एनआरएन पोर्चुगलको अध्यक्षमा गैरे, अधिकांश पदमा नेपाली काङ्ग्रेसका उम्मेदवारहरु विजयी
प्रकाशित मिति : २०७६, १० भाद्र मंगलवार ०९:३३
Notice: WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts
is deprecated. Use ignore_sticky_posts
instead. in /home/mysites/repo/bageshworipost/public_html/wp-includes/functions.php on line 4663
Advertisement
संघको सातौं अधिवेशनमा काङ्ग्रेस एक्लै प्यानल बनाएर निर्वाचनमा होमिएको थियो भने नेकपा, आदिवासी जनजाती महासंघ तथा समाजवादी पार्टीले अर्को गठबन्धन बनाएका थिए ।
आइतबार सम्पन्न निर्वाचनमा अन्तर्राष्ट्रिय समन्वय परिषद सदस्यमा काङ्ग्रेसका रविन अधिकारी र नारायणकाजी मगर निर्वाचित भए । संयुक्त गठबन्धनका गोविन्द सापकोटा र धन शेर्पा पराजित भए ।
सन २०१९–२१ कार्यकालका लागि अध्यक्षमा काङ्ग्रेसका उम्मेदवार तिलकप्रसाद गैरेले संयुक्त गठबन्धनका उम्मेदवार र्इश्वर रिजाललाई पराजित गरे ।
त्यस्तै, बरिष्ठ उपाध्यक्षमा काङ्ग्रेसका भिमसेन थापा चुनिए । उनले गठबन्धनका उम्मेदवार आनन्द गुरुङलाई हराए ।
दुई उपाध्यक्षमा काङ्ग्रेसका अशोक गुरुङ र मच्छिन्द्र अर्याल निर्वाचित भए । उनीहरुले गठबन्धनका पेमाछिरी शेर्पा र स्वतन्त्र उम्मेद्वार गणेश पाण्डेयलाई पराजित गरे ।
महासचिवमा भने संयुक्त गठबन्धनका हेमराज सुबेदी चुनिए । कांग्रेसका उम्मेद्वार प्रकाश कडरिया पराजित भए । कोषाध्यक्षमा काङ्ग्रेसका बिक्रमजङ कुँवर र युवा सम्योजकमा काङ्ग्रेसकै दिनेश भण्डारी बिजयी भए ।
यसअघि नै महिला उपाध्यक्षमा सीता श्रेष्ठ, महिला सम्योजकमा सुशीला थापा, सचिबमा यामिन्द्र घर्ती र प्रकाश ढकाल तथा सह कोषाअध्यक्षमा तिलक कँडेल निर्विरोध निर्वाचित भएका थिए। कार्यसमितिका १५ सदस्य पनि निर्विरोध भए ।
मतगणनापछि आयोजित समारोहमा नेपाली काङ्ग्रेसका नेता बीरबहादुर बलायरले निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई प्रमाणपत्र प्रदान गरे भने संघका अन्तराष्ट्रिय परिषद उपाध्यक्ष कुल आचार्यले सपथ ग्रहण गराए ।
पोर्चुगलमा नेतृत्वसहित यति धेरै पदमा निर्वाचन भएको पहिलो पटक हो । कार्यक्रममा निर्वाचन समिति संयोजक अशोक घिमिरेले मत परिणाम घोषणा गरेका थिए ।
घोषणा समारोहमा काङ्ग्रेसका नेता बलायरले राजनीतिक आस्थाका आधारमा नभई नेपालीपन र सेवा भावका आधारमा काम गर्न सुझाए । उनले गैर आवासीय नेपालीहरुको समस्या समाधानका लागि नेपाल सरकारले र पार्टीले लिनुपर्ने नीतिका बारेमा सुझाव दिन आग्रह गरे ।
त्यस्तै, संघका उपाध्यक्ष आचार्यले गैर आवासीय नागरिकता मुद्दा र संघले गरिरहेका प्रयास बारे जानकारी दिए । उनले संघको नेतृत्वको लागि दाबी गर्दै सहयोग गर्न आग्रह गरे ।
कार्यक्रममा पोर्चुगलका लागि नेपाली अबैतनिक वाणिज्यदुत मकर हमालले नयाँ नेतृत्वलाई सहयोग गर्न आफू तयार रहेको बताउउदै समस्या समाधानका लागि एकजुट हुन आग्रह गरे ।
सोही कार्यक्रममा निवर्तमान अध्यक्ष कुबेर कार्कीले नव निर्वाचित समितिलाई कार्यभार हस्तान्तरण गरे ।
करिब २५ हजारको संख्यामा नेपाली पोर्चुगल रहेको अनुमान छ । संघमा भने करिब २१ सय सदस्य छन् । ती मध्ये १३९८ सदस्यले मतदान गरेका थिए ।
हाम्राकुराडटकमबाट साभार।