विदेश/अन्तर्राष्ट्रियमा रहेका समाचारहरु

बोको हराम आक्रमणमा २७ हजारको मृत्यु, २२ हजार बेपत्ता

नेपालगन्ज । नाइजेरियाको उत्तरपूर्वी क्षेत्रमा एक दशकअघि आतंकवादी संगठन बोको हरामले आक्रमण शुरु गरेयता हालसम्म करिब २२ हजार नाइजेरियाली नागरिक बेपत्ता भएका छन् । अन्तर्राष्ट्रिय रेडक्रस (आईसीआरसी)ले बिहीबार सार्वजनिक गरेको प्रतिवेदनमा आईसीआरसीको रेकर्डमा यति ठूलो संख्यामा बेपत्ता नागरिकको सूची सार्वजनिक भएको यो पहिलो रहेको जनाइएको छ । आईसीआरसीका अध्यक्ष पिटर माउरर हाल पाँचदिवसीय भ्रमणका सिलसिलामा नाइजेरियामा छन् । बेपत्ता भएकामा झन्डै ६० प्रतिशत बालबालिका रहेका छन् । माउररले हजारौँ अभिभावक आफ्ना...

नेपालले गर्यो किर्गिस्तानलाई गोलको बर्षा, ८-२ गोलले किर्गिस्तान पराजित

नेपालगन्ज । नेपालले किर्गिस्तानलाई गोलको बर्षा गरेको छ। आज  भएको खेलमा नेपालले घरेलु टोली  किर्गिस्तानलाई ८/२ गोलले पराजित गरेको छ।नेपालको तर्फबाट  सावित्रा भण्डारीले ४ गोल गरिन्। तेस्रो, १५औं र ३० औं मिनेटमा गोल गरेर ह्याट्रिक पूरा गरेकी उनले ५४ मिनेटमा व्यक्तिगत चौथो गोल गरेकी थिइन्। यस्तै अनिता बस्नेतले ३४औं र ८९औं मिनेटमा गरी २ गोल गरिन्।दिपा राईले २५औं र निरु थापाले ३७औं मिनेटमा १(१ गोल थपे।किर्गिस्तानका लागि अइजानले १९ औं र अइपेरीले...

भारतको सपना अधुरो,चन्द्रमाको दक्षिणी ध्रुवमा पठाएको चन्द्रयान २ सम्पर्कविहीन

भारत ।भारतले चन्द्रमाको दक्षिणी ध्रुवमा पुर्‍याउने भनेर पठाएको चन्द्रयान २ को सम्पर्कविहीन भएको छ।भारतीय अन्तरिक्ष अनुसन्धान संगठन(इसरो)का प्रमुख के सिवनले चन्द्रमाको सतहमा पुग्न २ किलोमिटर बाँकी हुँदा विक्रम ल्याण्डरसँग सम्पर्क टुटेको बताए। चन्द्रयान(२ को विक्रम ल्याण्डर गएराति साढे १ बजेदेखि साढे २ बजेको बीचमा चन्द्रमामा अवतरण हुने बताइएको थियो । आफ्ना वैज्ञानिकहरूको उपलब्धी तथा उनीहरूलाई हौसला दिन इशरो पुगेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ुचन्द्रयान(२ुसँग सम्पर्क टुटेपछि निराश वैज्ञानिकहरूलाई यान त्यहाँसम्म पुग्नु...

एनआरएन पोर्चुगलको अध्यक्षमा गैरे, अधिकांश पदमा नेपाली काङ्ग्रेसका उम्मेदवारहरु विजयी

पोर्चुगल। गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद पोर्चुगलको नेतृत्वसहित अधिकांश पदमा नेपाली काङ्ग्रेसका उम्मेदवारहरु विजयी भएका छन्। संघको सातौं अधिवेशनमा काङ्ग्रेस एक्लै प्यानल बनाएर निर्वाचनमा होमिएको थियो भने नेकपा, आदिवासी जनजाती महासंघ तथा समाजवादी पार्टीले अर्को गठबन्धन बनाएका थिए । आइतबार सम्पन्न निर्वाचनमा अन्तर्राष्ट्रिय समन्वय परिषद सदस्यमा काङ्ग्रेसका रविन अधिकारी र नारायणकाजी मगर निर्वाचित भए । संयुक्त गठबन्धनका गोविन्द सापकोटा र धन शेर्पा पराजित भए । सन २०१९–२१ कार्यकालका लागि अध्यक्षमा...

नेपाल-भारत सम्बन्ध : डिप्लोमेसी ब्लयाक एण्ड ह्वाईट हुँदैन

बसन्त शर्मा ।नेपाल-भारत संयुक्त आयोगको पाँचौं बैठक नेपालमा बस्ने विषयको चर्चा हुनु स्वाभाविक हो। बैठक बस्नुभन्दा पनि सरकारले यो विषयमा कस्तो तयारी गरेको छ, त्यो झनै महत्वपूर्ण हो। परराष्ट्र नीतिमा हामी कहाँ चुक्यौं, कहाँ असफल छौं र, अब के गर्दै अघि बढ्नुपर्ला भन्ने विषयमा नेपाल चनाखो हुनैपर्ने अवस्था छ। नेपाल–भारत सम्बन्धका आयामको चर्चा गरेर समय खेर फाल्नुभन्दा विकसित परिस्थिति र विगतमा भएका सन्धि र सम्झौतामा टेकेर नेपालले कुरा गर्न सक्नुपर्छ। त्यो भनेको...

काबुल बम बिस्फोटमा मारिनेको संख्या ६३, एक सय ८० बढी घाइते

काबुल।अफगानिस्तानको राजधानी काबुलमा बम बिस्फोट भएको छ। उक्त बम बिस्फोट एउटा बिवाह कार्यक्रम भएको थियो। बम बिस्फोट मारिनेको संख्या ६३ पुगेको छ भने १८० जना घाइते भएका छन् ।एक आत्मघाती हमलाकर्ताले खचाखच भरिएको बिवाह हलमा आफुलाई आत्माघाती बमले उडाएका थिए।बम बिस्फोट शनिबार राती दस बजेर तिस मिनेेेटमा गराइएको थियो। अहिलेे सम्म बम बिस्फोटको कुनै समुहले जिम्मा नलिएको  अफगान गृह मन्त्रालयलेेजनाएको छ।घाइतेहरुको अस्पतालमा उपचार भइरहेको छ गम्भीर घाइतेहरुलाई अनेत्रै लगिएको छ।     ...

भारतीय पूर्व विदेशमन्त्री सुस्मा स्वराजको निधन

भारत।भारतीय पूर्व विदेशमन्त्री सुस्मा स्वराजको निधन भएको छ।हृदयाघातका कारण अल इन्डिया इन्सिच्युट अफ मेडिकल साइन्सेसु, दिल्लीमा भर्ना भएकी स्वराजको मंगलबार  राती निधन भएको  छ।६७ वर्षीया स्वराज भारतकी पहिलो महिला विदेशमन्त्री थिइन्। स्वराज लामो समयदेखि बिरामी थिइन्। सन् २०१६ मा उनको मृगौला प्रत्यारोपण गरिएको थियो। बिरामी भएकै कारण उनी सन् २०१९ को लोकसभा चुनावमा उठिनन्।उनी सन् २०१४ मा विदेशमन्त्री भएकी थिइन्। भारतीय जनता पार्टीको सरकारका पालामा उनी दिल्लीकै पहिलो मुख्यमन्त्री समेत...

जम्मु कस्मिरलाई दिइएको विशेष अधिकार खोसिदै

नयाँ दिल्ली । भारतीय राज्य जम्मु कस्मिरलाई दिइएको विशेष अधिकारको अन्त्य गर्ने प्रस्ताव भारतीय सरकारले गरेेेको छ।नरेन्द्र मोदी सरकारले भारतीय राज्य जम्मु कस्मिरलाई दिइएको विशेष अधिकारको अन्त्य गर्ने प्रस्ताव संसदमा पेस गरेको छ। केन्द्रीय गृहमन्त्री अमित शाहले सोमबार भारतको माथिल्लो सदन राज्य सभामा संविधानको धारा ३७० अन्त्य भएको घोषणा गरेका छन् साथै उनले जम्मु कस्मिरको पुनर्गठनको प्रस्ताव पनि संसदमा पेस गरेका छन्। पुनर्गठन प्रस्तावअनुसार लद्दाकलाई केन्द्रशासित बनाएको छ। त्यहाँ विधान सभा...

मोदी सरकारद्वारा कश्मिरका दुई पुर्व मुख्यमन्त्रीहरु नजरबन्दमा

नयाँ दिल्ली ।भारतको कश्मिर राज्यका दुई पूर्व मुख्यमन्त्रीहरु  नजरबन्दमा परेका छन् ।मोदी सरकारले कश्मिरमा फोन र इन्टरनेट समेेेत बन्द गरिदिएको छ भने राज्यका दुई पूर्व मुख्यमन्त्रीहरुलाई घरमै नजरबन्दमा राखेको छ। पुर्व मुख्यमन्त्रीहरु ओमार अब्दुल्लाह र मेहबुबा मुफ्तीलाई उनीहरुको घरमै गए रातिदेखि नजरबन्दमा राखिएको छ। प्रमुख प्रतिपक्षी दल कंग्रेस आई र कम्युनिष्ट पार्टीका केहि नेतालाई पनि गिरफ्तार गरिएको भारतीय सञ्चार माध्यमले जनाएका छन्। भारतीय कश्मिर सहरका धेरैजसो ठाँउमा ल्याण्डलाइन फोन, मोवाइल र इन्टरनेट...

सात वर्षीय बच्चाको मुखबाट ५२६ दाँत निकालियो,डाक्टरहरु नै चकित

एक सात वर्षीय बच्चाको मुखबाट ५२६ वटा दाँत निकालेको दाबी गरेका छन् ।डाक्टरहरुका अनुसार मानिसको मुखबाट यति धेरै दाँत निकालिएको यो विश्वकै पहिलो घटना हो । भारतको चेन्नाईस्थित सविता डेन्टल कलेजका डाक्टरहरुले यस स्थितिलाई कम्पाउन्ड कम्पोजिट अन्डोटोम नाम दिएका छन् ।डाक्टरहरुका अनुसार यस्तो अस्वाभाविक विकास मोबाइल टावरको रेडियसनको कारण पनि हुन सक्ने भारतीय अनलाइन द हिन्दूले लेखेको छ । रविन्द्रन नाम गरेका ती बच्चाको दायाँ गाला सुन्निने र दुख्ने समस्या भएपछि...