स्वास्थ्य/जीवनशैलीमा रहेका समाचारहरु

सुत्नुअघि भुलेर पनि नखानुस् यी ५ चिज

कामको दबाव, पारिवारिक तनाव, आर्थिक समस्या लगायतका समस्याका कारण प्राय: चैनले निदाउन सकिँदैन । निद्राको कमीका कारण स्वास्थ्य समस्या पनि देखा पर्छ । तनाव र स्वास्थ्य समस्यामात्रै होइन, निद्रालाई प्रभावित बनाउने अर्को तत्व पनि छ, त्यो हो खानपान । सायद तपाईंलाई थाहा नहुनसक्छ, हाम्रो निद्रालाई डिनरले धेरै हदसम्म प्रभावित पार्न सक्छ । खानपानमा केही यस्ता चिज हुन्छन्, जसले तपाईंलाई चैनको निद् प्राप्त गर्न सघाउँछ भने केही यस्ता चिज छन् जसले निद्रामा...

लौ आयो ट्रक ड्राइभरका लागि विशेष कन्डम !

हालसालै भारतमा कन्डमको नयाँ ब्रान्ड आएको छ- डिप्पर नाम भएको । यो कन्डम विशेष गरी ट्रक चालकको लागि तयार गरिएको हो । यसको नाम पनि भारतीय ट्रकहरुमा लेखिने गरिएकाे चेतावनीहरुबाट लिइएको हो, जसलाई तपाईले पनि देख्नुभएको हुनसक्छ- ‘रातको सयममा डिपरको प्रयोग गर्नुहोस् ।’ यो सन्देशको आफ्नै अर्थ पनि छ, यसले राति ट्रक ड्राइभरले कम बीम अथवा प्रकाशको प्रयोग गर्नुपर्छ । कन्डम बनाउनेले यस सन्देशको प्रयोग सुरक्षित यौन सम्बन्ध कायम गर्नको लागि गरेका...

रत्ननगर अस्पतालमा पहिलोपटक डेङ्गुको निःशुल्क परीक्षण

रत्ननगर क्षेत्रमा डेङ्गु रोगको सङ्क्रमण बढेपछि रत्ननगर अस्पतालमा पहिलोपटक निशुल्क परीक्षण थालिएको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा कृष्ण पौडेलले निःशुल्क परीक्षण थालेपछि यहाँ अहिले बिरामीको चाप बढिरहेको बताउनुभयो । डेङ्गु सङ्क्रमण देखिएपछि सरकारले रत्ननगर अस्पतालका लागि ११५ वटा किट उपलब्ध गराएर यहाँ निःशुल्क परीक्षण थालिएको हो । यसअघि भरतपुर अस्पताल र अन्य मेडिकल कलेजमा मात्रै निःशुल्क परीक्षण हुँदै आएको डेङ्गु योपटक भने रत्ननगरमा समेत निःशुल्क परीक्षण हुन थालेको हो । रत्ननगरमा दसैँका...

राती काम गर्ने महिलामा स्तन क्यान्सरको जोखिम कम

बेलायतका वैज्ञानिकहरुले गरेको एक अध्ययनले रात्रि सेवामा काम गर्ने महिलाहरूमा स्तन क्यान्सरको जोखिम कम भएको देखाएको छ । ब्रिटीस हेल्थ एण्ड सेफ्टी एक्सक्युटिभ (एचएसई), क्यान्सर रिसर्च युके र द युकेले संयुक्त रुपमा गरेको अध्ययनले यस्तो तथ्य पत्ता लगाएको हो । मेडिकल रिसर्च काउन्सिलले नेशनल क्यान्सर इन्ष्टिच्युटको जर्नलमा बिहीबार प्रतिवेदन प्रकाशित गरेको छ । अमेरिका, चीन, स्वीडेन र नेदरल्याण्डका गरी १४ लाख महिलामा गरेको अनुसन्धानबाट प्राप्त विवरणहरुलाई विश्लेषण गरी यस्तो निश्कर्ष निकालिएको...

चिकित्सक खटाउनभन्दा टिकाउन गाह्रो ः मन्त्री थापा

स्वास्थ्य मन्त्रालयले अगामी तीन महिनाभित्र रिक्त रहेका चार सय ८५ पदमा विशेष चिकित्सकको परिपूर्ति गर्ने भएको छ । मन्त्रालयले तत्काल करारमा भएपनि ती चिकित्सक जनशक्ति छनौट गरी मातहतका अस्पताल तथा स्वास्थ्य संस्थामा पठाउने तयारी गरेको स्वास्थ्य मन्त्री गगनकुमार थापाले जानकारी दिनुभयो । समग्र स्वास्थ्य सुधारसम्बन्धी आफ्नो अति महत्वाकाङ्क्षी योजना विहिबार सार्वजनिक गर्ने क्रममा उहाँले राससलाई सो जानकारी दिँदै रिक्त स्थानमा विशेषज्ञ चिकित्सक पूर्ति गर्न लोकसेवा आयोगलाई पत्रचार गरिसकेको र सो प्रक्रिया...

पहिलोपटक आइसियु सेवा सुरु

नवलपरासीको कावासोतीस्थित कालीगण्डकी सामुदायिक अस्पतालले जिल्लामै पहिलोपटक सघन उपचार कक्ष (आइसियु) सेवा सुरु गरेको छ । नेपालमै निजी क्षेत्रको पहिलो अस्पतालका रुपमा स्थापित कालीगण्डकी अस्पताल समुदायिक अस्पताल भएपछि स्तरोन्नति गर्ने क्रममा आइसियु सेवा सुरु गरिएको अस्पतालका अध्यक्ष डा गोपाल खनालले जानकारी दिनुभयो । ५१ श्यया रहेको यो अस्पतालले सर्पदंशको उपचार सेवा दिँदै आएको छ । सरकारी अस्पताल बाहेकमा सर्पदंशको उपचार कालीगण्डकीले पहिलोपटक सुरु गरेको थियो । सर्पदंशका बिरामीको उपचार, सवारी दुर्घटनाका...

डा. केसीको समर्थनमा उत्रिए आवासीय चिकित्सक

त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)का आवासीय चिकित्सकहरुले अनसनरत डा. गोविन्द केसीको समर्थनमा मंगलबारबाट ओपीडी लगायतमा काम नगर्ने भएका छन् । आकस्मिक र शल्यक्रियामा भने काम जारी राख्नेछन् । डा. केसीको माग सम्बोधन गर्न सरकारले कुनै चासो नदिएको नेशनल रेसिडेन्ट डक्टर्स एशोसिएसनले जनाएको छ । एशोसिएसनका अनुसार आईओएमका आवासीय चिकित्सकहरु आइतबारदेखि नै पठनपाठनमा सहभागी भएका छैनन् । भोलिबाट शैक्षिक कार्यक्रम अन्तरगतका अपरेशन (ओटी) र इमर्जेन्सीबाहेकका काममा सहभागी नहुने उसले बताएको छ । एशोसिएसनले...

भेरी नर्सिङ्ग कलेज नेपालगंज तेस्रो बर्षका बिद्यार्थीहरु द्वारा गरिएको पीडीय़ाट्रिक एग्जिबिसन २०७३ [फोटो फिचर]

हरेक वर्ष झै यस वर्ष पनि भेरी नर्सिङ्ग कलेज नेपालगन्ज तेस्रो बर्षका बिद्यार्थीहरुद्वारा नेपालगंज मेडिकल कलेजमा गरिएको पीडीय़ाट्रिक एग्जिबिसन २०७३ कार्याक्रम गरेका छन् । यसको मुख्य उद्देश्य भनेको १ वर्ष देखि १२ वर्षसम्मका बालबालिकहरुहरुको दैनिक जीवनमा आवश्यक पर्ने बस्तुहरुको महत्व र प्रयोगका बारेमा  पीडीय़ाट्रिक एग्जिबिसन राखिएको  श्रृष्ठि श्रेष्ठले जानकारी दिइन् । ...

आठ महिनादेखि आइओएममा डिन नियुक्ति किन भएन?

मेडिकल कलेजको सम्बन्धन, चिकित्सा शिक्षाको सिट निर्धारण लगायत महत्वपूर्ण निर्णय गर्नुपर्ने चिकित्सा शिक्षा अध्ययन संस्थान (आइओएम)मा आठ महिनादेखि डिन नियुक्ति प्रक्रिया अवरूद्ध छ। राजनीतिक पार्टीहरूले आफूअनुकूल व्यक्ति लैजान खोजेपछि लामो समयसम्म आइओएममा डिन नियुक्ति हुन नसकेको हो। पछिल्लो पटक नेपाली कांग्रेसको दबाबका कारण आइओएमको डिन नियुक्तिमा ढिलाई भएको छ। कांग्रेसले कनिष्ठ व्यक्तिलाई डिन नियुक्त गर्न दबाब दिएपछि अनसनरत वरिष्ठ चिकित्सक गोविन्द केसी आक्रोशित बनेका छन्। वरिष्ठताका आधारमा डिन नियुक्ति गर्न भनी...

सुरक्षित गर्भपतन सेवालाई प्रजनन स्वास्थ्य अधिकार

प्रजनन स्वास्थ्य अधिकारका क्षेत्रमा कार्यरत व्यक्तिले सुरक्षित गर्भपतन सेवालाई प्रजनन स्वास्थ्य अधिकारका रुपमा स्थापित गर्नुपर्ने बताएका छन् । सञ्चारिका समूह र प्रजनन स्वास्थ्य अधिकार समूहले संयुक्त रुपमा यहाँ आज आयोजना गरेको कार्यक्रममा स्वास्थ्यमन्त्री गगनकुमार थापाले आफूले पहिलेदेखि नै सुरक्षित गर्भपतनका विषयमा आवाज उठाउँदै आएको बताउँदै भन्नुभयो, “अहिले कार्यान्वयन गर्ने ठाउँमा भएकाले कानुन निर्माणमा लाग्नेछु ।” उहाँका अनुसार मन्त्रालयले सुरक्षित गर्भपतनसम्बन्धी निर्देशिकाको पहिलो खाका चाँडै बनाउने भएको छ । राष्ट्रिय लक्ष्य प्राप्तिका...