विदेश/अन्तर्राष्ट्रियमा रहेका समाचारहरु

शरणार्थी बोकेको पानीजहाज डुब्दा १५० जनाको ज्यान गएको आशंका

लिबिया।पानीजहाज डुबेपछि जहाजमा सवार कम्तीमा १५० जनाको ज्यान गएको अनुमान गरिएको छ । लिबियाको राजधानी त्रिपोलीदेखि १२० किमि दुरीमा रहेको अर्को शहरमा जाँदै गरेको ३ सय शरणार्थी सवार पानीजहाज पानीजहाज डुब्दा भएको मानवीय क्षतिबारे यकिन तथ्यांक नआइसके पनि कम्तीमा १ सय ५० जनाको ज्यान गएको हुनसक्ने अनुमान गरिएको छ । संयुक्त राष्ट्र संघीय शरणार्थी नियोगले शरणार्थी सवार पानीजहाज डुबेको उल्लेख गर्दै कम्तीमा १५० जनाको ज्यान गएको हुनसक्ने जनाएको छ । यद्यपि,...

बिश्वकै चर्चित फूटबल खेलाडी लियोनल मेसी कारबाहीमा

अर्जेन्टिना । बिश्वकै चर्चित फूटबल खेलाडी लियोनल मेसी कारबाहीमा परेका छन् । भर्खर सम्पन्न कोपा अमेरिका कपमा  चिलीविरुद्ध तेस्रो स्थानका लागि भएको खेलमा रातो कार्डको सामना गरेका अर्जेन्टिनाका कप्तान लियोनल मेसी कारबारीमा परेका  हुन्। दक्षिण अमेरिकी फुटबल महासंघले  स्टार मेसीलाई १ खेल प्रतिबन्ध लगाउने भएको हो। चिलीका ग्यारी मेडेलसँग विवाद भएपछि मेसीले रातोको सामना गरेका थिए। उक्त खेलमा अर्जेन्टिना २–१ ले विजयी भएको थियो।महासंघले ३२ वर्षे मेसीलाई १५ सय डलर जरिवाना...

जब बाघ ज्यान जोगाउन घरको ओछ्यानमा सुत्यो…..

आसाम। जब बाघ आफ्नो ज्यान  जोगाउन  एक घरको ओछ्यानमा  सुत्यो तब सबै अचम्मित भए।बाढीबाट बच्नको लागि सुख्खा र सुरक्षित स्थान खोज्दै एउटा बाघ घरभित्र ओछ्यानमा आराम गरिरहेको अवस्थामा फेला परेको थियो।यो घटना हो भारतको बाढीग्रस्त क्षेत्र आसाम राज्यको। आसामको बाढीले प्रभावित काजिरंगा राष्ट्रिय निकुञ्जबाट आफ्नो ज्यान जोगाउन उक्त बाघ घरभित्र पसेको हो। बाघ घरभित्र ओछ्यानमा आराम गरिरहेको वन्यजन्तु अधिकारीहरूले सार्वजनिक गरेको भिडिओमा प्रष्ट देखिन्छ। सो भिडिओमा टिनको छानोमा रहेको एउटा प्वालबाट बाघले...

सुपर ओभरमा न्युजिल्यान्डलाई पराजित गर्दै इंग्ल्यान्ड बन्यो बिश्वकप क्रिकेटको बिजेता
"समान स्कोर हुँदा पनि पराजित भयो न्युजिल्यान्ड "

इंग्ल्यान्ड।इंग्ल्यान्डले बिश्वकप क्रिकेट २०१९ को उपाधी जितेको छ।सुपर ओभरमा पुगेको विश्वकप फाइनलमा न्युजिल्यान्डलाई पराजित गर्दै घरेलु टोली इंग्ल्यान्डले पहिलो पटक विश्वकप उपाधि जितेको छ ।सुपर ओभरमा जितको लागि १६ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्डले १६ रन नै जोड्यो । सुपर ओभरमा समान स्कोर भएपनि इंग्ल्यान्डले बढी बाउन्ड्री प्रहार गरेका कारण उपाधिजितेको हो । इंग्ल्यान्डका लागि जोफ्रा आर्चरले बलिङ गर्दा न्युजिल्यान्डका मार्टिन गुप्टिल र जेमी निशम ब्याटिङमा आएका थिए । आर्चरले पहिलो...

कुवेतमा तीन जना नेपालीको आगलागीमा मृत्यु

कुवेत । आगलागी हुँदा तीन जना नेपालीहरुको मृत्यु भएको  छ। कुवेतको एक अपार्टमेन्टमा आगो लाग्दा मृत्यु हुनेहरुमा सर्लाहीका विजय बैठा र अरु दुई जना महिला अप्सरा कामी र गौरी दर्जी रहेका छन्। कामी र दर्जीको नेपालको ठेगाना खुल्न नसकेको कुवेतस्थित नेपाली दूतावासले जनाएको छ। सो अपार्टमेन्टमा आगलागीमा परेर अरु केही घाइते भएको र ती नेपाली हुन् या होइनन भन्ने पहिचान हुन नसकेको दूतावासको भनाई उदृत गर्दै परराष्ट्रमन्त्रालयका सहायक प्रवक्ता सुरेश अधिकारीले...

नेपालले मलेसियालाई हराउदै जित्यो टी-२० अन्तर्राष्ट्रिय सिरिज

क्वालालम्पुर। नेपालले मलेसियालाई हराउदै टी २० अन्तर्राष्ट्रिय सिरिज जितेको छ।आइतबार क्वालालम्पुरस्थित किनरारा ओभलमा भएको दोस्रो खेलमा नेपालले मलेसियालाई ६ रनले हराएर दुवै खेल जितेको हो। नेपालले टी २० सिरिज क्लिन स्विप गरेको यो पहिलो पटक हो। ६ महिनाअघि युएईविरुद्धको ३ खेलको सिरिज नेपालले २/१ ले जितेको थियो।यसअघि नेपालले शनिबार भएको पहिलो टी २० खेलमा मलेसियलाई ७ विकेटले हराएको थियो।आइतबार नेपालले दिएको १७४ रनको लक्ष्य पछ्याएको मलेसियाले २० ओभरमा ७ विकेटको क्षतिमा १६७...

भारतको तेस्रो पटक क्रिकेट बिश्वकप जित्ने सपना अधुरो,बाधक बन्यो न्युजिल्यान्ड
"भारत १८ रनले पराजित "

म्यानचेस्टर( ब्रिटेन)। भारतको तेस्रो पटक क्रिकेट बिश्वकप जित्ने सपना अधुरो नै रह्यो। उसको बिश्वकप जित्ने सपना न्यूजि न्युजिल्यान्डले चकनाचुर पारिदिएको छ । आइसिसी क्रिकेट विश्वकप २०१९ को फाइनलमा प्रवेश गरेको छ। बुधबार भएको पहिलो सेमिफाइनलमा भारतलाई १८ रनले पराजित गर्दै न्युजिल्यान्ड उपाधि नजिक पुगेको हो। म्यानचेस्टरमा भएको खेलमा न्युजिल्यान्डले दिएको २४० रनको लक्ष्य पछ्याएको भारत ३ बल बाँकी छदा २२१ रनमा अलआउट भयो। भारतका लागि रविन्द्र जडेजाले ७७ रन जोडे। उनले ५९ ४ चौका...

ब्राजिलले जित्यो१२ बर्ष पछि कोपा अमेरिका फुटबलको उपाधि

ब्राजिल। ब्राजिलले १२ बर्ष पछि कोपा अमेरिका फुटबलको उपाधि जितेको छ ।आइतबार राति ब्राजिलको माराकाना रंगशालामा भएको खेलमा पेरुलाई ३-१ गोल  पराजित गर्दै ब्राजिलले कोपा अमेरिका फुटबलको उपाधि उचालेको हो । १२ वर्षपछि ब्राजिलले कोपा अमेरिका फुटबलको उपाधि जितेको होब्राजिललाई उपाधि दिलाउन सौसा सोरेस, गाब्रियल जिसस र रिचार्लिसनले गोल गरे । यता, पेरुका लागि भने पाउलो गुइरेरोले गोल फर्काएका थिए । खेलको १५ औ मिनेटमा सोरेसले गोल गर्दै ब्राजिललाई १-०...

लिवियाको आप्रवासी हिरासत केन्द्रमा आक्रमण,एक नेपालीको मृत्यु

लिविया। लिवियाको आप्रवासी हिरासत केन्द्रमा आक्रमण भएको छ। आक्रमणमा एक नेपालीको ज्यान गएको पुष्टि भएको छ ।कायरोमा रहेको नेपाली दूतावासका अनुसार, आक्रमणमा सन्तोष श्रेष्ठको मृत्यु भएको हो । आप्रवासीहरुको अन्तर्राष्ट्रिय संगठन आईओएमले जनाएअनुसार आक्रमणमा घाइते उनको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।उनको स्थायी ठेगाना कहाँ र उनी कसरी लिबिया आइपुगे भन्ने खुलेको छैन । कायरोस्थित नेपाली दूतावासका अनुसार, यसबारे अनुसन्धान भइरहेको छ । ...

पेरु कोपा अमेरिका कपको फाइनलमा,चिली ३ -० ले पराजित

ब्राजिल । कोपा अमेरिका कपको फाइनलमा आयोजक ब्राजिल र पेरु आमने सामने हुने भएका छन् ।आज बिहान भएको दोश्रो सेमिफाइनल खेलमा साबिक विजेता चिलीलाई पराजित गर्दै पेरु कोपा अमेरिका २०१९ को फाइनलमा प्रवेश गरेको छ । पेरुले ३-० गोलले विजयी हुँदै फाइनलमा प्रवेश गरेको हो । खेलको २१ औं मिनेटमा पेरुले अग्रता लिएको थियो । बायाँ विङ्गबाट आएको क्रसलाई आन्द्रे क्यरिलोले हेडर गरेको बललाई एडिसन फ्लोरेसले फार पोस्टबाट गोलमा परिणत...