पाकिस्तानमा निर्वाचनकै दिन विस्फोट, ३१ को मृत्यु
प्रकाशित मिति : २०७५, ९ श्रावण बुधबार १५:२६
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
Advertisement
काठमाडौँ, ९ साउन । पाकिस्तानमा आज जारी निर्वाचनका क्रममा एक मतदान केन्द्र नजिक भएको विस्फोटनमा परी ३१ जनाको मृत्यु भएको छ।
एक हात्मघाती हमालाकारीले पाकिस्तानको बालुचिस्थानको क्वेटा शहरको एक मतदान केन्द्र नजिकै उक्त बम बिस्फोट गराएका थिए। निर्वाचन चलिरहेका बेला बिहान करिब ११ बजे उक्त विस्फोट भएको बिबिसीले जनाएको छ।
प्रहरीका अनुसार एक आत्मघाती आक्रमणकारी मतदान स्थलमा प्रवेश गर्न खोजेको र प्रहरीले रोक्दै गर्दा उनले प्रवेशद्वारमै बिस्फोट गराएका हुन्।
घटनामा अहिलेसम्म ३१ जनाको मृत्यु भैसकेको प्रहरीका एक डिआइजी सिटी डिएतजाज गोरायाले जानकारी दिएका छन्। मृत्यु हुनेमा तीन प्रहरी र दुई बालबालिका रहेका छन्।
घटनामा ३० भन्दा बढी व्यक्ति घाइते बनेको पनि प्रहरीले जनाकारी दिएको छ।बिस्फोटका घाइतेहरुको अहिले स्थानीय अस्पतालहरुमा उपचार भइरहेको छ। बिस्फोटपछि केही समयका लागि मतदान रोकिए पनि अहिले पुन सुचारु भएको बिबिसीले जनाएको छ।