स्वास्थ्य/जीवनशैलीमा रहेका समाचारहरु

चालिस प्रतिशत बिरामीको आँखामा असर

काठमाडौँ, २७ कात्तिक। मधुमेहका बिरामी बढेसँगैै त्यसको असर पीडितका आँखामा नराम्ररी परेको पाइएको छ । मधुमेहका कारण ३८ दशमलव ५ प्रतिशत बिरामीको आँखामा असर पर्ने देखिएको विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्कले देखाएको छ । मधुमेह भएको २० वर्षमा पहिलो प्रकारको करिब सबै र दोस्रो प्रकारको मधुमेहमा करिब दुई तिहाइ बिरामीको आँखाको पर्दा (आँखाको भित्री भागमा रहेको दृष्टिका लागि अत्यन्तै महत्वपूर्ण स्नायु तन्तुले बनेको पारदर्शी झिल्ली अर्थात् रेटिना)मा असर परिसक्ने चिकित्सक बताउँछन् । तिलगङ्गा...

चार वर्षमा एक हजार ६०० को शल्यक्रिया

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल, जुम्लाले आफ्नो सेवा प्रारम्भ गरेदेखि हालसम्म एक हजार ६४९ बिरामीको शल्यक्रिया गरेको छ । प्रतिष्ठानले विसं २०६९ मा आफ्नो सेवा प्रारम्भ गरेको थियो । सेवा थालनी गरेको चार वर्षको अवधिमा यसले ७३६ बिरामीको मेजर (ठूला) र बाँकीको माइनर (साना) अपरेसन गरेको प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका मेडिकल डाइरेक्टर डा निरेश थापामगरले जानकारी दिनुभयो । “हालसम्म हामीले एपेन्डिसाइटिस, हाडजोर्नी, ल्याप्रोक्सटोमी, सिएस, हर्निया, भ्यासेक्टोमी, हेमियोटोमी, डेब्रिडिमेन्ट, पाठेघरको, स्किन...

सिरिब्रिफम सिवासिइस निभस रोगको बिरामी फेला

घार–५ की बरूवाल थरकी एक महिला जिल्ला अस्पतालमा आउँदा चिकित्सक छक्क परे । मानिसको छालामा हुने दिमागी आकृति जस्तै देखिएपछि केही स्वास्थ्यकर्मीले दिमाग बाहिर निस्किएको भन्दै चर्चासमेत गरे । टाउकामा घाउ पाकेको अवस्थामा आएकी बरूवाललाई हेरेपछि डा धिरेन मल्लले सिरीब्रिफम सिवासिइस निभस नामक रोग भएको पुष्टि गर्नु भयो । विश्वमै निकै कम देखिने दिमाग बाहिर निस्किएजस्तै देखिने रोगबाट ग्रसित भएकी बरूवालको टाउकामा रहेको घाउबाट फैलिएको सङ्क्रमण नियन्त्रणका लागि उपचार गरिएपनि...

स्क्रब टाइफस रोगबाट एकको मृत्यु

स्क्रब टाइफस रोगबाट आज चितवन मेडिकल कलेजमा एक महिलाको मृत्यु भएको छ । कलेजका चिकित्सक डा शीतल अधिकारीका अनुसार पश्चिम चितवनकी ५१ वर्षीया एक महिलाको उपचारको क्रममा मृत्यु भएको हो । बाह्र दिनअघिदेखि बिरामी परेकी ती महिला तीन दिनअघि मात्रै उपचारका लागि अस्पताल आएकी थिइन् । शरीरका महत्वपूर्ण अङ्गहरू काम गर्न नसक्ने अवस्थामा पुगेपछि अस्पताल भर्ना भएकी उनलाई बचाउन नसकिएको डा. अधिकारीले बताउनुभयो । यसअघि सोही कलेजमा स्क्रब टाइफस रोगबाट दुई बालिका...

गाउँमै उत्पादित सेनेटरी प्याड प्रयोग गर्दा दङ्ग छन् महिला

सेमजोङका केही पढेलेखेका किशोरीबाहेक अन्यलाई महिनावारी हँुदा सेनेटरी प्याड प्रयोग गर्नुपर्छ भन्ने जानकारी थिएन । अहिले समय बदलिएको छ । गाउँका धेरै महिला महिनावारी हुँदा सेनेटरी प्याड प्रयोग गर्छन् । आफ्नै घरआँगनमा अर्गानिक तरिकाबाट सेनेटरी प्याड उत्पादन हुन थालेपछि भने यहाँका धेरै महिलाले यसको प्रयोग गर्न थालेका हुन् । यसअघि बजारको प्याडसम्म प्रयोग नगरेका महिला गाउँघरमै उत्पादन गरेको आफ्नै आँखाले देखेपछि भने दङ्ग छन् । कान्छी तामाङ भन्नुहुन्छ, ‘‘पहिले महिनावारी...

चिकित्सक,स्वास्थ्यकर्मीसहित ६० जनामा डेङ्गु

लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गु रोगका कारण झापाको दमकमा ६० बढी बिरामी बनेका छन् । डेङ्गु रोगका कारण आइतबारसम्ममा तीन स्वास्थ्यकर्मी एक पत्रकारसहित ६० जना बिरामी बनेको जिल्ला जनस्वास्थ्य कार्यालय झापाले जनाएको छ । कार्यालयको तथ्याङ्क अनुसार लाइफलाइन अस्पताल दमकका मेडिकल सुपरिटेन्डेन्ड डा तीलकचन्द्र शाह र दमकस्थित एड्भान्स हेल्थ केयरका दुई जना स्वास्थ्यकर्मीमा डेङ्गु फेला परेको हो । त्यस्तै नेपाल पत्रकार महासङ्घ झापाका सहसचिव गोपाल झापालीलाई पनि डेङ्गु पोजेटिभ प्रमाणित भइसकेको बताइएको...

नवजात शिशुको मृत्युदर घटेन

गर्भवती आमा र नवजात शिशुको जीवनरक्षाका लागि स्वास्थ्यसम्बन्धी कार्यक्रम सञ्चालन गरे पनि नवजात शिशुको मृत्युदर अझै कम हुन सकेको छैन । गत आवमा मात्र पाल्पा जिल्लामा २८ नवजात शिशुको मृत्यु भएको छ । सरकार नवजात शिशुको मृत्युदर घटाउने लक्ष्यका साथ अघि बढे पनि पाल्पामा मृत्युदर झनै बढेको हो । जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका अनुसार २०७२÷७३ मा जन्मेको २८ दिनभित्र १४, सात दिनभित्र ६ र दिन नपुगी जन्मेका मध्ये आठजना नवजात...

देशभरमा छ सय ३१ जनामा स्क्रब टाइफस रोग र डेङ्गु सङ्क्रमण

देशभरमा गरी छ सय ३१ जनामा स्क्रब टाइफस रोग र डेङ्गु रोग सङ्क्रमण भएको पाइएको छ । विभिन्न जिल्लाबाट वैशाखदेखि असोज अन्तिमसम्मको प्राप्त विवरणअनुसार डेङ्गुबाट दुई सय ४६ र स्क्रब टाइफसबाट हालसम्म तीन सय ८५ जना सङ्क्रमण भएको पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा काठमाडौँले जनाएको छ । महाशाखाअन्तर्गतको इपिडिमियोलोजी शाखाका प्रमुख डा गुणनिधि शर्माले सङ्क्रमण भएका मध्ये दुईवटै रोगका बिरामी सबैभन्दा धेरै चितवनमा देखापरेको जानकारी दिनुभयो । “केही जिल्लाको...

मानव अङ्ग प्रत्यारोपण केन्द्रमा मुटु रोग उपचार सेवा सुरु

मिर्गौलाको उपचार एवम् प्रत्यारोपण गर्दै आएको मानव अङ्ग प्रत्यारोपण केन्द्रमा आजदेखि मुटु रोग उपचार सेवा सुरु भएको छ । केन्द्रले पाँच वर्षभित्र मुटु प्रत्यारोपण गर्ने लक्ष्यका साथ मुटु उपचार सेवा सञ्चालनमा ल्याइएको आज पत्रकारलाई जानकारी दिएको छ । केन्द्रका प्रमुख डा पुकारचन्द्र श्रेष्ठले मुटुको कुनै पनि उपचारका लागि अब भक्तपुर र भक्तपुरपूर्वका जिल्लाका बिरामीले गङ्गालाल हृदयरोग केन्द्र, मनमोहन मेमोरियल अस्पताल वा शिक्षण अस्पताल जानुपर्ने अवस्थाको अन्त्य भएको जिकिर गर्नुभयो । उहाँले...

आईओएम डिन नियुक्तिको लफडाः कांग्रेसको भाग, डा. केसीको माग

त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम)को डिन नियुक्त नभए डा. गोविन्द केसी फेरि आमरण अनसन सुरु गर्ने तयारीमा छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का साथै शिक्षा र स्वास्थ्यमन्त्री पनि डिन नियुक्त गरेर केसीलाई फेरि अनसन बस्न रोक्न चाहन्छन् । तर, त्रिविले डिन नियुक्त गर्न सकेको छैन । डिन नियुक्तिमा किन ढिलाई ? स्रोत भन्छ, ‘यो राजनीतिक भागवण्डासँग जोडिएको छ ।’ त्रिभुवन विश्वविद्यालय उच्च स्रोतका अनुसार अहिले पनि भिसीदेखि डिनसम्म सबै नियुक्त...