नवजात शिशुको मृत्युदर घटेन
प्रकाशित मिति : २०७३, ७ कार्तिक आईतवार ०९:०३
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
गर्भवती आमा र नवजात शिशुको जीवनरक्षाका लागि स्वास्थ्यसम्बन्धी कार्यक्रम सञ्चालन गरे पनि नवजात शिशुको मृत्युदर अझै कम हुन सकेको छैन ।
Advertisement
गत आवमा मात्र पाल्पा जिल्लामा २८ नवजात शिशुको मृत्यु भएको छ । सरकार नवजात शिशुको मृत्युदर घटाउने लक्ष्यका साथ अघि बढे पनि पाल्पामा मृत्युदर झनै बढेको हो । जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका अनुसार २०७२÷७३ मा जन्मेको २८ दिनभित्र १४, सात दिनभित्र ६ र दिन नपुगी जन्मेका मध्ये आठजना नवजात शिशुको मृत्यु भएको छ ।
आव २०७१÷७२ मा जन्मेको २८ दिनभित्र दुई र सात दिनभित्र दुईजना शिशुको मृत्यु भएकामा आव २०७२÷७३ मा बढेर २८ जना शिशुको मृत्यु भएको हो । जिल्ला स्वास्थ्य कार्यालय पाल्पाको तथ्याङ्कअनुसार दुई वर्षअगाडि ५२ जना शिशुको जन्मिनुपूर्व मृत्यु भएको थियो तर गत आवमा जन्मिनुपूर्व ४६ जना शिशुको ज्यान गएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी माधव ज्ञवालीले दुई वर्षअघि सुत्केरीलाई ठीक समयमा स्वास्थ्य केन्द्रमा नपु¥याई घरमै उपचार गर्दा आठजना शिशुको ज्यान गएको थियो भने गत आवमा सबै आमा तथा शिशुको मृत्यु स्वास्थ्य केन्द्रमै ल्याएपछि मृत्यु भएको थियो । जिल्लाका विभिन्न स्वास्थ्य संस्था र एनजिओ तथा आइएनजिओले नवजात शिशु र मातृमृत्यु रोक्न गरेका कार्यक्रमले शिशु र आमाको अकालमै मृत्यु रोक्न सकेको छैन । पाल्पा जिल्लामा पछिल्लो दुई वर्षको तथ्याङ्क हेर्ने हो भने मातृ तथा नवजात शिशुको अकालमै मृत्यु बढेको छ ।
दुई वर्षअघि आव २०७१÷७२ मा पाल्पा जिल्लामा दुईजना आमाको मृत्यु भएकामा आव २०७२÷७३ मा एकजनाको मृत्यु भएको छ । गत आवमा पालुङ्मैनादीका २० वर्षीया गर्भवती महिला दीपा विश्वकर्माको समयमै उपचार हुन नसक्दा ज्यान गएको थियो । समयमै अस्पतालमा नजाँदा, गर्भवती चेकजाँच नगर्दा, घरेलु हिंसा तथा स्वास्थ्यमा उचित ध्यान नदिँदा नवजात शिशु तथा आमाको ज्यान जाने गरेको छ ।
पाल्पामा जिल्ला अस्पताल, मिसन, लुम्बिनी मेडिकल कलेज प्रभास, स्वास्थ्य चौकी, अस्पताल एवम् सुआहारा लगायतका अस्पताल र एनजिओ आइएनजिओले गर्भवती महिला तथा उनीहरुको परिवारको स्वास्थ्य परीक्षणका काम गरिरहेका छन् । जिल्लामा प्रतिष्ठित संस्थाले मातृ मृत्युदर नवजात मृत्यु घटाउन विभिन्न कार्यक्रम गरे पनि प्रभावकारी हुन सकेको छैन । जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका परिवार नियोजन शाखाका फोकल पर्सन कल्पना पौडेलले भने परिवार र सुत्केरीले गर्भवती हुँदा स्वास्थ्यमा ध्यान नदिँदा मातृमृत्यु तथा शिशुमृत्यु बढेको बताउनुभयो ।