स्वास्थ्य/जीवनशैलीमा रहेका समाचारहरु

पाँच वर्षभित्रमा सबै स्वास्थ्य चौकीमा डाक्टरको नेतृत्व हुन्छ– स्वास्थ्य मन्त्री थापा

सोलुखुम्बु, १५ पुस । नेपाल सरकारका स्वास्थ्य मन्त्री गगन थापाले आगामी पाँच वर्षभित्रमा देशभरका सबै स्वास्थ्य चौकीमा एमबिविएस डाक्टरको नेतृत्व हुने बताउनुभएको छ । पर्यटन व्यवसायी वाङछु शेर्पाको स्मृतिमा याकु फाउन्डेसनले सोलुखुम्बुको टाप्टिङ गाविसमा स्थापना हुन लागेको अस्पतालको शिलान्यास गर्दै उहाँले अहिले तल्लो तहका स्वास्थ्यकर्मीको नेतृत्व रहेको स्वास्थ्य चौकीमा डाक्टरको उपस्थिति गराएर गाउँघरका नागरिकलाई उपचारका लागि टाढा पुग्नुपर्ने अवस्थाको अन्त्य गरिने बताउनुभयो । मन्त्री थापाले आगामी पाँच वर्षभित्रमा देशभरका सबै स्वास्थ्य...

फागुनभित्र दर्ता तथा नवीकरण नभए खारेज हुने

काठमाडौँ, १४ पुस । अवैध रुपमा धेरै निजी स्वास्थ्य संस्था सञ्चालन भएको पाइएपछि सरकारले उनीहरुलाई कानुनी दायरामा ल्याउन नयाँ व्यवस्था लागू गरेको छ । मन्त्रालयले अनुगमन गर्दा निजी अधिकांश स्वास्थ्य संस्था अवैध देखिएपछि मन्त्रालयले स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तरोन्नति मापदण्डसम्बन्धी निर्देशिका संशोधनसहित जारी गर्दै उनीहरुलाई कानुनी दायरामा ल्याएको हो । नयाँ निर्देशिका लागू भएपछि निजी स्वास्थ्य क्षेत्रको भद्रगोल अवस्था व्यवस्थित भई उनीहरुबाट भइरहेको लापरवाही नियन्त्रण हुनुका साथै स्वास्थ्य प्रणालीमा...

कास्कीमा सामाजिक स्वास्थ्य बिमाको दर्ता सुरु

पोखरा, १२ पुस । सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिले आजदेखि कास्कीमा सामाजिक स्वास्थ्य बिमाको दर्ता सुरु गरेको छ । पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको प्राङ्गणमा आज आयोजित कार्यक्रममा सांसदद्वय यज्ञबहादुर थापा र शारदा पौडेलले जनही रु दुई हजार पाँच सय तिरी स्वास्थ्य बिमाको फाराम भरेर कार्यक्रमको शुभारम्भ गर्नुभएको थियो । समितिले बिमा दर्ता प्रयोजनका लागि जिल्लामा एक सय सात जना दर्ता सहयोगी छनोट गरिसकेको छ । दर्ता सहयोगी घर घरमा गई पुस मसान्तसम्म...

पूर्ण खोप अभियानमा समन्वयको आवश्यकता

नेपालगन्ज, ३ पुस । नेपाललाई सन् २०१७ सम्म पूर्ण खोप मुलुक घोषणा गर्ने सरकारी अभियान तोकिएको अवधिमा पूरा गर्न सरोकारवाला निकायबीच समन्वयकारी भूमिका हुनुपर्नेमा जोड दिइएको छ । स्वास्थ्य मन्त्रालय, बाल स्वास्थ्य महाशाखाद्वारा यहाँ आज आयोजित पूर्ण खोपलाई दिगो कार्ययोजना विषयक कार्यशाला गोष्ठीका सहभागीहरुले स्वास्थ्यसँग सम्बद्ध निकाय, स्थानीय निकाय तथा सरोकारवाला सरकारी तथा गैरसरकारी निकायको सहकार्यमा मात्र अभियान सफल हुने धारणा राखेका थिए । मध्यपश्चिम तथा सुदूरपश्चिमाञ्चलका २४ जिल्लाका सरोकारवाला निकायका...

त्रिवि र मेडिकल काउन्सिलमा तालाबन्दी

काठमाडौँ, ३० मङ्सिर । अखिल क्रान्तिकारीले आज त्रिवि उपकुलपति कार्यालय र नेपाल मेडिकल काउन्सिलमा तालाबन्दी गरेका छन् । सरकारले तोकेको भन्दा दोब्बर शुल्क लिएर मेडिकल कलेजले विद्यार्थी भर्ना गरेको आरोप लगाउँदै त्रिवि र केयूको डीन कार्यालय तथा एमबिबिएस र बिडिएस अध्ययन हुने नेपालका २७ मेडिकल कलेजमा पनि तालाबन्दी गरेको अखिल क्रान्तिकारी अध्यक्ष पूर्णबहादुर सिंहले जानकारी गराउनुभयो । अध्यक्ष सिंहका अनुसार आङ्गिक कलेजलाई विस्तार गर्नुपर्ने, माथेमा आयोगले निर्धारण गरेका मापदण्ड लागू गर्नुपर्ने,...

गण्डकी मेडिकल कलेजका चिकित्सक आन्दोलनमा

पोखरा, मंसिर ३० / विभिन्न चार सूत्रीय माग राख्दै गण्डकी मेडिकल कलेजका चिकित्सकहरू आन्दोलनमा उत्रिएका छन्। मंगलबारदेखि आन्दोलनमा उत्रिएका कारण अस्पतालको बहिरंग सेवा र केलजको शैक्षिक कार्यक्रम प्रभावित भएको छ। सेवा सुविधा बढाउनुपर्ने र निश्कासित चिकित्सकहरुको बहाली गर्नुपर्ने, महिना बितेको ७ दिन भित्र तलब वितरण गर्नुपर्ने लगायतका माग गर्दै आन्दोलनमा उत्रिनु पर्नेको सर्घष समितिका सचिव डा. तारा कोइरालले सेतोपाटीलाई जानकारी दिए। उनले विना कारण चिकित्सकलाई निश्कासन गरेका कारण उनीहरुलाई पुर्न...

मेडिकल कलेज सञ्चालन अनुमति नदिए आमरण अनशन बस्ने

काठमाडौँ, २८ मङ्सिर । स्वास्थ्य शिक्षा नागरिक सरोकार समाज, मेचीका अध्यक्ष चैतन्य प्रकाश मैनालीले झापाको विर्तामोडमा रहेको बिएन्डसी मेडिकल कलेज शिक्षण अस्पताललाई एक महिनाभित्र सञ्चालन अनुमति नदिए आमरण अनशन बस्ने चेतावनी दिनुभएको छ । यहाँ आज पत्रकार सम्मेलन गर्दै उहाँले सम्झौताका कारण रु पाँच अर्ब बढीको लगानीमा सम्पूर्ण पूर्वाधार पूरा गरी सञ्चालन अनुमतिका लागि प्रक्रिया अघि बढेको अस्पताल सम्झौताका कारण अलपत्र परेको बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले सम्पूर्ण तयारी पूरा गरिसक्यौँ,...

चिकित्सा विज्ञान तथा प्रयोगशाला प्रर्दशनी हुने

काठमाडौँ, २८ मङ्सिर । काठमाडौमा नेपाल चिकित्सा विज्ञान तथा प्रयोगशाला प्रर्दशनी हुने भएको छ। काठमाडौंको भृकुटीमण्डपमा बिहीबारबाट प्रर्दशनी सुरु गर्न लागिएको हो। चिकित्सा क्षेत्रको नयाँ प्रयोग, त्यसका लागि आवश्यक सामग्रीहरुबारे जानकारी गराउने उद्देश्यका साथ मेला आयोजना गरिएको मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी जानकारी दिइएको छ। प्रर्दशनीमा विश्वभरका १ सय ५० भन्दा बढी ठूला कम्पनीहरु र ५ सय भन्दा बढी ब्रान्डका प्रर्दशनकर्ता सहभागी हुनेछन्। अस्पताल, प्याथोलोजी, अध्ययन संस्थान, मेडिकल तथा खाद्य...

स्वास्थ्यमन्त्रीबाट सामुदायिक अस्पताल उद्घाटन

ललितपुर २७ मङ्सिर । स्वास्थ्यमन्त्री गगनकुमार थापाले आज एक कार्यक्रमबीच बज्रवाराही नगरपालिका–१० स्थित चापागाउँमा बज्रवाराही सामुदायिक अस्पताल उद्घाटन गर्नुभएको छ । साविक रुपमा सञ्चालन हुँदै आएको बज्रवाराही प्राथमिक स्वास्थ्य सेवा तथा स्रोत केन्द्रलाई रुपान्तरण गरेर सामुदायिक अस्पतालमा परिणत गरिएको हो । सो अवसरमा मन्त्री थापाले सामुदायिक अस्पताललाई जिल्ला अस्पतालका रुपमा लैजान सक्दो सहयोग गर्ने प्रतिबद्धतासमेत जनाउनुभयो । अस्पताललाई आवश्यक पर्ने उपकरणका लागि उचित बजेटको व्यवस्था गर्नेसमेत उहाँको भनाइ थियो । उहाँले अस्पताललाई...

वीरगन्ज कारागारमा चार जना एचआइभी सङ्क्रमित

वीरगन्ज, २५ मङ्सिर । वीरगन्ज कारागारमा रहेका कैदीबन्दीमध्ये चार जनामा एचआइभी संक्रमण र एक जनामा हेपाटाइटिस सि देखिएका छन् । त्यस्ता रोगीलाई छुट्टै कोठामा राखी उपचार गराई रहेको वीरगन्ज कारागार प्रमुख चक्रपाणि गौतमले बताउनुभयो । लामखुट्टेको बढ्दो प्रकोप, खानेपानी तथा ढलको उपयुक्त निकास नहुनु र अव्यवस्थित फोहर व्यवस्थापन जस्ता कारणले वीरगन्ज कारागारका बन्दीकैदी विभिन्न रोगका सङ्क्रमणबाट ग्रसित हुँदै आएका छन् । एक सय वर्षभन्दा लामो इतिहास बोकेका सो कारागार मर्मत सम्भारका अभावमा...