पाकिस्तानमा आम निर्वाचन, कसको पक्षमा नतिजा आउला ?
प्रकाशित मिति : २०७५, ९ श्रावण बुधबार १२:२०
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
Advertisement
काठमाडौं – पाकिस्तानमा बुधबार आम निर्वाचन भइरहेको छ। संसदको तल्लो सदन नेशनल एसेम्बलीका २ सय ७२ सीट र चारवटा प्रदेश सभाका लागि निर्वाचन भइरहेको हो। १० करोड ६० लाख मतदाता रहेको चुनावमा ८ सय ४९ सिटका लागि ११ हजार ८ सय ५५ उम्मेदवारबीच प्रतिष्पर्धा भइरहेको छ।
राष्ट्रिय सभाको २७२ सिटका लागि ३ हजार ४ सय ५९ उम्मेदवार भिड्दैछन् भने चारवटा प्रान्तीय सभाअन्तर्गत ५ सय ७७ सिटका लागि ८ हजपार ३ सय ९६ उम्मेदवारबीच प्रतिस्पर्धा भइरहेको छ।
आतंकवाद, भ्रष्टाचार र सैनिक हस्तक्षेपका कारण कमजोर हुन पुगेको पाकिस्तानी लोकतन्त्रमा बुधबार भइरहेको चुनावमा कसको पक्षमा नतिजा आउला भन्ने विषय विश्वकै चासोको विषय बनेको छ।
निर्वाचनमा प्रमुख रूपमा दिवंगत बेनेजीर भुट्टोका छोरा बिलाबल भुट्टोले नेतृत्व गरेको पाकिस्तान पिपुल्स पार्टी (पीपीपी), पूर्व क्रिकेटर इमरान खानको पाकिस्तान तेहरीक ए इन्साफ र पूर्व प्रधानमन्त्री नवाज शरीफको पाकिस्तान मुस्लिम लीगबीच तीब्र प्रतिस्पर्धा हुनेछ।
यी तीन दलमा यस पटक पूर्व क्रिकेटर इमरान खानको पार्टीले अरु पार्टीलाई पछाडी धकेल्ने निर्वाचन पूर्वका सर्वेक्षणहरूले देखाएका छन् ।निर्वाचन घोषणा भएसँगै पाकिस्तानमा भड्किएको हिंसामा झन्डै दुई सय मानिस मारिएकाले बुधबार भइरहेको चुनावमा सुरक्षा प्रदान गर्नु निक्कै चुनौतीपूर्ण भएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन्।