एड्सबाट सङ्क्रमित भएका छन् । जिल्लाका स्वास्थ्य संस्थामा एचआइभी परीक्षणबाट २७ र जिल्लाबाहिर स्वास्थ्य परीक्षणबाट भेटिएका तीनजना सहित सङ्क्रमितको सङ्ख्या दुईसय ९५ जना पुगेको जिल्ला स्वास्थ्य कार्यालय, पाल्पाका सूचना अधिकारी माधव ज्ञवालीले बताउनुभयो । सङ्क्रमितमा एकसय ५७ पुरुष र एकसय ३८ महिला रहेका छन् । कुल सङ्क्रमितमध्ये १८ वर्ष मुनिका ३८ बालबालिका एचआइभी एड्सबाट सङ्क्रमित अवस्थामा रहेका छन् । सूचना...
काठमाडौँ, १४ मङ्सिर । नेपालमा असुरक्षित यौन सम्पर्कका करिब ८५ प्रतिशत एचआइभी सङ्क्रमण जोखिम रहेको छ । विश्व एड्स दिवसको पूर्वसन्ध्यामा राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रले आज आयोजना गरेको पत्रकारसम्मलेनमा बाँकी सङ्क्रमण सुईद्वारा लागुपदार्थ प्रयोग गर्ने, यौनकर्मी पुरुष समलिङ्गी तथा तेस्रोलिङ्गी, रोजगारीका लागि विदेसिने र जेलका कैदी सङ्क्रमणको उच्च जोखिममा रहेको केन्द्रका निर्देशक डा पौडेलले बताउनुभयो । यही मङ्सिर १६ गते अर्थात् डिसेम्बर १ मा विश्व एड्स दिवस पर्दछ ।...
फलेवास (पर्वत), १४ मङ्सिर । एचआइभी एड्सबाट पर्वत जिल्लामा १९ जना सङ्क्रमित रहेको पाइएको छ । तीमध्ये सातजना पुरुष, आठजना महिलामा एड्स सङ्क्रमण देखिएको हो । एड्स सङ्क्रमित हुने बालबालिकाको सङ्ख्या भने तीन रहेको छ । जिल्ला अस्पताल पर्वतले यही साउनदेखि तथ्याङ्क सङ्कलन अभियान सुरु गरेको छ । सङ्क्रमित रोगीले अहिले निरन्तर निःशुल्क औषधि सेवन गरिरहेका छन् । जिल्लामा सबैभन्दा बढी २५ वर्षदेखि ५० वर्षसम्मका पुरुष र महिलामा एचआइभी एड्स सङ्क्रमित...
वीरगन्ज, १० मङ्सिर । नेपाल सरकारले जिल्ला जनस्वास्थ्य कार्यालय पर्सालाई डेङ्गु रोगबारे जनमानसमा प्रचारप्रसार गर्न वार्षिक दुईलाख रुपैयाँ दिने गरेपनि प्रभावकारी रुपमा प्रचारप्रसार हुन नसक्दा डेङ्गु रोगको खतरा बढ्दै गएको छ । हाल यस क्षेत्रमा डेङ्गु रोगबाट एक भारतीयसहित ११ जना मानिस प्रभावित भई उपचार गराइरहेको यो कार्यालयले जनाएको छ । सो रोगबाट प्रभावित बिरामीमध्ये नेसनल मेडिकल कलेजमा ६ र बाँकी पाँचजनाको भवानी अस्पतालमा उपचार भइरहेको छ । एडिस एजिप्टाई जातको...
राजविराज, ९ मङ्सिर । विभिन्न माग राख्दै नेपाल सद्भावना पार्टी (गजेन्द्रवादी)का अध्यक्ष विकासकुमार तिवारीले राजविराजस्थित गजेन्द्रनारायण सिँह सगरमाथा अञ्चल अस्पतालको परिसरमा बुधबारदेखि आमरण अनशनमा बस्नुभएको छ । अस्पतालमा बालमैत्री, बिरामी बालबालिकालाई उपलब्ध हुने खानाको सुप्रबन्ध हुनुपर्ने, बिरामीलाई स्वस्थ, पोषिलो खाना, स्वच्छ पानी, अस्पतालमा नाक, कान, घाँटी, छाला, हाडजोर्नी, मुटु रोग, रेडियोलोजिस्ट लगायतका चिकित्सक, प्राविधिक उपलब्ध हुनुपर्ने र प्रसूतिगृह, निर्माणाधीन भवनको अविलम्ब निर्माण कार्य, चिकित्सकको आवासको व्यवस्थासहितका माग राख्दै अध्यक्ष तिवारी...
गुल्मी, ८ मङ्सिर । गुल्मीको वाग्ला गाविसका मिर्गौलाको रोगबाट पीडित एक बालकको जीवन रक्षार्थ स्थानीयवासीले सहयोग सङ्कलन अभियानलाई तीव्र पारेका छन् । वाग्ला–७, दुवानेटाका ठगप्रसाद घिमिरेका १६ वर्षीय छोरा सूर्य घिमिरे दुवै मिर्गौला फेल भई यति बेला जीवनमरणको दोसाँधमा रहेका छन् । उनलाई उपचारका लागि काठमाडौँको महाराजगन्जस्थित शिक्षण अस्पतालमा भर्ना गरिएपनि परिवारजन उपचार खर्चको अभावमा फर्किनुपर्ने अवस्था भएपछि स्थानीयवासी सहयोग सङ्कलनमा जुटेका हुन्् । स्थानीयवासी चुरामणि घिमिरे, मधु घिमिरे, गङ्गा घिमिरे,...
रत्ननगर (चितवन), २ मङ्सिर । स्क्रब टाइफस रोगबाट कात्तिकमा मात्रै चितवनमा चारजनाले ज्यान गुमाएका छन् । कात्तिक अन्तिम साता चितवनमा थप एक महिलाको मृत्यु भएपछि एकै महिनामा स्क्रब टाइफस रोगबाट मृत्यु हुने चार पुगेको हो । जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका अनुसार कात्तिक अन्तिम साता भरतपुर उपमहानगरपालिका–२२ निवासी ३५ वर्षीया महिलाको उक्त रोगका कारण मुत्यु पुष्टि भएको हो । ‘कात्तिक अन्तिम साता मृत्यु भएको जानकारी आएको थियो, भेरिफाई गर्दा स्क्रब टाइफस...
डा. सन्देश पन्थी,२९ कात्तिक ।मधुमेहलाई चिनी वा सुगर रोग पनि भनिन्छ । विश्वमा ४० वर्षमाथिका चार जना मानिसमध्ये एक जनालाई मधुमेह हुने गरेको पछिल्ला अध्ययनहरुले देखाएका छन् । मधुमेह बढ्दै जाँदा आँखा, मृगौला, मस्तिष्क, मुटु, नसा लगायत शरीरका विभिन्न अंगमा पनि थप समस्या बढ्दै जान्छ । दैनिक रुपमा ३० मिनेट व्यायाम गर्दा मात्र पनि मधुमेह लाग्ने सम्भावना ४० प्रतिशतसम्म घट्न सक्छ । मधुमेहका कारण सन् २०१२ मा मात्र विश्वभर ४८...
काठमाडौं, २८ कात्तिक ।सरकारले नवजात शिशुलाई सरकारी अस्पतालहरुमा नि:शुल्क स्वास्थ्य उपचार गर्ने भएको छ । स्वास्थसँग सम्बधित निकाय स्वास्थ मन्त्रालय तथा परिवार स्वास्थ्य महाशाखाले यस्तो व्यवस्था गरेको हो । २८ दिन भन्दा कम उमेरका नवजात शिशुको उपचारका लागि ५ हजारसम्मको उपचार निःशुल्क गरिएको स्वास्थ्य महाशाखाले जनाएको छ । सबै जिल्लामा दुई लाख बजेट विनियोजन भएको महाशाखाले बताएको छ । साथै कुनै पनि शिशु गम्भीर अवस्थामा छ र यसलाई अर्को कुनै...
२८ कात्तिक, काठमाडौं ।त्रिभुवन विश्व विद्यालयले चिकित्साशास्त्र अध्ययन संस्थान आईओएमको डीनमा केशवप्रसाद सिंहलाई नियुक्त गरेको छ । त्रिवि उपकुलपति तीर्थ खनियाँका अनुसार डिन सर्च कमिटीको सिफारिसका आधारमा सिंहलाई डीन नियुक्त गरिएको हो । नियुक्तिको पत्र बुझेपछि नवनियुक्त डिन श्रेष्ठले सबैलाई मिलाएर अघि बढ्ने बताए । डिन पद नौ महिनादेखि रिक्त थियो । र, डा. गोविन्द केसीले आईओएममा वरिष्ठताका आधारमा डिन नियुक्त गर्न सरकार र त्रिविलाई आइतबार दिउँसो २ बजेसम्मको अल्टिमेटम दिएका...