सरकारी अस्पतालमा नवजात शिशुलाई नि:शुल्क स्वास्थ्य उपचार
प्रकाशित मिति : २०७३, २८ कार्तिक आईतवार २२:५२
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
काठमाडौं, २८ कात्तिक ।सरकारले नवजात शिशुलाई सरकारी अस्पतालहरुमा नि:शुल्क स्वास्थ्य उपचार गर्ने भएको छ । स्वास्थसँग सम्बधित निकाय स्वास्थ मन्त्रालय तथा परिवार स्वास्थ्य महाशाखाले यस्तो व्यवस्था गरेको हो । २८ दिन भन्दा कम उमेरका नवजात शिशुको उपचारका लागि ५ हजारसम्मको उपचार निःशुल्क गरिएको स्वास्थ्य महाशाखाले जनाएको छ ।
Advertisement
सबै जिल्लामा दुई लाख बजेट विनियोजन भएको महाशाखाले बताएको छ । साथै कुनै पनि शिशु गम्भीर अवस्थामा छ र यसलाई अर्को कुनै अस्पतालमा रिफर गर्नु परेमा न्यूनतम तीन सयदेखि ५ हजारका सम्म रकम उपलब्ध गर्नेछ ।
यसका लागि सबै जिल्लालाई दुई लाख बजेट विनियोजन गरिएको छ । जसमा कुनै पनि शिशुलाई अर्को अस्पताल रिफर गर्नुपर्ने गम्भीर अवस्थामा उसलाई न्यूनतम ३ सयदेखि ५ हजार रुपैयासम्म उपचार खर्च प्राप्त हुनेछ ।
‘यस व्यवस्था अनुसार कुनै पनि शिशुको स्वास्थ्यमा गम्भीर प्रकृतिको समस्या अाएमा सरकारी बजेटमै उपचार समेत गर्नेछ’, महाशाखाका निर्देशक डा. डीपी विच्छाले भने ।